काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालक पदमा पारुल ढकाललाई नियुक्त गरेको छ । उक्त पदमा यस भन्दा अगाडी कमलेश कुमार अग्रवाल थिए । उनले सञ्चालक समितिको निर्वाचन अगाडी स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका थिए ।
पारुल ढकाल भने संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा थिइन् । कम्पनीको चैत २१ गते सम्पन्न भएको साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्तिकुमार गोल्याणलाई निर्विरोध निर्वाचित गरेको थियो ।
सञ्चाक समितिले सोहि दिन गोविन्द लाल संघईलाई अध्यक्षमा मनोनित गरेको थियो । संघईले बीमा समितिका अध्यक्षबाट सपथ ग्रहण पनि गरिसकेका छन् ।
चैत २३ गते साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले पारुल ढकाललाई स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो । उनिहरुको कार्यकाल ४ वर्षको हुनेछ ।