IME Life
Beema Board

बीमा नगर्दा जुत्ता उद्योगका सञ्चालकलाई करोडौको क्षति, ‘अब उद्योग खोल्नु भन्दा पहिला बीमा गर्छु’

SPIL
NIC ASIA

काठमाडौं । बीमा नगर्दा अहिले ‘वान वर्ड फुटवेयर’का सञ्चालक श्रीराम पाण्डेले ठुलो क्षति बेहोर्नु परेको छ । बीमा प्रति उनको गलत बुझाइले जुत्ता उद्योगमा आगलागी हुँदा क्षतिपुर्ती भरपाइ गरिदिने कोही पनि छैन । उनले भने ‘नेपालमा इन्स्योरेन्स गर्ने भनेको कि आफै आगो लगाउने मान्छेले गर्ने हो या बैंकमा कर्जा भएका मान्छेले गर्ने हो ।’

उद्योग सञ्चालन गर्दा उनले बैंकबाट कर्जा लिएनन् । साथै उनले बीमाबाट दाबी भुक्तानी पाउने गलत नियतले पनि उद्योगको बीमा गरेनन् । उनको यहि गलत बुझाइले नै जीवनमा लामो समयसम्म कमाएको चार करोड रुपैयाँ केहि घण्टाको आगलागीमा स्वाहा भयो ।

Prabhu
Crest

पाण्डले बालाजुको बाइपासस्थित जुत्ता उद्योग सञ्चालन गर्दै आएका थिए । साउन २५ गते विहान ११ बजे कारखानामा काम गर्ने क्रममा विद्युत सर्ट भई आगो लागेको थियो । आगो लाग्दा जुत्ता निर्माण गर्ने मेसिन, कच्चा पदार्थ र निर्माण भएका जुत्ता नष्ट हुँदा करिव ४ करोड रुपैयाँको क्षति भएको पाण्डेले जानकारी दिए ।

बीमा प्रति सधै गलत बुझाइ बनाउदै आएका पण्डेले चार करोड रुपैयाँको क्षति पश्चात बीमा गर्नु पर्ने रहेछ भन्ने बुझेका छन् । उनले भने ‘अव उद्योग खोल्नु भन्दा पहिला बीमा गर्छु ।’ यहि कुरा बुझ्न पाण्डेलाई चार करोड रुपैयाँको क्षति हुनु पर्यो । यदि बीमा गरेका थिए भने उनले सजिलै उद्योगलाई पुर्ववत अवस्थामा फर्काउन सक्थे ।

केहि समय अगाडी सगरमाथा ग्याँस उद्योगमा आगलागी हुँदा सञ्चालकले कर्जा बराबरको मात्रै बीमा गर्दा करोडौ रुपैयाँको क्षति बेहोर्नु परेको थियो । गत बैशाखमा सगरमाथा अक्सिजन प्लान्टमा बीमा गर्दा ३० करोडको क्षति भयो । तर सञ्चालकले बैंकिङ कर्जाको लागि जम्मा तीन करोडको मात्रै बीमा गरेका थिए । बीमा शुल्क तिर्नु पर्ने लोभमा उनले फुल इन्स्योरेन्स नगर्दा क्षतिपुर्ती पाउन सकेनन् ।

बालाजुका पाण्डेले पनि जीवनमा कहिले पनि बीमाको महशुस नै गरेनन् । बीमा शुल्कलाई खर्चको रुपमा हेर्ने हाम्रो मानसिकताले पनि बीमा हुन सकिरहेको छैन । यदि पाण्डेले बीमा गरेका थिए भने चार करोडको क्षति हुँदा बीमा कम्पनीले कम्तिमा पनि तीन करोड रुपैयाँ अवस्य दिने थियो । पछिल्लो समय बीमा कम्पनीहरुले पनि दाबी भुक्तानीलाई प्राथमिकता दिदै आएका छन् । वास्तविक क्षति भएका बीमितले समयमा दाबी पाउदै आएका छन् । केहि कम्पनीहरुको बदमासीले गर्दा अझै पनि बजारमा बीमा प्रति नकारात्मक धारणा भने यथावत छ । अहिले पनि बीमा गर्न जति सजिलो छ दाबी पाउन कयौ गुणा गाह्रो हुने गरेको छ । कम्पनीहरुले दाबी भुक्तानी गरेर नै बीमितको विश्वास जित्ने हो ।

यदि दाबीबाट रकम पाएको भए पाण्डेका लागि त्यो रकमले उद्योग सञ्चालन गर्न ठुलो मिहिनेत गर्नु पर्दैन थियो । वार्षिक ३/४ लाख रुपैयाँको बीमा शुल्कलाई खर्चको रुपमा हेरिदा भैपरि आउदा करोडौ रुपैयाँको क्षतिपुर्ती पाउने अवस्थालाई पाण्डेले गुमाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS