IME Life
Beema Board

 नेपाल लाईफ सबैभन्दा ठूलो रोजगारदाता, यूनियन लाईफ दोश्रो हुँदा एशियन लाईफ तेश्रो स्थानमा

SPIL
NIC ASIA

काठमाडौं। जीवन बीमा कम्पनीहरुमा कूल ६ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष आबद्ध हुँदा नेपाल लाईफ सर्वाधिक ठूलो रोजगारदाता जीवन बीमकको रुपमा रहेको छ । सबैभन्दा ठूलो जीवन बीमा कारोबार र शाखा संजाल भएको नेपाल लाईफ इन्स्योरेन्सले कूल ६८५(११.१४ प्रतिशत) जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

बीमा समितिले प्रकाशन गरेको २०७९ साउन महिनाको तथ्यांक अनुसार देशभर २०४ शाखा रहेको यूनियन लाईफ इन्स्योरेन्स कूल ४३७(७.११ प्रतिशत) जनशक्ति सहित दोश्रो ठूलो रोजगारदाता जीवन बीमकको रुपमा रहेको छ । प्रधान कार्यालयसहित देशभर १५२ भन्दा बढी शाखा संजाल रहेको एशियन लाईफ इन्स्योरेन्स ४३३ (७.०४प्रतिशत) जनशक्ति सहित तेश्रो ठूलो रोजगारदाता बनेको छ । सूर्या लाईफ ४०४(६.५७ प्रतिशत) जनशक्ति सहित चौथो ठूलो र ३९६(६.४४ प्रतिशत) जनशक्ति सहित ज्योती लाईफ पाँचौं ठूलो रोजगारदाता जीवन बीमक कम्पनीको रुपमा रहेको छ ।

Prabhu
Crest

बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुको कार्यालय संख्याको आधारमा औसत कर्मचारी संख्या २.६८ रहेको छ । अर्थात् बीमा कम्पनीको एउटा कार्यालयवापत औसत २.६८ जना कर्मचारी कार्यरत छन् । यसमा प्रधान कार्यालयमा कार्यरत सबै जनशक्ति समेत समावेश गरिएको छ ।

कूल कर्मचारी संख्या ६ हजार १ सय ४९ लाई कूल कार्यालय संख्या २ हजार २ सय ९७ ले भाग गर्दा प्राप्त हुने फलको आधारमा कर्मचारी संख्याको औसत निकालिएको हो ।

मेटलाइफको औसत कर्मचारी संख्या सर्वाधिक
अमेरिकी बीमा कम्पनीको शाखा मेटलाईफ (अमेरिकन लाईफ इन्स्योरेन्स) को औसत कर्मचारी संख्या जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक रहेको छ । जम्मा ३५ वटा कार्यालयमार्फत् सेवा प्रदान गरिरहेको मेट लाईफ इन्स्योरेन्सको प्रति कार्यालय औसत कर्मचारी संख्या ५.०३ रहेको छ । यसको शाखा संजाल सीमित भएकाले प्रधान कार्यालयको विभागीय जनशक्तिका कारण औसत उच्च देखिएको हो ।

दोश्रो सर्वाधिक औसत कर्मचारी संख्या सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानमा रहेको छ । संस्थानको कार्यालय संख्याको आधारमा औसत कर्मचारी संख्या ४.५ रहेको छ, अर्थात् एउटा कार्यालयमा औसतमा साढे चारजना कार्यरत छन् ।

तेश्रोमा रिलायबल (४.४५), चौथोमा नेपाल (३.६४), पाँचौंमा नेशनल लाईफ (३.३९), छैठौंमा ज्योती लाईफ (३.०५) र सातौंमा एलआइसी नेपाल (३.०३) रहेको छ । त्यसैगरी नयाँ र सबैभन्दा कान्छो जीवन बीमक महालक्ष्मी लाईफको औसत कर्मचारी संख्या (३.०१) रहेको छ ।

प्रभु लाईफ इन्स्योरेन्सको औसत कर्मचारी संख्या २.९६ र एशियन लाईफ इन्स्योरेन्सको २.८५ रहेको छ । एशियन लाईफ इन्स्योरेन्सको र सूर्या लाईफको २.७१ र गुराँस लाईफ र सिटिजन लाईफको २.४५ रहेको बीमा समितिले जानकारी दिएको छ ।

त्यसैगरी सानिमा लाईफको २.३४, यूनियन लाईफको २.१४,प्राइम लाईफको २.१२, रिलायन्स लाईफको २.०१, सन नेपालको १.८६ र आइएमई लाईफको १.७२ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS