IME Life

एमडिआरटी बन्नै मुस्किल, कति पुग्लान सिङ्गापुरको ग्लोबल कन्फ्रेन्समा सहभागी हुने ? 

SPIL
NIC ASIA

काठमाडौं । सन् २०२३ का लागि नेपालबाट एमडिआरटी ग्लोबल कन्फ्रेन्सका लागि प्रतिनिधित्व गर्ने नेपालीको संख्या खासै नबढ्ने देखिएको छ । सन् २०२२ का लागि नेपाललबाट मात्रै एक हजार भन्दा धेरै एमडिआरटी क्वालिफाइड हुन सफल भएका थिए ।

तर सन् २०२३ का लागि भने मुस्किलले एक दुई सय हाराहारी मात्रै एमडिआरटीका लागि योग्य हुने अनुमान गरिएको छ । यस पटकको एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ सिङ्गापुरमा हुँदैछ । यसमा भाग लिनका लागि २०२२ डिसेम्बर भित्र ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नु पर्छ । सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका गि २ करोड २३ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नु पर्छ ।

Prabhu
Crest

सन् २०२१ मा हरेक दिन बीमा कम्पनीहरुले एमडिआरटी बन्न सफल भएको भन्दै प्रचार गर्ने गर्थे । तर यस वर्ष यस्ता प्रचार मुस्किलले सुन्न पाइन्छ । हरेक शाखा कार्यालयले एमडिआरटी बनाइरहेका हुन्थे तर यस वर्ष प्रायः शाखा कार्यलाय सुनसान छन् ।

सन् २०२२ मा अष्ट्रेलियामा सम्पन्न भएको एमडिआरटी ग्लोबल कन्फ्रेन्मा नेपालबाट राम्रो सहभागिता थियो । जहाँ नेपालीहरुले नेपालको झण्डा सहित आफूलाई प्रस्तुत गरेका थिए । तर आगामी वर्ष सिङ्गापुरमा हुने सम्मेनलका लागि भने खासै ठुलो संख्यामा प्रतिनिधित्व नहुने निश्चित छ । डिसेम्बर सकिन अझै २८ दिन बाँकी छ । सिङ्गापुरको ग्लोबल कन्फ्रेन्समा सहभागि हुनका लागि अझै समय छ । तर बीमा कम्पनीमा विगतका वर्षमा जस्तो अभिकर्ता बन्नका लागि दौडधुप छैन ।

अभिकर्ताहरुले सकिनसकी बीमितहरु जुटाउने, टार्गेट नपुग रकमका लागि आफैले पोलिसी खरिद गर्ने अथवा आफ्नै परिवारका सदश्यको बीमा गरिदिने परिपाटी थियो । तर यस वर्ष अभिकर्ता तथा शाखा प्रवन्धकहरु त्यसरी पैसा लगानी गर्ने मनस्थितिमा छैनन् ।

यस वर्ष बीमा कम्पनी मात्रै नभएर समग्र अर्थतन्त्रमा आर्थिक मन्दी छ । बैंकिङ क्षेत्रमा तलरता छैन । बजार दिन प्रतिदिन महंगो बन्दै गएको छ । सानोतिनो आम्दानीले घर खर्च चल्न मुस्किल हुँदै जान थालेको छ । हरेक मानिसले प्राथमिक आवस्यकता पुरा भए पछि मात्रै अन्य क्षेत्रमा सोच्न थाल्छन् । अभिकर्ताहरुलाई पनि यस वर्ष बीमित बनाउन धेरै गाह्रो छ । जवसम्म बजारमा प्रयाप्त तरलता हुँदैन साथै मानिसहरुको हातमा बचत हुँदैन तवसम्म जीवन बीमा व्यवसाय फस्टाउन सक्दैन ।

व्यवसाय खस्किनुको अर्को कारण प्रथम बीमा शुल्क आर्जन तथा मनि व्याक पोलिसीमा नेपाल बीमा प्राधिकरणले लगानीको अंकुस पनि हो । अभिकर्ताहरुले टार्गेट पुरा गर्न जति चाहियो त्यति बराबरको प्रथम बीमा शुल्क पोलिसी खरिद गर्ने र टार्गेट पुरा भइसकेक पछि तत्काल सरेण्डर गराउने गलत अभ्यास व्याप्त थियो । जुन आजका दिनमा लगभग निस्तेज जस्तै छ । प्राधिकरणले तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरिदिए सँगै यस्ता गलत अभ्यासमा धेरै कमि आएको छ ।

तडक भडक गरेर गएका वर्षमा एमडिआरटी बन्न भएको खर्च उठाउन नसकेर अहिले कतिपय अभिकर्ता पश्चाताप गरिरहेका छन् । त्यसैले पनि अभिकर्ताहरु अर्गानिक व्यवसायमै बढि ध्यान दिइरहेका छन् । कन्भिन्स गराएर ल्याउन सके ल्याउने नभए चुप लागेर बस्ने अवस्था आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%

खुसी

25%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS