IME Life

सर्जन बिकको हत्यापछि ठूलो बीमांकको अण्डरराइटिङमा सावधानी अपनाइदैं, रोकिएला नक्कली मेडिकल रिपोर्टको भरमा जीवन बीमा गर्ने प्रवृत्ति ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुको जोखिमांकन (अण्डरराइटिङ) लापरवाहीले निर्दोषको ज्यान जान थालेपछि बीमा समितिको निर्देशन बमोजिम अण्डरराइटिङमा सावधानी अपनाउन थालेका छन् ।

बीमा समितिले बाँकेको कोहलपुरका २१ वर्षिय यूवक सर्जन बिकको हत्याको घटनासँग साढे दुई करोड रुपैयाँको जीवन बीमा दाबी जोडिएपछि सबै जीवन बीमक संघमार्फत् सबै जीवन बीमा कम्पनीलाई अण्डरराइटिङमा पूर्ण सावधानी अपनाउन निर्देशन दिएको हो ।
जीवन बीमा कम्पनीहरुले ५० लाख रुपैयाँ भन्दा बढी बीमांकको जीवन बीमालेख प्रस्तावको हकमा जोखिमांकनको लागी आवश्यक पर्ने सम्पूर्ण प्रमाण र स्थलगत प्रतिवेदन समेत समावेश गरिएको अवस्थामा मात्र प्रस्ताव स्वीकार्ने अभ्यास शुरु गरेका छन् ।

Prabhu
Crest

अण्डरराइटिङको बेथिती रोक्न नक्कली मेडिकल रिपोर्टमा अंकुश जरुरी

पहिलो चरणमा सबै शाखा कार्यालयहरुलाई शाखा,उपशाखा नजिकको पायक पर्ने नेपाल सरकारबाट मान्यता प्राप्त निजी, सामुदायीक वा सार्वजनिक अस्पतालहरुको सूची तयार पारेर दर्ताको लागी प्रधान कार्यालयमा पठाउन निर्देशन दिइएको छ । यसरी प्राप्त सूचीको आधारमा जीवन बीमकको प्रधान कार्यालयले सम्बन्धित स्वास्थ्य संस्थासँग बीमितको स्वास्थ्य परिक्षणको लागी लिखितरुपमा वार्षिक सम्झौता गर्नेछन् । स्वास्थ्य परिक्षण सेवा सम्बन्धमा लिखित सम्झौता गरिएको स्वास्थ्य संस्थाबाट जारी गरिएको स्वास्थ्य परिक्षण प्रतिवेदन(मेडिकल रिपोर्ट) मात्र बीमालेख प्रस्तावको लागी मान्य हुनेछ । नक्कली प्रतिवेदन वा फर्जी प्रतिवेदन जारी भएको पुष्टी भएमा सम्बन्धित स्वास्थ्य संस्थाको दर्ता खारेजीको लागी बीमा कम्पनीले बीमा समितिमार्फत् सम्बन्धित निकाय समक्ष उजुरी गर्नेछ ।

बीमा कम्पनीका कर्मचारी र अभिकर्ता स्वयम्ले नक्कली छाप र मेडिकल प्रतिवेदनको प्रयोग गरेर ठूलो ठूलो बीमांकको प्रस्ताव तयार पार्ने गरेको पाइए पछि बीमा समितिको नेतृत्वले यस्तो अभ्यास बन्द गर्नको लागी प्रमुख कार्यकारी अधिकृतहरुलाई मौखिक रुपमा चेतावनी दिएको छ ।

बीमितको अनुपस्थितिमा बीमा कम्पनीका कर्मचारी वा अभिकर्ता स्वयम्ले आफ्नो स्वास्थ्य परिक्षण गराएर बीमितको नाममा मेडिकल रिपोर्ट तयार पार्छन्,एकजना पुराना अभिकर्ताले भने, यस्तो काममा बीमा कम्पनीका कर्मचारीदेखि प्याथोलोजीका कर्मचारीसम्मको मिलेमतो हुन्छ । स्वास्थ्य परिक्षण प्रतिवेदनवापत बीमा कम्पनीबाट प्राप्त हुने रकम कुम्ल्याउन तथा बीमितको सहजताको लागी र कतिपय अवस्थामा खराब स्वास्थ्य अवस्था भएका बीमितको नाममा समेत ठूलो बीमांकको बीमालेख जारी गर्नको लागी यस्तो नक्कली प्रतिवेदन तयार पार्दै आएका छन् ।

स्वास्थ्य परिक्षण प्रतिवेदन बाहेक नैतिक जोखिम प्रतिवेदन(मोरल हजार्ड रिपोर्ट) समेत ठूलो बीमांकको प्रस्तावसँगै संलग्न गर्नुपर्ने अनिवार्य गरिएको छ । नैतिक जोखिम प्रतिवेदनमा पुराना अभिकर्ता स्वयम् वा बीमा कम्पनीको शाखा , उपशाखा प्रबन्धकले बीमित वा प्रस्तावकले सही नियतले बीमा गर्न चाहेको हो वा होइन, बीमा प्रस्तावमा संलग्न गरिएको प्रमाणहरु विश्वसनीय छन् कि छैनन् र प्रस्तावकको पृष्ठभूमी भरपर्दो छ की छैन भन्ने बारे स्थलगत जानकारी लिएर बीमा प्रस्ताव स्वीकृतिको लागी प्रधान कार्यालय अण्डरराइटिङ विभागमा पठाउनुपर्छ । यस्तो सिफारिशको आधारमा जारी गरिएको बीमालेखमा पछि कुनै शंकास्पद घटना भएको अवस्थामा सिफारिश गर्ने कर्मचारी वा अभिकर्ता जिम्मेवार हुनुपर्छ ।

सर्जन बिकको बीमालेख प्रस्ताव स्वीकृत गर्ने क्रममा रिलायन्स लाईफ इन्स्योरेन्सको अण्डरराइटिङ विभाग तथा शाखा कार्यालयबाट बीमा गर्नुको नियतबारे स्थलगतरुपमा बुझ्ने प्रयास भएको छैन । सुकुम्बासी वस्तीका बासिन्दा रहेका सर्जन बिकको दुई करोड ५० लाख रुपैयाँको बीमांकको बीमा प्रस्ताव गर्नु अस्वाभाविक र शंकास्पद भएकाले बीमा कम्पनीको शाखाका कर्मचारीले बिकको पृष्ठभूमीको बारेमा स्थलगतरुपमै जानकारी लिन सकेको भए उनको हत्या टर्ने थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS