IME Life

बीमा कम्पनीले मर्जरको मिति तोके पनि कर्मचारी अन्योलमै, ‘मन नजोडी’ पेपर वर्कमै सिमित !

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले मर्जरको मिति तय गरे पनि कर्मचारी बृत्तमा अझै पनि अन्योलता छ । डिडिए गर्नेदेखि लिएर मर्जरका लागि आवस्यक काम भइरहेको समाचार बाहिरिदै गर्दा बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीदेखि कतिपय संस्थापक लगानीकर्ता नै वेखवर छन् । तपाईको कम्पनीले त मर्जरको मिति नै तोकिसके छ नि, मर्जरको लागि के कस्तो काम भइरहेको छ ? भन्दै प्रश्न गर्दा अधिकांश कर्मचारी तथा सञ्चालक नै वेखवर छन् ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफले सबैभन्दा पहिला मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बीमा समितिको दवाव पछि कम्पनीले कार्तिकमा एकिकृत कारोबार गर्ने भन्दै मिति सार्वजनिक गरे पनि अहिलेसम्म तीन कम्पनीका कर्मचारी, अभिकर्ता, सञ्चालकहरुको एक आपसमा छलफल तथा अन्तर्क्रिया भएको छैन ।

Prabhu
Crest

यस्तै अन्य कम्पनीहरुमा पनि शाखा प्रमुख, विभागिय प्रमुख, उच्च तहका अभिकर्ताहरु विचमा छलफल नहुँदा अन्योलता छाएको छ । अहिले दुई कम्पनी छुट्टा छुट्टै रहे पनि मर्जर पछि दुबै कम्पनीका कर्मचारीले एउटै कम्पनी अन्तर्गत रहेर काम गर्नु पर्छ । त्यसका लागि उनिहरु विच भावनात्मक रुपमा मन पनि जोडिनु पर्छ ।

सञ्चालक तथा ठुला शेयरधनीहरुले कम्पनीलाई एक गराए पनि भोलिका दिनमा फिल्डमा खटिने भनेका कर्मचारी नै हुन् । नेपालमा हिमालयन र एभरेष्ट विच सफल मर्जर भइसकेको छ । तर कम्पनी भित्र कर्मचारीहरुको विचमा विवाद हुँदा उक्त विवाद बाहिर सार्वजनिक हुने क्रम नै बढेको छ ।

यता जीवन बीमा कम्पनीहरुमा सफल मर्जर भइसकेको छैन । त्यसैले गर्दा कम्पनीहरुलाई मर्जर कार्य कसरी अगाडी बढाउने भन्नेमा अन्लोलता छ । नेपालमा बैंकिङ क्षेत्रमा धेरै वटा मर्जर भइसकेको छ । त्यसैले बैंकिङ क्षेत्रमा मर्जरका धेरै अनुभव छ । र सोहि अनुभवका आधारमा काम हुने गरेको छ ।

तर बीमा कम्पनीहरुमा अहिलेसम्म पेपर वर्क बाहेक अन्य काम हुन सकिरहेको छैन । मर्जर हुनु भन्दा पहिला कुन तहका कर्मचारी कति जना, कुन शाखामा कति जना, कुन कुन शाखालाई कसरी मर्ज गराउने र कर्मचारी व्यवस्थापन गर्ने जस्ता कुराहरुको ज्ञान सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीलाई भन्दा फिल्डमा खटिएका कर्मचारीलाई बढि थाहा हुन्छ । त्यसैले यस्ता विवरणका लागि पनि छलफल हुन बाँकी छ ।

कतिपय अभिकर्ताहरु फलानो कम्पनीमा म बीमा नै गराउदिन भन्नेसम्मका छन् । तर उनिहरुले नचाहेको कम्पनी सँग मर्जर हुँदै छ भने के गर्ने ? अभिकर्ताहरुलाई कसरी कन्फिडेन्स बढाउने भन्ने खालका पनि इस्यु छ । कर्मचारी सँगै अभिकर्ताको व्यवस्थापन पनि सबैभन्दा धेरै चुनौतीपुर्ण छ । यसका लागि अभिकर्ताहरु विचमा पनि छलफल गराउनु पर्ने हुन्छ । ताकी भोलि मर्जर पछि अभिकर्ता गुमाउने, कर्मचारी गुमाउने अवस्था नआओस ।

मर्जरको सहमति गरेको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले शाखा प्रमुख र क्षेत्र प्रमुखहरु विच संयुक्त छलफल गरिसकेको छ । बैंकले क्रमश तह तहका कर्मचारीमा संयुक्त छलफल गरि प्रतिकृया लिने काम गरिरहेको छ ।

तर जीवन तथा निर्जीवन बीमा कम्पनी तर्फ भने छलफल त परको कुरा उच्च व्यवस्थापन तहका कर्मचारीलाई पनि मर्जरको विषयमा सामान्य जानकारी छैन । सूर्या लाइफ र ज्योति लाइफको सञ्चालक तथा ठुला लगानीकर्ता एकै किसिमको भएकाले पनि मर्जर नहुने भन्नेमा अन्योलता छैन । तर कम्पनीको आन्तरिक तयारी हेर्दा अन्योलता भने कायमै छ । अहिले कुनै पनि कम्पनीले कर्मचारी र अभिकर्ता व्यवस्थापनका लागि उचित योजना बनाउन सकिरहेका छैनन् ।

भोलि मर्जर पछि एउटा कम्पनीको अभकर्ता अर्को कम्पनीको शाखामा पुग्दा रेस्पोन्स भएन भने राम्रो हुँदैन । त्यसैले अभिकर्ता कर्मचारी सबैलाई चिनाउने सम्बन्ध बनाउन लगाउनेदेखि लिएर भावनान्तमक रुपमा जोड्ने काम गर्नु पर्छ । बीमा व्यवसाय प्रतिस्पर्धात्मक पेशा हो । होजोका दिनमा अन्य कम्पनीको विरोध गर्दै उक्त कम्पनीको नराम्रा कुराहरुलाई भनेर अभकर्ता तथा बीमितलाई मनाउने गरिएकोमा अहिले आएर सोहि कम्पनी सँग मिलेर काम गर्नु पर्ने बाध्यात्मक अवस्था आफैमा चुनौतिपुर्ण छ । यस्ता कतिपय व्यवहारिक पाटोलाई पनि व्यवस्थापन गर्दै लैजानु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS