IME Life
Beema Board

नेपाल इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा, डिम्याट नगरेकालाई डिम्याट गर्न आह्वान

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । डिम्याट नगरेका शेयधनीहरुलाई पनि तुरुन्त डिम्याट गर्न कम्पनीले अनुरोध गरेका छ ।

कम्पनीले गत जेठ ३० गत सम्पन्न ७३ औ वार्षिक साधारणसभाबाट ११ प्रतिशत बोनस शेयर पारित गरेको थियो । डिम्याट खातामा शेयर जम्मा भए सँगै शेयरधनीहरुले दोस्रो बजारमा सजिलै कारोबार गर्न पाउने छन् ।

Prabhu
Crest

कम्पनीले जेठ १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा शेयर जम्मा गरिदिएको छ । सो पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा भने क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

विगतका साधारणसभाहरुबाट पारित नगद लाभांश तथा बोनस शेयर लिन बाँकी रहेका शेयरधनीहरुले शेयर रिजिष्ट्रार एनआईविएल एस क्यापिटलमा सम्पर्क गरी आ-आफ्न नगद लाभांश तथा बोनस शेयर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS