SKIP THIS

MLBL
IME Life
Beema Board

‘अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र सञ्चारमाध्यमले हातेमालो गर्नुपर्छ’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरुले राखेका छन्।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले बुधबार आयोजना गरेको नेपाल चेम्बर अफ कमर्सका नयाँ पदाधिकारीलाई सम्मान कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र सञ्चारमाध्यम सञ्चालकहरुले यस्तो बताएका हुन्। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्र र सञ्चारमाध्यमले हातेमालो गर्नुपर्ने बताए। पछिल्लो समय अर्थतन्त्रले लय समात्न नसकेको बताउँदै सरकारले यसमा गहिरो भएर लाग्नुपर्ने उनको भनाइ थियो।

Prabhu
Crest

्नेपालको पछिल्ला तथ्यांकहरु प्रश्तुत गर्र्दै अग्रवालले अर्थतन्त्रमा देखिएको समस्या र निजी क्षेत्रलाई परेको पीडालाई संचारमाध्यमले बुझेर सोही अनुसार सरकारी नीतिलाई झक्झक्याउनुपर्ने बताए। ‘हामीले निजी क्षेत्रका समस्याहरु पटक–पटक सरकारसमक्ष सुनाउने तर सरकारले सुनुवाइ नगरिदिने समस्या छ’, उनले भने, ‘यही समस्याका बीचको समाधानको काम सञ्चारमाध्यमले गरिदिनुपर्छ।’

कार्यक्रममा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि निजी क्षेत्र र सञ्चारमाध्यमबीच बलियो सम्बन्ध हुनुपर्ने बताए। उनले विनियोजन विकास बजेट समयमै खर्च नहुँदा १० प्रतिशतमात्रै विकास हुने र ९० प्रतिशत यत्तिकै खर्च हुने अवस्था निम्तिएको बताए। उनले सरकारले यस्तो रकम समयमै भुक्तानी गरिदिँदा उद्योगी–व्यवसायीलाई सहज हुने आशा व्यक्त गरे।

‘निजी क्षेत्रका यस्ता समस्याबीच इम्सनले निजी क्षेत्रलाई प्रवद्र्धन र सरकारलाई झकझक्याउने काम गरिरहनुपर्छ’, उनले भने, ‘इम्सनलगायतका सञ्चारमाध्यमहरुले निजी क्षेत्रले सरकारलाई दिएका सुझावहरु कार्यान्वयनमा लैजाने वातावरणको निर्माण गरिनुपर्छ।‘

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले व्यापार तथा उद्योग क्षेत्रमा देखिएको नैराश्यता अन्त्य गर्न इम्शन आवश्यक हुने बताए। ‘हामी पनि निजी क्षेत्रको हक, हितलाई संरक्षण गर्नेगरी अघि बढेका छौँ’, उनले भने, ‘व्यापार चलेको खण्डमा मिडिया पनि चल्ने हो, हाल व्यापार व्यवसाय ओरालो लागेको अवस्थामा मिडिया पनि दवावमा छन्। व्यापार व्यवसाय बढेसँगै यो अवस्थामा सुधार आउला।’

मल्होत्राले राज्यले देशमा लगानी आओस र उद्योग कलकारखाना खुलुन भनेर कोशिष गरिरहँदा पनि देशकोअहिलेको अवस्थाका कारण उद्योगी व्यवसायीहरु विदेशिनुपर्नेसम्मको अवस्था आएको बताए।

कार्यक्रममा इम्सनका अध्यक्ष रामराजा श्रेष्ठले संचारमाध्यमले पनि निजी क्षेत्रले नाफा कमाउने सोच राख्न नहुने र राज्यले पनि निजी क्षेत्रलाई नियन्त्रणकारी भूमिकाले हेर्न नहुने मान्यता राखेको बताए। ‘राज्यले आफूलाई नियन्त्रणकारी निकायका रुपमा मात्रै प्रस्तुत गर्नुहुन्न र निजी क्षेत्रले जसरी पनि नाफा मात्र कमाउने सोच पाल्नु हुन्न भन्नेमा हामी निश्चिन्त छौँ। राज्यको दिगो विकाशका लागि यहाँहरुकै महत्वपूर्ण भूमिका रहन्छ’, उनले भने, ‘नाफा कमाउँदा हुने गल्तीबापत व्यवसायीलाई जेल हाल्नुहुन्न, बरु गल्तीबमोजिमको जरिवाना गर्नुपर्छ तर पक्रेर जेल हालेर लगानीको वातावरण बिगार्न हुन्न भन्ने मान्यता हाम्रो हो।’

श्रेष्ठले वित्तीय अपराधको सजाय पनि वित्तीय नै हुनुपर्ने निष्कर्ष इम्सनको रहेको बताए।

कार्यक्रममा इम्सनका महासचिव नारायण पौडेलले इम्सनमा आर्थिक क्षेत्रमा कलम चलाउने २६ संचारमाध्यम रहेको र उनिहरुले करिव ४ सय आर्थिक पत्रकारहरुलाई रोजगारी दिइरहेको बताए। तसर्थ इम्सन पनि निजी क्षेत्रझैँ रोजगारदाता संस्था भएको उनको भनाइ थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS