Connect IPS
IME Life

संस्थागत सुशासन विपरित नेपाल लाइफमा दुई जना संचालक नियुक्ती, कारवाहीकाे माग गर्दै पर्‍यो उजुरी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सको संचालक द्वय कमलेश अग्रवाल र पारुल ढकालको नियुक्ती खारेजीको माग गर्दै अर्थ मन्त्रालय सहित नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्ड लगायतको नियामक निकायमा शेयरधनीले बिहीबार उजुरी गरेका छन् । नेपाल लाइफ र नागरिक लगानी कोष दुबैको सञ्चालक पदमा रहेका कमलेश कुमार अग्रवालको नियुक्ती गैरकानूनी भएको भन्दै खारेजी र कारवाहीको लागि निवेदकले माग गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको सूचिकृत संगठित संस्थाले पालना गर्नुपर्ने संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ तथा नेपाल बीमा प्राधिकरण(साबिकको बीमा समिति) ले बीमकको लागी जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को अक्षरशः पालना गरी संस्थागत सुशासन कायम गराउनको लागी निवेदक शेयरधनीले माग गरेका छन् ।

Prabhu
Crest

”नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति)को संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को तेश्रो संशोधन सहित निर्देशन नं. ७ को सञ्चालकको अयोग्यता अन्तर्गत उपनिर्देशन (ङ) र (छ) को प्रावधान अनुरुप नेपाल लाइफको कमलेश कुमार अग्रवाल संचालक पदमा नियुक्त हुन अयोग्य छन् । निर्देशन ‘ङ’ मा “बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक वा अन्य कुनै पनि बीमकको संस्थापक समूहको आधारभूत शेयर धारण गरेको बहालवाला सञ्चालक वा कर्मचारी” र ‘छ’ मा बीमक कम्पनीको सञ्चालक हुन वा सञ्चालकमा मनोनित हुन अयोग्य व्यक्तिमा “धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेन्ट बैंकर” भनेर तोकिदिएको छ ।”

यसरी यी दुबै निर्देशन अन्तर्गत अग्रवाल बैंक तथा वित्तीय संस्थाको प्रतिनिधिको रुपमा संस्थापक शेयरधनीतर्फ सञ्चालक रहेको नागरिक लगानी कोषले विभिन्न कोषहरु स्थापना गरी कर्मचारी तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने तथा ऋण प्रवाह गर्ने कार्य गर्दै आइरहेको छ । निर्देशन नं. ७ अनुरुप नागरिक लगानी कोषले मर्चेन्ट बैंकरको रुपमा समेत काम गर्दै आइरहेको छ ।


धितोपत्र बोर्डबाट २०७५ साउन १ देखि लागू भएको सूचिकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को निर्देशन ६ को सञ्चालकको अयोग्यतामा उपनिर्देशन (क) मा दिइएको “धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा लाभको पदमा रहेको व्यक्ति भनि पहिलो बुँदामा स्पष्ट रहेको र अग्रवाल धितोपत्र व्यवसायी नियमावली २०६४ अनुसार अनुमति लिई कार्य गरिरहेको नागरिक लगानी कोषमा बैंक तथा वित्तिय संस्थातर्फको प्रतिनिधिको रुपमा आर्थिक वर्ष २०७५ साल वैशाख ७ गते भएको २२ औं साधारण सभाबाट संस्थापकतर्फको सञ्चालकको पदमा अनुमोदित भएर हालसम्म अविच्छिन्न रुपमा सो पदमा कायम रहेका छन् । उनको निरन्तरता सूचिकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको निर्देशन ६ को (क)को विरुद्धमा हुने भएको हुँदा उनी नेपाल लाइफको सञ्चालक पदमा कायम हुन अयोग्य रहेको दाबी सहित नियुक्ति खारेजीको माग गरिएको छ ।

कार्यान्वयन गर्ने हिम्मत जुटाउन नसक्ने निर्देशिका किन बनाउँछ बीमा समिति ?

अग्रवालले नागरिक लगानी कोषमा बैंक तथा वित्तिय संस्थातर्फबाट प्रतिनिधित्व गर्दै संस्थापकतर्फको सञ्चालकमा रहेको अवधि समाप्त भएपछि पुनः बैंक तथा वित्तिय संस्थाले कोषमा आफ्नो सञ्चालक प्रतिनिधिको रुपमा निज कमलेश कुमार अग्रवाललाई मनोनित गरी पठाउनु पर्नेमा आवश्यक प्रक्रिया पुरा नगरी नियम विपरीत पुनः सञ्चालकमा नियुक्ती लिएको देखिएकाले अवैध नियुक्ति खारेजी गर्न र नागरिक लगानी कोषको सञ्चालक समिति र यसका अध्यक्षलाई समेत कारवाहीकाे माग गरिएकाे छ।

त्यसैगरी बीमा प्राधिकरण(साबिक बीमा समिति)ले जारी गरी २०७८ चैत्र १३ गतेबाट लागू भएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को तेश्रो संशोधनले बीमक कम्पनीको अध्यक्ष सहित अन्य सञ्चालक बढीमा २ पटकसम्म मात्रै सञ्चालक हुन सक्ने र स्वतन्त्र सञ्चालक एक पटक मात्रै हुन पाउने व्यवस्था रहेको छ । अग्रवाल नेपाल लाईफकाे स्वतन्त्र सञ्चालक पदमा १५ वर्ष अविच्छिन्न रहेर २०७८ चैत्र २१ गतेबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै पुन: सञ्चालक पदमा नियुक्त भएका छन् । उनकाे नियुक्ति बीमकको संस्थागत सुशासन निर्देशिकाकाे ३(क) विपरित छ ।

यसैगरी सूचिकृत संगठित संस्थालाई एउटै व्यक्ति कहिले संस्थापक, कहिले सर्वसाधारण समूह तथा कहिले स्वतन्त्र सञ्चालकको हैसियतमा संचालक समितिमा दोहोरिएकोमा नेपाल धितोपत्र बोर्डले जारी गरेको सुचिकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को बर्खिलाप भएको दाबी गरिएको छ । नेपाल लाईफ इन्स्योरेन्सको १८ औं, १९ औं र २० औं साधारण सभासम्म कम्पनीको संस्थापक तर्फको सञ्चालक रहेकी पारुल ढकाल २१ औं साधारण सभाबाट स्वतन्त्र संचालक पदमा नियुक्त भएकी छिन् । एकै व्यक्ति कहिले स्वतन्त्र संचालकबाट संस्थापक सञ्चालक हुने तथा कहिले स्वतन्त्र सञ्चालकबाट संस्थापक सञ्चालक नियुक्त हुँदा संस्थागत सुशासन सुनिश्चित हुन नसकेको गुनासो गरिएको छ।

नेपाल लाइफमा कमलेश र पारुलको सञ्चालक पद साटासाट

यसैगरी नेपाल लाइफको हालको शेयर संरचना संस्थापकतर्फ ५१ र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत रहेकोमा शेयर संरचना अनुरुप सञ्चालक समेत संस्थापक तर्फ ३ र सर्वसाधारणतर्फ पनि ३ जना हुनुपर्नेमा उचिति प्रतिनिधित्व नगराइएको विषयमा समेत निवेदकले ध्यानाकर्षण गराएका छन् । नेपाल लाईफको संचालक समितिमा संस्थापकबाट ५ जना(स्वतन्त्र संचालक पारुल ढकाल समेत संस्थापक संचालकको पृष्ठभूमीबाट आएको) र सर्वसाधारणबाट जम्मा २ जना सञ्चालक छन् ।

नेपाल लाईफको पूँजी संरचना परिवर्तन भएपनि बोर्डमा संस्थापककै बाहुल्यता

सूचिकृत संगठित संस्थालाई एउटै व्यक्ति कहिले संस्थापक सञ्चालकमा तथा कहिले स्वतन्त्र सञ्चालकमा नियुक्त गरी ल्याउने गरेर बारम्बार नेपाल धितोपत्र बोर्डले जारी गरेको सुचिकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को बर्खिलापमा काम गरेको देखिन्छ ।

नेपाल लाईफका सञ्चालक समितिले पारिवारिक कम्पनी झैं कुनै पनि संस्थागत सुशासन कायम नगरी नचलाएको र पटक पटक एकै व्यक्ति नै सञ्चालक भइराखेको तथा एकै व्यक्ति कहिले संस्थापक तर्फको सञ्चालक त कहिले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोले कारवाही गरी संस्थागत सुशासन कायम गराई कम्पनीका लाखौं लगानीकर्ता तथा जीवन बीमा योजना अन्तर्गत बचत गर्ने सर्वसाधारणकाे हित स‌ंरक्षण गर्न शेयरधनीले निवेदनमार्फत् ध्यानाकर्षण गराएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

14%

दु :खी

29%

अचम्मित

57%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS