IME Life
Beema Board

तपाईले अभिकर्ता पेशा गरिरहनु भएको छ ? थाहा पाइराख्नुहोस् ‘बीमा अभिकर्ताका आचार संहिता’

SPIL
NIC ASIA

काठमाडौं । कुनै पनि पेशा व्यवसायका आ-आफ्नै आचार संहिता हुन्छन् । जसले सम्बन्धित पेशा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने काम गर्छ । त्यस्तै गरी बीमा अभिकर्ताका लागि पनि आचार संहिता बनाइएका छन् । जुन सबै अभिकर्तालाई थाहा नहुन पनि सक्छ ।

आचार संहिताको उल्लङ्घन गर्दा कुनै किसिमको कानुनी कारबाही हुँदैन तर आचार संहिता उल्लङ्घन गर्नु भनेको नैतिक पतन हुनु हो । समाजमा नैतिक पतन भएका व्यक्तिको कुनै पनि किसिमको हैरित रहदैन । त्यसैले आफुले अंगालेका पेशालाई व्यवसायिक बनाउन आचार संहिताको पालना गर्नु अनिवार्य मानिन्छ ।

Prabhu
Crest

बीमा समितिले बीमा अभिकर्ताको लागि पनि आचार संहिता तयार पारेको छ । जसमा बीमा अभिकर्ताले पालना गर्नु पर्ने कुराहरु र गर्न नहुने कुराहरु उल्लेख गरिएको छ । यदि आचार संहिता उल्लङ्घन गरिएमा बीमा ऐनले तोकेका कारबाही हुन्छ । ऐनबाट कारबाही भोग्नु नपरोस् भनेरै आचार संहिता मार्फत सचेत र संवेदनशिल बनाउन खोजिएको हो ।

यस्तो छ बीमा समितिले जारी गरेको बीमा अभिकर्ताको आचार संहिता

१. बीमा अभिकर्ताले पालना गर्नुपर्ने कुराहरुः –

१.१. बीमा अभिकर्ताले बीमा समितिबाट प्राप्त बीमाको किसिम समेत खुलेको बीमा अभिकर्ताको इजाजत पत्र सधै साथमा राख्नु पर्नेछ र ग्राहकले चाहेमा त्यस्तो इजाजतपत्र देखाउनु पर्नेछ बीमा समिति

१.२. बीमा अभिकर्ताले ग्राहकलाई आपूm अभिकर्ता भएको बीमक बारेको यथार्थ विवरण (पूँजीगत संरचना, लगानी नीति, आर्थिक स्थिति आदी) मात्र जानकारी गराउनु पर्नेछ ।

१.३. बीमा अभिकर्ताले ग्राहकलाई प्रस्ताव फाराममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरु खुलाउन लगाई त्यससंग सम्बन्धित कागजात ग्राहकबाट लिइ बीमक समक्ष पेश गर्नु पर्नेछ ।

१.४. बीमा अभिकर्ताले ग्राहकलाई बीमालेखमा उल्लेखित सम्पुर्ण शर्त एवं सुविधा बारे पूर्ण जानकारी गराउनुपर्नेछ ।

१.५. बीमा अभिकर्ताले गा्रहकको पेशा, सामाजिक हैसियत र स्तर बारे बीमकलाई छुट्टै जानकारी दिनुपर्नेछ ।

१.६. बीमा अभिकर्ताले आवश्यकतानुसार बीमकलाई अण्डरराइटिङ्ग कार्यका लागि आवश्यक पर्ने थप विवरण उपलब्ध गराउनुपर्नेछ ।

१.७. बीमा अभिकर्ताले बीमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने, इच्छाइएको व्यक्ति परिवर्तन/चयन गर्ने, बीमालेख बापत ऋण लिने, दावी गर्ने वा आवश्यक अन्य बीमा सम्बन्धीसेवा पु–याउन सहयोग गर्नु पर्नेछ

१.८. बीमा अभिकर्ताले ग्राहकलाई बीमाको प्रस्ताव स्वीकृति बारे बीमकको निर्णय अविलम्ब जानकारी गराउनु पर्नेछ

१.९. ग्राहकले बीमा अभिकर्ता मार्फत बीमाशुल्क रकम बुझाएमा अविलम्ब त्यस्तो रकम बुझेको आधिकारिक भर्पाइ वा रसिद बीमा अभिकर्ताले ग्राहकलाई दिनुपर्नेछ र त्यस्तो बीमाशुल्क काबु बाहिरको अवस्थमा बाहेक संभव भएसम्म सोही दिन र संभव नभए भोलिपल्ट सम्म सम्बन्धित बीमकलाई दाखिला गर्नुपर्नेछ ।

१.१०. बीमा प्रस्ताव फाराम, स्वास्थ सम्बन्धी विवरण फाराम आदि प्रस्तावकले भर्नुपर्ने फारामहरु प्रस्तावकहरु स्वयंबाटै भराउनु पर्नेछ प्रस्तावक निरक्षर वा असमर्थ भए प्रस्तावकले विश्वास गरेको व्यक्तिबाट त्यस्ता फारामहरु भराउनु पर्नेछ ।

२. बीमा अभिकर्ताले गर्न नहुने कुराहरुः–

२.१. बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण नगरी बीमा बस्तु बिक्रि गर्न ।

२.२. बीमा अभिकर्ताले ग्राहक बारे आपूmले थाहा पाएको कुनै पनि बीमासंग सम्बन्धित आवश्यक विवरणहरु सम्बन्धित बीमकलाई नबताई लुकाउन ।

२.३. बीमा अभिकर्ताले ग्राहक बारेको आफुलाई जानकारी भएको विवरणहरु सम्बन्धित बीमक बाहेकका व्यक्ति/संस्था सामु प्रकट गर्न ।

२.४. बीमा अभिकर्ताले ग्राहक प्रति दुव्र्यवहार गर्न ।

२.५. बीमा अभिकर्ताले ग्राहकलाई अनावश्यक करकाप गर्न ।

२.६. ग्राहकलाई प्रलोभनमा पार्न आपूmले प्राप्त गर्ने कमिशनको कुनै पनि अंश दिन वा दिन्छु भनी कबोल गर्न

२.७. बीमा अभिकर्ताले अस्वस्थ प्रतिस्पर्धा गरी अन्य बीमा अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पु–याउन ।

२.८. बीमा अभिकर्ताले बीमालेख बापत प्राप्त हुने रकमको कुनै पनि अंश बीमित वा बीमितको हकवालाबाट लिन ।

२. ९. बीमा अभिकर्ताले निर्धारित बीमादर उलंघन गरी व्यवसाय हात पार्ने कार्य गर्न ।

२.१०. नियम बमोजिम अभिकर्ताको रुपमा दर्ता कायम नहुने अवस्थामा अभिकर्ताको रुपमा कार्य गर्न ।

२.११. बीमा अभिकर्ताले(संस्थाको भए सो को संचालक) ले कुनै पनि बीमकको तलबी कर्मचारी भै काम गर्न ।

२.१२. कुनै बीमकको बीमा अभिकर्ता भै कार्यरत व्यक्ति वा संस्था वा सो संस्थाका संचालक वा निजको नजिकको नातेदारले कुनै पनि बीमकको संस्थापक वा संचालक हुन वा कुनै पनि बीमकको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिन

स्पष्टीकरणः– यस व्यवस्थाको प्रयोजनको लागि “नजिकको नातेदार” भन्नाले सम्बन्धित व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, दाजु, भाई, भाउजू, बुहारी, दिदि, बहिनी, काका, काकी, सासू, ससुरा, ज्वाई, भिनाजू, साला, साली, भतिजा, भतिजी, मामा, माइजू, भान्जा, भान्जी सम्झनु पर्छ ।

२.१३. बीमा अभिकर्ताले आफु अभिकर्ता नभएको कुनै पनि बीमकको बारेमा गलत प्रचार प्रसार गर्न ।

२.१४. बीमा अभिकर्ताले बीमा प्रस्ताव स्वीकृत नभए सम्म बीमाशुल्क वापतको रकम बुझिलिन ।

२.१५. बीमा अभिकर्ताले आफ्नो पेशागत व्यवसाय संचालन गर्दा अन्य प्रचलित कानून उल्लघंन गरी व्यवसाय गर्न ।

३. दण्ड सजायः–

यस आचार संहिताको उल्लंघन गरेमा वा गर्नु पर्ने कुनै काम नगरेमा वा नगर्नुपर्ने कुनै काम गरेमा बीमा अभिकर्तालाई बीमा ऐन बमोजिम कारवाही तथा दण्ड सजाय हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

6%

अचम्मित

13%

उत्साहित

6%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS