IME Life
Beema Board

अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण नगरेकाहरुलाई आज अन्तिम मौका, भोलिदेखि खारेज हुँदै

SPIL
NIC ASIA

काठमाडौं । लाइसेन्स नविकरण नगरेका बीमा अभिकर्ता र सर्भेयरले आजसम्म मात्रै नविकरणको मौका पाउने भएका छन् । आजसम्म नविकरण नगरेमा भोलिदेखि उनिहरुको लाइसेन्स स्वत खारेज हुनेछ । अभिकर्ताले लाइसेन्स खारेज भए पनि चाहेमा पुनः नयाँ लाइसेन्स लिन सक्ने छन् तर सर्भेयरको हकमा ५ वर्षसम्म अर्को नयाँ लाइसेन्स पाइदैन । बीमा समितिमा अनुसार अझै ८०/९० जना सर्भेयरले लाइसेन्स नविकरण गराएका छैनन् ।

बीमा नियमावली २०४९ को दफा २२ अनुसार कुनै बीमा अभिकर्ताले चैत मसान्त भित्र आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा र सो कारण मुनासिव देखिएमा समितिले नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि एक सय रुपैयाँ र त्यसपछिको चार महिना सम्मको लागि प्रति दिन पाँच रुपैंयाँ थप दस्तुर लिई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण हुने व्यवस्था छ ।

Prabhu
Crest

यस हिसावले अभिकर्ताले नविकरण गर्नका लागि एक मुष्ठ रुपमा ९२५ रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । यदि अभिकर्ताले चैत मसान्तसम्ममा नविकरण गरेको एक २०० रुपैयाँ भुक्तानी गरे पुग्थ्यो । बीमा समितिका अनुसार गत चैत मसान्तसम्ममा नविकरण गर्नु पर्ने अभिकर्ताको संख्या २ लाख ५० हजार रहेको छ । अभिकर्ताले सजिलै अनलाइन प्रणालीबाटै लाइसेन्स नविकरण गर्न सक्ने व्यवस्था छ । समितिका अनुसार एक लाख ७०/८० हजारले मात्रै नविकरण गरेका छन् ।

लाइसेन्स नविकरण नगर्ने रोग पछिल्लो समय सर्भेयरमा पनि छ । बीमा समितिका अनुसार सर्भेयरको लाइसेन्समा पनि अभिकर्ताको जस्तै प्रकृयाँ रहेको छ । यदि सर्भेयरले यहि असोज मसान्त भित्रमा लाइसेन्स नविकरण नगरेरमा लाइसेन्स स्वत रद्द हुन्छ । सर्भेयरको लाइसेन्स अभिकर्ताको जस्तो सहज छैन । यसका लागि बीमा समितिले लाइसेन्स आह्वान गर्दा आवेदन दिएर सामान्य तालिम लिए पछि मात्रै पाउन सकिन्छ । सर्भेयरको संख्या १३४५ जना रहेको छ ।

सर्भेयरको हकमा इजाजतपत्र नवीकरण गराउनको लागि “क” वर्गको इजाजतपत्र भए बाह्र हजार रुपैंयाँ, “ख” वर्गको इजाजतपत्र भए नौ हजार रुपैयाँ, “ग” वर्गको इजाजतपत्र भए सात हजार रुपैयाँ र “घ” वर्गको इजाजतपत्र भए पाँच हजार रुपैयाँ समेत संलग्न राखी अनुसूची –१५ बमोजिमको ढाँचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

यदि सर्भेयरले चैत मसान्त भित्रमा इजाजतपत्र नविकरण नगरेमा जेठ मसान्त भित्रमा थप ५ सय रुपैयाँ तिरेर नविकरण गर्न सक्छन् । यसका लागि सर्भेयर स्वंयम बीमा समितिको कार्यालयमा गएर निवेदन दिनु पर्नेछ ।

म्याद सकिएको पहिलो २ महिनामा पनि नविकरण नगरेमा त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रुपैयाँको दरले थप दस्तुर भुक्तानी गरेर नविकरण गर्न सकिन्छ । गत वर्ष मात्रै लाइसेन्स लिएका सर्भेयरले अहिले आएर नविकरण गरेमा नविकरण शुल्क ५ हजार, पहिलो दुई महिनाको ५ सय रुपैयाँ र पछिल्ला चार महिनाको अधिकतम दिन १२५ दिनलाई आधार मान्दा ६ हजार २५० रुपैयाँ जरिवाना सहित ११ हजार ७५० रुपैयाँ तिर्नु पर्नेछ ।

बीमा कम्पनीले अभिकर्ताको लाइसेन्स सजिलै उपलब्ध गराउने भएकाले बजारमा अभिकर्ताको लाइसेन्सको महत्व कम छ । व्यवसाय भित्र्याउने जोसुकैलाई बीमा कम्पनीले आवस्यक कागजी प्रकृयाँ पुरा गरेर लाइसेन्स उपलब्ध गराउने गरेकाले संख्यात्मक रुपमा अभिकर्ता धेरै छ । नेपालमा अझै पनि अभिकर्ता पेशा पुर्ण रुपमा व्यवसायिक हुन सकिरहेको छैन । लाइसेन्स लिए पछि आफ्ना परिवार भित्रका सदश्य र नातागोताको बीमा गराउने र त्यतिकै निष्क्रिय हुने प्रबृत्ती व्याप्त छ ।

नियम अनुसार एउटा अभिकर्ता उत्पादन गर्न बीमा समिति र बीमा कम्पनीको ठुलो स्रोत साधनको खर्च भएको हुन्छ । अभिकर्तालाई तालिम दिनेदेखि लिएर लाइसेन्स दिदासम्म केहि न केहि खर्च भएकै हुन्छ । तर कयौ अभिकर्ताले लाइसेन्स लिए पनि पोलिसी ल्याउन सक्दैनन् । यसरी पोलिसी ल्याउन नसक्ने अभिकर्ताहरुले पनि दोस्रो वर्षको लागि लाइसेन्स नविकरण गराउदैनन् ।

ठुलो संख्यामा अभिकर्ता लाइसेन्स नविकरण नहुँदै गर्दा यसलाई बीमा समितिले पनि अध्ययन गर्नु पर्ने देखिन्छ । यसले अभिकर्ताको स्थायित्वमा प्रश्न उठेको छ । अभिकर्ताको संख्या थप्ने काममा सक्रिय हुने बीमा कम्पनीहरु अभिकर्ताको स्थायित्वमा भने खासै ध्यान दिन सकिरहेका छैनन् । व्यवसाय भित्र्याउने अभिकर्तालाई उच्च आदर गर्ने कम्पनीहरुले व्यवसाय नभित्र्याउने अभिकर्ताको लाइसेन्स पनि नविकरण गरिदिदैनन् । अन्यथा कम्पनीहरु आफैले अकर्ताको लाइसेन्स नविरकण गरिदिने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS