IME Life
Beema Board

सुपरमाई हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ निष्काशन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी ५० करोड को १० प्रतिशतले हुन आउने ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको जनाएको छ ।

Prabhu
Crest

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिने शेयरमध्ये ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरूमा र बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता सो क्षेत्र बाहेकका इलामको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूमा बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीले छिटोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरिएको शेयरमा छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा पुस २१ गतेसम्म विक्रीमा रहनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारमा गएका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी २०७५ कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS