IME Life

नेपाल बैंकले संचालनमा ल्यायो डबल धमाका मुद्दती खाता योजना

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । कुनै व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ ।

बैंकका अनुसार संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यस मुद्दती खातामा लगानी गर्दा छ बर्ष ११ महिना १ दिनमा दुई गुणा हुनेछ ।

Prabhu
Crest

यस मुद्दती खाता खोल्ने ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस बैंकले नेपालभर २१९ शाखाहरु, १८९ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS