IME Life

बीमालेख सरेण्डर नियन्त्रण गर्ने बहानामा बीमितलाई दुःख दिन थाले बीमा कम्पनीले

SPIL
NIC ASIA

काठमाडौं । बीमितले समर्पण मूल्य योग्य भएलगत्तै बीमालेख समर्पण गर्ने क्रम बढेपछि बीमकले कडाई गर्दै दुःख दिन थालेका छन् ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्रमुख कार्यकारी अधिकृतहरुलाई जसरी भएपनि बीमालेख समर्पण नियन्त्रणमा ल्याउन निर्देशन जारी गरेपछि उनीहरुले अनावश्यक कडाई गर्दै बीमितलाई दुःख दिन थालेका हुन् ।

असार २३ गते देखि कार्यान्वयनमा ल्याइएको जीवन बीमालेख निर्देशिका २०७८ जारी हुनु अघि नै जारी गरिएको बीमालेख समर्पणको प्रस्ताव आउँदा एलआइसी नेपालले बीमालेख समर्पण प्रस्ताव अस्वीकृत गरेपछि नियामक बीमा समितिले नै मध्यस्थता गर्दै बीमितको पक्षमा एलआइसी नेपालको व्यवस्थापनलार्ई निर्देशन जारी गर्नु परेको थियो । त्यसयता निर्देशिका जारी हुनु अघि जारी गरिएका बीमालेखको हकमा पुरानै प्रावधान लागू हुने र त्यसपछिको मितिमा जारी भएको बीमालेखको हकमा निर्देशिका अनुसारको प्रावधान लागू हुने समझदारी बीमकबीच रहेको छ ।

Prabhu
Crest

जीवन बीमालेख निर्देशिका अनुसार बीमालेख जारी गरेको ३ वर्ष पुरा भएपछि जीवन बीमालेखले समर्पण मूल्य प्राप्त गर्न योग्य हुन्छ । यस्तो समर्पण मूल्य प्राप्त भएको बीमालेख जुनसुकै समयमा पनि बीमित समर्पण गर्न अर्थात् बन्द गरेर रकम फिर्ता माग गर्न सक्ने प्रावधान छ । अहिले बजारमा तरलता अभावका कारण कुनै विकल्प नभएपछि बीमितले बीमालेख बन्द गरेरै भएपनि तत्कालको खाँचो टार्ने विकल्प रोज्नुपर्ने बाध्यता आएको छ ।

तर प्रधान कार्यालयले तत्कालै समर्पण मूल्य भुक्तान गर्नुपर्नेमा अनेक बहानाबाजी गर्दै थाती राख्न थालेको छ,एकजना शाखा प्रबन्धकले गुनासो गर्दै भने,एक घण्टाभित्रै रकम पाउनुपर्नेमा हप्ता दिनसम्म पनि आलटाल आलटाल गर्दै दुःख दिने काम भइरहेको छ । जीवन बीमालेख बीमा कम्पनी र बीमितबीचको करार हो । यो कानूनी दस्तावेज हो । यसको सबै शर्तहरुको पालना गर्नु बीमित र बीमा कम्पनी दुबैको कर्तव्य हो । यसको उलंघन गरेको अवस्थामा बीमालेखको सुविधाबाट बीमितलाई वञ्चित गर्ने अधिकार बीमा कम्पनीमा निहित हुन्छ । बीमा कम्पनीले उलंघन गरेको अवस्थामा बीमा समिति वा अदालतसमक्ष उपचार खोज्न पाउने अधिकार बीमितमा निहित हुन्छ । तर अहिले बीमकले दुःख दिने काम गरिरहेका छन् ।

बीमालेखमा लेखिएको शर्त स्पष्ट छ, बीमितले सरेण्डर गर्छु भन्दा तत्कालै गर्न पाउनुपर्छ,एकजना अभिकर्ताले भने,तर अहिले अनेकन अड्चनबाजी गर्ने कार्य भइरहेको छ,यसको प्रभाव राम्रो देखिंदैन ।

बीमालेख सम्बन्धी सेवा प्रदान गर्ने बीमा कम्पनीको कर्मचारीले सामान्य अवस्थाको बीमालेख समर्पणमा भुक्तानी गर्न कुनै समस्या नरहेको दाबी गर्दै भने, नियतवश कम्पनीलाई नोक्सानी पु¥याउने वा शंकास्पदरुपमा छोटो समयमै समर्पण गर्न आउनेलाई हामीले सकेसम्म रोक्ने, छेक्ने प्रयास गर्नुपर्ने बाध्यता छ । माथिबाटै यस्तो आदेश छ ।

जीवन बीमालेख निर्देशिका लागू हुनुपूर्व बीमालेख समर्पणमा १ वर्ष र २ वर्षको प्रावधान लागू गरिएको थियो । एकल बीमाशुल्क भुक्तानी गरेर खरिद गरिने बीमालेख एक वर्षको अवधि पुरा भएपछि समर्पण गर्न सकिने सुविधा थियो भने बीमा अवधिभर वा सीमित अवधिसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखको हकमा २ वर्ष पुरा भएपछि मात्र बीमालेख समर्पण गर्न सकिने सुविधा रहेको थियो । नयाँ प्रावधान अनुसार बीमितले कम्तीमा ३ वर्षको बीमाशुल्क भुक्तानी गरेको हुनुपर्छ । यति मात्र नभएर बीमालेख जारी भएको मितिबाट ३ वर्ष समेत पुरा भएको हुनुपर्छ ।

बीमालेख समर्पण अप्रत्याशित छ भने त्यो समस्याको बिऊ अण्डरराइटिङकै बेला गाडिएको हो,एकजना अनुभवी अभिकर्ताले भने,जसरी पनि बिजनेश ल्याऊ भन्ने प्रवृत्तिका कारण अहिलेको अप्रत्याशित समर्पण दर पनि जोडिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS