IME Life
Beema Board

संस्थागत अभिकर्ताले नामको पछाडी अनिवार्य ‘बीमा अभिकर्ता’ शब्द राख्नै पर्ने

SPIL
NIC ASIA

काठमाडौं । संस्थागत बीमा अभिकर्ताले आफ्नो नामको पछाडी ‘बीमा अभिकर्ता’ वा ‘Insurance Agent’ राख्नु पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै संस्थागत बीमा अभिकर्ताको लागि आवेदन दिने संस्थाहरुलाई आफ्नो नामको पछाडी अनिवार्य रुपमा ‘बीमा अभिकर्ता’ भन्ने शब्द राख्न निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार संस्थागत बीमा अभिकर्ताको इजाजतपत्रका लागि प्राप्त आवेदनहरुमा त्यस्ता आवेदकहरुको नाममा प्रयोग गरिएका ‘बीमा तथा सो सम्बद्ध’ शब्दहरुले बीमा सेवा प्रदायकका सम्बन्धमा सेवा ग्राहीमा द्धिविधा उत्पन्न भएको पाइएको छ । कतिपय नाममा बीमा नै नरहेको पाइए पछि प्राधिकरणले यस्तो परिपत्र जारी गरेको हो ।

Prabhu
Crest

बीमा ऐनमा संस्थागत बीमा अभिकर्ताको व्यवस्था रहेको छ । यस्ता संस्थागत बीमा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीको पोलिसी बिक्री गर्न पाउछन् । बीमा प्राधिकरणले यस्तो निर्देशन जारी गरे पनि अझै पनि अभिकर्ताको लाइसेन्सको विषयमा अन्योलता कायमै छ । नियमावली नबन्दा प्राधिकरणले आवस्यक निर्देशिका निर्देशन जारी गर्न पाएको छैन । नयाँ ऐनमा अभिकर्ताको लाइसेन्स दिदा अनिवार्य परीक्षा लिनु पर्ने व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

0%

दु :खी

21%

अचम्मित

7%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS