Connect IPS
IME Life

चौथो त्रैमास रिपोर्ट सार्वजनिक हुन सुरु, आरएसडिसी लघुवित्तको कस्तो आयो रिपोर्ट ?(रिपोर्ट सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। आरएसडिसी लघुवित्त वित्तिय सस्था (RSDC) ले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले खुद नाफामा ४८ दशमलव ४५ प्रतिशतको वृद्धि गर्न सफल भएको छ । आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमाससम्म ९ करोड १० लाख खुद नाफा गरेको कम्पनीले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमाससम्म १३ करोड ५२ लाख खुद नाफा गर्न सफल भएको छ ।

खुद नाफामा वृद्धि देखिएसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि वृद्धि हुँदै १६ रुपैयाँ ७९ पैसा पुगेको छ । समिक्षा अवधिमा प्रति शेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा थियो ।

Prabhu
Crest

८० करोड ५१ लाख चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ९ करोड ५० लाख रहेको छ भने संचित मुनाफा ११ करोड ५३ लाख रहेको छ । जगेडा कोष ४१ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ भने संचित मुनाफा ३३ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ ।
सापटी रकम ५१ दशमलव १४ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६४ करोड पुगेको छ भने लघुवित्त कम्पनीहरुलाई गरिने कर्जा प्रवाह ५५ दशमलव ९६ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४४ करोड पुगेको छ।

आम्दानीको प्रमुख श्रोतमा रहेको खुद व्याज आम्दानी ४६ दशमलव ३६ प्रतिशतले वृद्धि भएर २३ करोड ८२ लाख पुगेको छ भने संचालन मुनाफा करिव ५० प्रतिशतले वृद्धि भएर १९ करोड ३१ लाख पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रहेको छ भने प्रति शेयर नेट्वर्थ १२६ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS