IME Life

समाजसेवी जानुकाको नजरमा अभिकर्ता पेशा नजानी नजानी गर्ने पुन्यको काम

SPIL
NIC ASIA

काठमाडौं । अभिकर्ता पेशा एउटा पेशा मात्र नभई पुन्यको काम हो भन्ने लाग्छ मोरङकी जानुका धमलालाई । भैपरि आएको खण्डमा एउटा परिवारलाई ठूलो विपतबाट बचाउने भएकोले नजानी नजानी गरिने सेवाको रुपमा लिन्छिन् । यहि विचारका साथ उनी विगत २ वर्षदेखि अभिकर्ता पेशामा सक्रिय रुपमा लागेकी छिन् । उनको अभिकर्ता यात्रा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विराटचोक शाखाबाट भएको हो ।

सुरुवाति समयमा भने जानुकालाई अभिकर्ता पेशा कमिसन खानका लागि गरिने पेशा भन्ने लाग्थ्यो । बीमाको बारेमा प्रशस्त जानकारी नभएकोले पनि उनलाई यो पेशा मन परेको थिएन । सामाजिक कार्यमा रुचि राख्ने भएकोले थुप्रै बीमा कम्पनीले उनलाई अभिकर्ता बन्न सुझाएका थिए । तर बीमा कम्पनीको कुनै भरोसा नभएको महसुस गर्दै उनी पन्छिने गरेको उनी सुनाउँछिन् । पछि बुझ्दै जाँदा भने अभिकर्ता पेशा उनले सोचेको जस्तो नराम्रो भेटिनन् । अभिकर्ताको सानो प्रयासमा सिंगो परिवार नै आर्थिक संकटबाट जोगिने कुरा बुझेपछि उनले अभिकर्ता पेशा अंगाल्ने सोच बनाई सिटिजन लाइफमा अभिकर्ताको रुपमा संलग्न भएकी थिइन् ।

Prabhu
Crest

उनी अभिकर्ता पेशामा संलग्न भइसकेपछि छोरा श्रीमान् र परिवारका अन्य सदस्यहरुको पनि बीमा गराइन् । परिवारमा उनको निर्णयको राम्रै प्रभाव पर्याे। तर परिवारभन्दा बाहिर जाँदा भने सुरुवाति दिनमा उनलाई निक्कै मुस्किल परेको अनुभव छ उनीसँग । कुनै बेला उनी आफूले पनि अभिकर्तालाई कमिसन खाने एजेन्टको रुपमा बुझ्ने गर्थिन् । सोहि बुझाई अन्यमा भेटिएपछि बीमा महत्व बुझाउन उनलाई म्ुस्किल परेको थियो । बीमा गराएको सुरु सुरुमा एउटा बीमा गराउनको लागि पाँच छ पटकसम्म बीमितको घर धाउनुपरेको अनुभव सुनाउँछिन् उनी । केहिले कमिसन खानकै लागि यस्तो काम गरेको भनेपनि उनीहरुको बीमा गरेबापत आउने पर्सेन्टेज उनीहरुलाई नै फिर्ता दिएको उनी सुनाउँछिन् । यसरी संघर्ष गर्दै अघि बढेकी जानुकालाई हाल भने काम गर्न कुनै समस्या छैन ।

उनको अथक परिश्रम र धैर्यताकठै कारण हिरो अफ द मन्थदेखि सिल्भर क्लवको टार्गेट पूरा गर्न सफल बनेकी छिन् । उनी हाल ११ जनाको टिममा काम गर्दै आइरहेकी छिन् । सानै टिम भएपनि उनको टिमबाट ३ जना एजेन्सी म्यानेजर बन्न सफल भएको उनी बताउँछिन् । आगामी दिनमा कम्पनीले दिएको टार्गेट पूरा गर्ने योजनामा रहेकी छिन् उनी । आर्थिकदेखि सामाजिक पाटो समेत बलियो हुने भएकोले उनलाई यो पेशाप्रति निक्कै लगाव लागेको छ । जसकारण बार्षिक १५ लाखभन्दा बढी प्रिमियम संकलन गर्दै आइरहेकी छिन् उनी । आगामी दिनमा एक करोडसम्म प्रिमियम संकलन गर्ने उनको योजना छ । उनले एक व्यक्तिलाई बीमाको दायरामा ल्याउँदै गर्दा उक्त व्यक्तिको सिंगो परिवार नै सुरक्षित हुने भएकोले यो पेशाबाट ओझेल नपर्ने समेत उनी बताउँछिन् ।

महिला अधिकारसँग जोडिएर काम गर्न रुचाउने जानुका उन्नती समाज नेपालकी अध्यक्ष पनि हुन् । उनले यहि संस्था मार्फत महिला जागरणका कार्यक्रमहरु आयोजना गर्दै आइरहेकी छिन् । समाज सेवामा रुचि राख्ने उनी लाइन्स क्लव जेसिसमा पनि आवद्ध छिन् । आर्थिक पाटोमा टेको दिन उनी भेस्टिज कम्पनीमा समेत आवद्ध छिन् । यसका साथै गाउँ समाजका हर गतिविधिलाई नजिकबाट नियाल्न रुचाउने उनी राजनितिमा पनि आवद्ध भएको उनी बताउँछिन् । गाउँ, टोल नगरका कार्यक्रममा सहभागी हुने गरेकी छिन् । जसले गर्दा उनको अभिकर्ता पेशामा समेत थप सहयोग पुगेको उनको भनाई छ ।

कुनै पनि अभिकर्ताले बीमा गराउनु आफ्नो लागि मात्र भनेर सोच्न नहुने उनको बुझाई छ । साथै बीमा गराउने क्रममा आफू आवद्ध कम्पनी सहि र अन्य कम्पनी गलत देखाउने मनसाय राख्नुलाईउनी गलत सम्झिन्छिन् । जसरी हुन्छ बीमितलाई बीमाको पहुँचसम्म पुर्याउनु नै अभिकर्ताको दायित्व भएको उनको ठहर छ ।

उनको नजरमा एक असल अभिकर्ता हुनका लागि सामाजिक क्षेत्रमा लगाव हुन जरुरी छ । सामाजिकिकरण भएको, सबैसँग राम्रो सम्बन्ध स्थापना गर्न सक्ने, बोलीचाली राम्रो हुनुपर्ने र बुझाउन सक्ने क्षमता राम्रो हुनुपर्दछ ।

अभिकर्ता पेशा हर इच्छा भएका व्यक्तिका लागि उपयुक्त पेशा हो । दैनिक जीवनमा केहि समय मात्र छुट्याउने हो भने पनि यो पेशा गर्न सकिन्छ । घरगृहस्थी सम्हाल्दै आएका गृहिणी, आफ्नै पेशा व्यवसाय भएका व्यक्तिहरुको आकर्षणको रुपमा यो पेशा स्थापित भएको छ । यो अवस्थामा यो पेशामा आवद्ध हुन इच्छुक व्यक्तिलाई संलग्न भइहाल्न जानुका सुझाव दिन्छिन् । पूर्णकालिन अथव थोरै समय मात्र दिन चाहेकाहरुले पनि यो पेशाबाट राम्रो आम्दानी गर्न सक्ने उनी बताउँछन् । आर्थिक पाटो त बलियो हुन्छ नै यसको साथ साथै समाजमा राम्रो छाप छोड्न सकिने, मानसम्मान समेत पाउन सकिने भएकोले यो पेशा गर्न चाहेकालाई संलग्न हुन उनी सुझाव दिन्छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

38%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS