IME Life

शेयर बजारमा बीमा कम्पनीहरुको साढे २१ अर्ब लगानी, कुन कम्पनीको कति (सूची सहित)

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको साधारण शेयर तथा संस्थापक शेयरमा २१ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेका छन् । दोस्रो बजारमा सजिलै खरिद बिक्री हुने सर्वसाधारण शेयरमा मात्रै बीमा कम्पनीहरुले १० अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै दोस्रो बजारमा सूचिकृत कम्पनीको संस्थापक शेयरमा ११ अर्ब १४ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा कम्पनीहरुले सर्वसाधारण शेयरमा भन्दा पनि संस्थापक शेयरमा अधिक लगानी गरेका छन् ।

Prabhu
Crest

बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै नेपाल लाइफले मात्रै शेयर बजारमा ४ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ । जसमा सर्वसाधारण समुह तर्फको शेयरमा २ अर्ब ४९ करोड र संस्थापक शेयरमा एक अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ ।

दोस्रो धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ अर्ब ७० करोडको लगानी छ । जसको सर्वसाधारण शेयरमा एक अर्ब ३२ करोड छ भने संस्थापक समुहको शेयरमा एक अर्ब ३८ करोड रुपैयाँ लगानी छ । तेस्रो धेरै राष्ट्रिय बीमा संस्थानको २ अर्ब ३४ करोड लगानी छ । संस्थाले सबैभन्दा धेरै संस्थापक शेयरमा २ अर्ब १५ करोड लगानी गरेको छ ।

एशियन लाइफले पनि दोस्रो बजारमा ७६ करोड २५ लाख र संस्थापक समुहको शेयरमा ८२ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । नेशनल लाइफको सर्वसाधारण समुहको शेयरमा ३६ करोड १८ लाख रुपैयाँ रहेको छ भने संस्थापक समुहको शेयरमा एक अर्ब एक करोड रुपैयाँ लगानी छ । सर्वसाधारण समुहको शेयरमा खासै लगानी नरहेको नेपाल पुनर्बीमाको संस्थापक समुहको शेयरमा भने एक अर्ब लगानी रहेको छ । सर्वसाधारण समुहको शेयरमा प्रभु लाइफको आक्रामक लगानी छ । प्रभुले ४३ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।

निर्जीवन तर्फ सबैभन्दा धेरै सगरमाथाको ४२ करोड २२ लाख रुपैयाँको लगानी छ । कम्पनीले सर्वसाधारण समुहको शेयरमा २५ करोड ३४ लाख र संस्थापक समुहको शेयरमा १६ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै अर्को निर्जीवन बीमा कम्पनी शिखरले शेयर बजारमा ४१ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले सर्वसाधारण समुहको शेयरमा मात्रै २० करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS