IME Life
Beema Board

व्यक्तिको तुलनामा संस्थागत निक्षेपको व्याजदर २ प्रतिशत कम हुनु पर्ने, बीमा कम्पनीको नाफा घट्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंक संस्थागत निक्षेपको व्याजदर व्यक्तिगत निक्षेपको भन्दा २ प्रतिशत विन्दु भन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ । संस्थागत मुद्दती निक्षेप बोलकबोलसमेत मा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तिमा २ प्तरिशत विन्दुले कम हुनुपर्ने व्यवस्था गरेको हो । यस भन्दा अगाडी एक प्रतिशत विन्दुले कम हुनु पर्ने व्यवस्था थियो ।

संस्थागत निक्षेपकर्ताले व्याजदरमा वार्गेनिङ गरेर बैंकहरुको व्याजदर बढाउन मद्दत गरेको भन्दै राष्ट्र बैंकले एक वर्ष अगाडी संस्थागत निक्षेपको व्याजदरमा क्याप लगाउन यस्तो व्यवस्था गरेको थियो । अझै पनि बैंकिङ प्रणालीमा तरलता अभावको समस्या उस्तै छ । यसले गर्दा बीमा कम्पनी जस्ता संस्थागत निक्षेपकर्ताले बैंकहरु सँग व्याजदरको राम्रो वार्गेनिङ गर्ने गरेका छन् ।

Prabhu
Crest

अव सामान्य अवस्थाको मुद्दती निक्षेप तथा बोलकबोल मार्फत आह्वान गर्ने मुद्दनी निक्षेप दुबैमा यसरी २ वर्ष भन्दा कममा आह्वान गर्नु पर्ने भएको छ । यदि कुनै बीमा कम्पनीहरुले १० करोड रुपैयाँ मुद्दति निक्षेपको लागि बोलकबोल आह्वान गरे भने अव बैंकहरुले बोलकबोल प्रस्ताव पेश गर्दा सर्वसाधारणला मुद्दति निक्षेपमा दिएको व्याजदर भन्दा २ प्रतिशत कममा प्रस्ताव पेश गर्नुपर्नेछ ।

यस सँगै अहिलेको अवस्थामा बीमा कम्पनीहरुले पाइरहेको व्याजदर भन्दा एक प्रतिशत कम पाउने भएका छन् । परिपक्व भएका मुद्दती निक्षेपको हकमा बीमा कम्पनीहरुले पुनः बोलकबोल वा नविकरण गर्दा यहि व्यवस्था लागु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS