IME Life

उत्तम उपहारको रुपमा फैलिदै बीमा पोलिसी, बचतसँगै जीवनको सुरक्षा

SPIL
NIC ASIA

काठमाडौं । नेपाली समाजमा हरेक अवसरमा उपहार दिने प्रचलन बढ्दो छ । साथीभाइको जन्म दिन होस् अथवा विवाह व्रतबन्ध, जोकोही पनि खाली हात जान अन्कनाउने गर्दछन् । जसकारण साना होस् अथवा ठूला प्रत्येकको हातमा उपहार हुन्छ ।

समयसँगै उपहारको आकार र स्वरुपमा पनि परिवर्तन हुँदै आएको छ । नेपाली समाजको पुरानो चालचलनलाई हेर्ने हो भने भौतिक उपहारको चलन धेरै थियो । जुन समय दैनिक जीवनमा आवश्यक पर्ने सर–सामान उपहार स्वरुप दिइन्थ्यो । समयसँगै भौतिक सामाग्रीको साटो नगद उपहारको प्रचलनलाई प्राथमिकता दिइएको पाइन्छ । विशेषगरी नेपाली समाजमा छोरीको विवाहमा दाइजो दिने चलन छ । जुन नगद तथा जिन्सी उपहारको रुपमा उपलब्ध गराइन्छ । उक्त दाइजो प्रचलनमा विगत केही वर्षदेखि भने परिवर्तन हुन थालेको छ ।

Prabhu
Crest

जिन्सी समान उपहारको रुपमा प्रदान गर्ने प्रचलत विस्तारै हराउने क्रममा पछिल्लो समय बीमा पोलिसीलाई पनि उपहारको रुपमा दिने प्रचलन बढ्दो छ । चाहे विवाहमा होस् चाहे शुभ जन्मोत्सवमा नै किन नहोस् ।

उपहारमा बीमा पोलिसी

समयसँगै परिवर्तन हुन थालेको उपहारको स्वरुप बीमा पोलिसीमा परिवर्तन हुन थालेको छ । श्रीमानले श्रीमतीलाई वैवाहिक वर्षगाँठ, जन्मदिनको अवसरमा उपहार स्वरुप बीमा पोलिसि प्रदान गर्ने प्रचलन बढेको छ । आमाबुबाले आफ्ना छोराछोरीलाई जन्मदिन पारि बीमा पोलिसी प्रदान गरेको थुप्रै समाचार पढ्न पाइन्छ ।  अझ केही अभिभावकले आफ्नो सन्तानको जन्म भए लगत्तै बीमा गराउनु फेसन जस्तै भइसकेको छ । यति मात्रै नभइ नव विवाहित दुलहीलाई पनि बीमा पोलिसी उपहार दिन थालिएको छ । यदि नेपाली समाजमा चलेको दाइजो प्रथालाई हटाई बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने हो भने यसले आर्थिकसँगै जीवको सुरक्षामा समेत ठूलो सहयोग गर्ने देखिन्छ । जसले दाइजोकै कारण अपहेलित हुनुपर्ने नेपाली महिलाका लागि राहत मिल्ने देखिन्छ ।

किन बढ्दैछ बीमा पोलिसी उपहारको प्रचलन ?

एक नजरले हेर्दा बीमा फोर्सफुल सेभिङ हो । तर सोही फोर्सफुल सेभिङ परिवारको एक जना सदस्यले गर्ने हो भने सिंगो परिवारको आर्थिक जोखिम कम हुन्छ । भवितव्य आइपर्ने दुर्घटनाले परिवारलाई निम्त्याउने आर्थिक जोखिमलाई बीमाले बहन गर्ने भएकोले पनि धेरै जसो बीमा गर्न आतुर हुन्छन् । साना बालबच्चाको हकमा भने बीमा भविष्यको मेरुदण्ड नै हो । जन्मेदेखि अभिभावकले गरेको फोर्सफुल सेभिङले भविष्यमा गएर ती बालबच्चाले चाहे अनुरुप अध्ययन गर्न पाउँछन् । साथै उनीहरुले चाहेको व्यापार व्यवसाय गर्न पाउने भएकोले भविष्यमा आइपर्ने आर्थिक संकटलाई समेत घटाउने गर्दछ । यसैगरी वयष्क व्यक्तिले गरेको बीमाले भने बुढेसकालमा साहरा दिने गर्दछ । काम गर्न नसक्ने, कमाउन नसक्ने भएको अवस्थामा कोही कसैसँग आश्रित हुन नपर्ने भएकोले बीमा हरेक उमेरका व्यक्तिका लागि एकदमै उपयुक्त रहेको छ । यसका साथै विभिन्न व्यापार व्यवसाय, कृषि, सरसामानमा गरेको बीमाले पनि सोही अनुरुपको जोखिमलाई न्यून गर्न सहयोग गर्ने भएकोले बीमा प्रति बढी चासो बढ्न थालेको छ । चासोसँगै अविष्मरणीय बनाउनका लागि विशेष दिनमा उपहार दिने चलन बढ्न थालेको हो ।

५ दशकमा ३४ प्रतिशत नेपाली बीमाको पहुँच

नेपालमा बीमा गर्ने चलन विगत ५५ वर्षदेखि नै सुरु भएको हो । वि.स.२०२४ सालमा सरकारी स्तरबाट राष्ट्रिय बीमा संस्थानको स्थापना भएदेखि नै नेपालमा बीमा सुरु भएको हो । करिब ५ दशकको आधा आधी पुगीसक्दा पनि नेपाली जनताले  बीमाबारे यथेष्ट जानकारी पाउन भने सकेका छैनन् । नेपालमा निजी स्तरबाट भने दुई दशक अघिबाट मात्रै सुरु भएको थियो । पछिल्लो केही वर्षदेखि भने निजि स्तरबाट बीमा बारे जनचेतना मूलक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बीमा समिति आफैले पनि निजी स्तरका कम्पनीलाई बीमा जनचेतना कार्यक्रम फैलाउन निर्देशन दिएको छ । हाल नेपालमा ३४ प्रतिशत जनसंख्या बीमाको पहुँचमा रहेको समितिको तथ्याङ्कमा उल्लेख छ । तसर्थ नेपाली जनतामा बीमाको लोकप्रियता बढ्दै गएको यसै तथ्याङकले पनि पुष्टि गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS