IME Life
Beema Board

निप्सको लुम्बिनी च्याप्टर र बीमा समितिबीच बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । आज नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) को आयोजनामा बीमा समितिसँग बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राम रुपन्देहीमा सम्पन्न भएको निप्सले जनाएको छ ।

निप्सका लुम्बिनी च्याप्टरका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका किरण काफ्लेको अध्यक्षतामा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रमको संचालन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख गोपाल ज्ञवालीले गरेका थिए भने कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनीका ४२ जना व्यक्तिहरु उपस्थिती रहेको थियो ।

Prabhu
Crest

उक्त कार्यक्रम प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बिशेष अतिथिमा कार्यकारी निर्देशक राजुरमण पौडेल र निप्स लुम्बिनी च्याप्टरका अध्यक्ष किरण काफ्लेको उपस्थितीमा सम्पन्न भएको हो ।

कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पूँजी वृद्धिको योजना एक बर्ष भित्र सबै कम्पनीहरुले पालना गनुपर्ने बताएका थिए । उनले विद्यामान बीमा कम्पनीमा भएको समस्याहरुलाई हल गर्दै जाने बताउँदै सबै कम्पनीहरुले एक वर्षभित्रमा तोकिएको चुक्ता पूँजी पुर्याउनुपर्ने बताए । उनले कार्यक्रममा समितिले तोकिएको समयसम्म बीमा कम्पनीहरुले पूँजी नपुर्याएको खण्डमा फोर्सफुल्ली मर्जर गरी १० वटा कम्पनीमा झार्ने चेतावनी दिए ।

साथै, कार्यक्रममा उनले कम्पनीहरुको पुहँच वृद्धिको लागि माईक्रो लेभलसम्म पुग्दा थप सहयोग पुग्ने धारण व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन तथा निर्जीवन बीमा कम्पनीका उपस्थितहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गरेका थिए । उनले कोरोना बीमाको दाबी भुक्तानी छिट्टै हुने बताए । साथै, उनले “कोरोना बीमाको दाबी भुक्तानीको लागि यसपालिको बजेटमा समावेश गरेर पठाएका छौ र असारभित्रमा सबैको कोरोना दाबी भुक्तानी गर्न प्रयास गर्नेछौं ।” उनले पछिल्लो समय बीमा कम्पनीहरुको संस्थागत सुशासन भङ्ग भएको बताएका छन् । बीमा कम्पनीहरुलाई संस्थागत सुशासनको पालना गरी सेवा प्रवाह गर्न उनले सबैलाई आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS