IME Life

एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२२ मा नेपाली अभिकर्ताको उल्लेख्य सहभागिता, यस्तो रह्यो अनुभव

SPIL
NIC ASIA

काठमाडौं । अष्ट्रेलियामा एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२२ सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालको तर्फबाट १९ जनाले भाग लिएका छन् । यस पटक नेपालको तर्फबाट सबैभन्दा धेरैले भाग लिएका हुन् । बीमा अभिकर्ताहरुका लागि सबैभन्दा आकर्षक र प्रेस्टिजियस सम्मेलनको रुपमा चिनिने यस सम्मेलनमा भाग लिनका लागि अभिकर्ताहरुले दिनरात नभनी मिहिनेत गर्ने गर्छन् ।

Prabhu
Crest

सन् २०२१ मा नेपाली बीमा कम्पनीहरुमा एक हजार हाराहारी एमडिआरटीका लागि योग्य भएका थिए । तर उनिहरु मध्ये २ सय हाराहारीले मात्रै एमडिआरटीमा आफुलाई रजिष्ट्रर गराए । उनिहरु मध्ये पनि जम्मा १९ जना भाग्यमानी अभिकर्ताहरुले मात्रै सम्मेलनमा भाग लिने असर पाए ।

यस पटक हिन्दी सहित विभिन्न भाषामा भएको प्रस्तुतिकरणले सहभागीहरुलाई धेरै सहजता भयो । सामान्यतया एमडिआरटी ग्लोबल कन्फ्रेन्समा भाग लिने अभिकर्ताहरुले भाषा नबुझ्दा सम्मेलनबाट उचित फाइदा लिन सकेका थिएनन् । अधिकाम्स प्रस्तुती हिन्दी भाषामा प्रस्तुत भएकाले धेरै बुझ्न सिक्न पाइएको अम्बिका गौतमको अनुभव छ ।

हाल एमडिआरटीमा विश्वबाट ७२ देशका ५०० भन्दा धेरै बीमा कम्पनीबाट ६६ हजार भन्दा धेरै अभिकर्ताहरु जोडिएका छन् । सन् १९२७ देखि मिलियन डलर राउन्ड टेबलको सम्मेलन हुँदै आएको छ । पहिलो सम्मेलन अमेरिकाको पाउल क्लार्कमा भएको थियो । पहिलो सम्मेलनमा विश्वभरबाट जम्मा ३२ जनाको मात्रै सहभागिता थियो । सन् १९२८ को दोस्रो सम्मेलनमा पहिलो पटक महिलाको सहभागिता थियो । सन् १९३० देखि अष्ट्रेलिया, क्यानडा, लण्डन तथा इङ्ल्याण्डबाट पनि सहभागिता भएको थियो ।

नेपालबाट पनि केहि वर्ष अघिसम्म एमडिआरटीमा खासै चासो हुने गरेको थिए । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन तथा नेशनल लाइफले पनि यसमा खासै प्राथमिकता दिने गरेका थिएनन् । तर केहि वर्षदेखि अभिकर्ताहरु विचमा एमडिआरटी बन्ने होडबाजी नै चलेको छ । यसले अभिकर्ताहरुलाई जीवन बीमा व्यवसाय गर्न उत्प्रेरित गरिरहेको छ ।

अझ एमडिआरटी सम्मेलनमै उपस्थित भएर अनुभव संगाल्नेहरुको संख्या बढिरहेको छ । यस वर्ष नेपालबाट यस सम्मेलनमा सहभागि हुने १९ जना मध्ये अम्बिका गौतमको खुसीको सिमा छैन । उनले सम्मेनलमा भाग लिएर आफैले धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको बताइन् ।

अष्ट्रेलियामा अगस्ट २८ देखि ३१ तारिखसम्म सञ्चालन भएको सम्मेलनमा नेपालीहरुले नेपालकै पहिचान झल्कने राष्ट्रिय झण्डा र कल संस्कृति प्रस्तुत गरेका थिए । नेपाली महिलाहरुको महान चाड तीजको समय भएकाले सहभागी नेपाली महिलाले तिजको गित र नृत्य प्रस्तुत गरेर रोमाञ्चक बनाएका थिए ।

अभिकर्ता नमिता न्यौपानेका अनुसार विभिन्न देशका अभिकर्ताले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए । जसबाट सफल अभिकर्ता बन्नका लागि थुप्रै आइडियाहरु पाएको उनी बताउँछिन् । बीमा व्यवसायलाई कसरी अगाडी बढाउने, मार्केटलाई कसरी फेस गर्ने जस्ता उपायहरुलाई पनि प्रस्तुतकर्ताहरुले सुझाएका थिए । सहभागीहरुले जीवन बीमा व्यवसायका कठिनाइलाई एक आपसमा आदान प्रदान गर्नुका साथै व्यवसायका दौरानमा आइपर्ने कठिनाइलाई कसरी सामना गर्नेसम्मका ज्ञानगुनका कुराहरु सिकाइएको थियो ।

यस्तो सम्मेलनमा भाग लिदा व्यक्तित्व विकासमा पनि धेरै मद्दत पुग्ने सहभागीहरुले बताए । यस्तो सम्मेलनमा पुगेर भाग लिदा आफ्नो जिवनकै सबैभन्दा उपलब्धीपुर्ण क्षणको रुपमा अनुभुति भएको अम्बिका गौतमको अनुभव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS