IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको वार्षिकोत्सवको अवसरमा अध्यक्ष ज्ञवाली र सिइओ ओझाको प्रतिद्धता

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको नवौ वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले नवीनतम सोच र प्रविधिको प्रयोगबाट समसामयिक प्रतिस्पर्धी बजारमा कम्पनीलाई स्थापित गर्न, लगानीको विविधीकरण मार्फत लगानीको प्रतिफलमा वृद्धि, दिगोपना र सुरक्षित बनाउन,  सरकारी निकायहरू, संस्थान तथा वित्तीय संस्थाहरू, व्यावसायिक प्रतिष्ठानहरू र बीमितहरूसँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बजार विस्तार एवं बीमाको पहुँच बढाई बीमा बजारमा कम्पनीको हिस्सा वृद्धि गर्न र संस्थागत सुशासन, आर्थिक पारदर्शिता, साङ्गठनिक सुधार तथा समयसापेक्ष आधुनिक प्रविधिको विकास र प्रयोगको माध्यमबाट सेवा प्रवाह छिटो, छरितो र सरल बनाई सेवा प्रवाह प्रणाली चुस्त, दुरुस्त एवं पारदर्शी बनाउने थप प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र राज ओझाले कार्य सम्पादन चुस्त साथै संस्थागत सुशासन पूर्ण रूपमा पालना गरी सबै प्रकारका चुनौतीको सामना गर्न तथा परिष्कृत र आधुनिक सेवा प्रवाहको विस्तार गर्दै राज्य, व्यावसायिक क्षेत्र, शेयर धनी, सरोकारवाला र आम नेपालीको विश्वास आर्जन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Prabhu
Crest

नेपाल सरकारको स्वामित्व रहेको एक मात्र निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा संस्थानबाट अलग भई  निर्जीवन बीमा व्यवसाय गर्ने गरी वि. सं. २०७१ साल जेठ २८ मा स्थापना भएको हो । कम्पनीले वि. सं. २०७१ साल असार २७ गते बीमा समितिबाट निर्जीवन बीमकको इजाजत प्राप्त गरी वि.सं. २०७१ साल साउन १८ गतेदेखि विधिवत् रूपमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

विशेषगरी निर्जीवन बीमाको माध्यमबाट जनधनको सम्भावित आर्थिक जोखिममा वित्तीय सुरक्षण प्रदान गर्ने, आन्तरिक स्रोत र साधनको परिचालन गरी देशको आर्थिक विकासमा टेवा पुर्याउने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो व्यावसायिक कार्य गर्दै आएको छ ।

निर्जीवन बीमा व्यवसायमा ५४ वर्ष लामो इतिहास र गरिमा बोकेको यस कम्पनीले सरकार, निजी क्षेत्रका प्रतिष्ठानहरू र सर्वसाधारण जनताको विश्वास एवं भरोसाले बीमा बजारको अत्यधिक प्रतिस्पर्धा हुँदाहुँदै पनि बीमितहरूको चाहना एवं आकाङ्क्षा अनुरूपको उच्च स्तरको व्यावसायिक सेवा प्रवाहका कारण कम्पनीले लिएको लक्ष्यभन्दा बढी व्यवसाय अभिवृद्धि गर्न सफल भएको छ ।

कम्पनीको नवौँ वार्षिकोत्सवको यस शुभ अवसरमा नेपाल सरकार, नियामक निकाय, बीमित, अभिकर्ता, शेयरधनी र अन्य सरोकारवाला लगायत सम्पूर्ण शुभ चिन्तकप्रति सहयोग र विश्वासका लागि ज्ञवालीले आभार व्यक्त गरेका छन् ।

सरकारले लिएको बीमा सम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सारथी तथा सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रम मार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बीमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको छ ।

व्यावसायिक अवसरलाई आफ्नो पक्षमा सुनिश्चित गर्न र नयाँ व्यावसायिक क्षेत्रहरूको पहिचान गरी व्यवसाय विस्तार, कार्यदक्षता र व्यावसायिकता अभिवृद्धि गर्न कम्पनी निरन्तर लागिपरेको छ । यस्तो प्रयासले भविष्यमा कम्पनीको व्यावसायिक दक्षता अभिवृद्धि भई नेपालको बीमा बजारमा प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित हुने विश्वास छ ।

राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसायलाई अलग्गै संस्था बनाई सञ्चालन गर्ने नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटेड स्थापित भई आफ्नो निर्जीवन बीमा व्यवसाय आजकै दिन सुरु गरेको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । पाँच दशकभन्दा लामो निर्जीवन बीमा व्यवसायको पृष्ठभूमि बोकेको यस कम्पनीले देशको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

नियामक निकायबाट हालसम्म (आ. व. २०६८/०६९ देखि आ. व. २०७२/०७३ सम्मको)  स्वीकृत वित्तीय विवरणको वार्षिक साधारण सभा यथाशीघ्र गर्ने लक्ष्य लिइएको छ । साथै त्यसभन्दा पछिल्ला आर्थिक वर्षहरूका वित्तीय विवरण पनि यसै आर्थिक वर्षभित्र तयार गरी वार्षिक साधारण सभा सम्पन्न गर्ने लक्ष्य लिइएको ओझाले उल्लेख गरेका छन् ।

आफ्नो उद्देश्य अनुरूप बीमा व्यवसायको माध्यमले सुरक्षित एवं लगानीमैत्री वातावरण निर्माण गर्न तथा छरिएको बचतलाई पुँजीका रूपमा परिमार्जन गर्न  कम्पनी  क्रियाशील  रहँदै  आएको  छ  ।  अन्तर्राष्ट्रिय  बजारमा  प्रवद्र्धन  भएका  बीमा  कार्यक्रमका  साथै  कर्पोरेट  क्षेत्रका  व्यावसायिक  जोखिम  तथा  परम्परागत बीमा व्यवसायका सबैखाले आर्थिक गतिविधिसँग कम्पनीको बीमा व्यवसायलाई समेट्दै लैजाने कार्य तीव्र गतिमा हुन थालेको सिइओको भनाइ छ ।

त्यस्तै नेपालको बीमायोग्य क्षेत्रको बहुसङ्ख्यक पाटो बीमाको पहुँचभन्दा बाहिर रहेको यथार्थलाई आत्मसात गरी  विकसित प्रविधि र कुशल जनशक्ति मार्फत बीमा सेवालाई स्वास्थ्य, कृषिबाली, पशुपालन तथा लघुबीमाका अनेक आयामबाट समुदाय स्तरमा विस्तार गर्ने क्रम तीव्र बनाउन कम्पनी कटिबद्ध रहेको ओझाले जनाए । संविधानको भावना र राज्यको नीति तथा कार्यक्रम, ‘एक घर एक बीमा’ बमोजिम आम नेपालीको पहुँचमा बीमा सेवा पुर्याई सर्वसाधारण जनताका आर्थिक गतिविधिमा सुरक्षाको अनुभूति र क्षति हुँदा आर्थिक भार परिपूर्ति गर्नु कम्पनीले आफ्नो प्रमुख दायित्व ठानेको ओझाले उल्लेख गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS