IME Life
Beema Board

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीसँग माग्याे पूनर्बीमक सम्बन्धी विवरण

SPIL
NIC ASIA

काठमाण्डाै‌ ।  निजी क्षेत्रका ठूला व्यापारिक घरानाकाे लगानी रहेकाे हिमालयन रिइन्स्याेरेन्स (हिमालयन रि) काे व्यापार स‌ंरक्षण गर्न नीतिगत भ्रष्टाचार गरिरहेकाे नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूसँग पूनर्बीमा सम्झाैता सम्बन्धमा विवरण मागेकाे छ ।

प्राधिकरणले चालू आर्थिक वर्षकाे पूनर्बीमा सम्झाैता अन्तर्गत भएकाे ट्रिटी र हालसम्म सम्झाैता समाप्त भइ कार्यान्वयन भइसकेकाे एच्छिक अर्थात फ्याकल्टेटिभ पूनर्बीमा सम्झाैता सम्बन्धी विवरण माग गरेकाे हाे । प्राधिकरणले पूनर्बीमा सम्झाैताकाे विवरण, पूनर्बीमककाे रेटिङ, ठेगाना र सम्झाैतामा संलग्न पूनर्बीमक दलाल सम्बन्धी विवरण माग गरेकाे हाे ।

Prabhu
Crest

पूनर्बीमा निर्देशिका २०७८ मा जाेखिम हस्तान्तरणकाे लागी अगुवा विदेशी पूनर्बीमककाे छनाैट गर्दा एएम बेष्ट, एस एण्ड पि र फिच रेटिङबाट ए माइनस वा मुडिजबाट ए थ्री रेटिङ प्राप्त पूनर्बीमकसँग मात्र पूनर्बीमा गर्नुपर्ने प्रावधान रहेकाे छ । त्यसैगरी सहायक पूनर्बीमककाे हकमा एएम बेष्टबाट बी प्लसप्लस, , एस एण्ड पि र फिच रेटिङबाट त्रिपल बी र मुडिजबाट बिडबलए रेटिङ प्राप्त पूनर्बीमकसँग हुनुपर्ने प्रावधान छ । स्वदेशी पूनर्बीमककाे हकमा रेटिङ अनिवार्य गरिएकाे छैन ।

जीवन बीमा कम्पनीले बिक्री गर्ने निश्चित प्रकारका बीमालेखहरूकाे ताेकिएकाे सीमाभन्दा माथिकाे जाेखिम स्वतः पूनर्बीमकमा हस्तान्तरण हुने गरी गरिएकाे ट्रिटी पूनर्बीमा सम्झाैता भनिन्छ । यसमा नियमितरूपमा बिक्री भइरहने र पूर्वनिर्धारण गरिएका जाेखिमहरूकाे पूनर्बीमा समावेश गरिएकाे हुन्छ । त्यसैगरी ट्रिटी पूनर्बीमामा नसमेटिएकाे वा कुनै विशेष किसिमकाे जाेखिम बहन गर्ने गरी प्रत्येक पटक पूनर्बीमकसँग पूर्व स्वीकृति लिएर मात्र बीमालेख जारी गर्न सकिने गरी गरिएकाे पूनर्बीमालाई फ्याकल्टेटिभ पूनर्बीमा भनिन्छ ।

बीमा प्राधिकरणले चालू आर्थिक वर्षदेखि सबै बीमा कम्पनीहरुलाई स्वदेशी पूनर्बीमकसँग अनिवार्यरुपमा पूनर्बीमा सम्झाैता गर्न निर्देशन जारी गरेकाे छ प्राधिकरण (साबिककाे बीमा समिति ) ले पूनर्बीमा निर्देशिका २०७८ काे दाेश्राे स‌ंशाेधनसँगै पटक पटक पूनर्बीमा व्यवसायकाे बाँडफाँड सम्बन्धमा बीमा कम्पनीहरूलाई निर्देशन जारी गरेर  हिमालयन रि काे लागि स्वदेशी बीमा कम्पनीबाट पर्याप्त व्यापार जुटाउने प्रबन्ध मिलाएकाे छ । यसअघि बीमा कम्पनीहरु डाइरेक्ट सेसनवापतकाे २० प्रतिशत हिस्सा नेपाल पूनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्ने बाहेक अन्य पूनर्बीमा सम्झाैताका लागी स्वदेशी वा विदेशी पूनर्बीमकसँग सम्झाैता गर्न स्वतन्त्र थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS