IME Life

निर्जीवन बीमाः मोटर,सम्पत्ति र हवाई बीमाले ओगट्छ ७० प्रतिशत हिस्सा

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा व्यवसायको सत्तरी प्रतिशतभन्दा बढी हिस्सा प्रमुख तीन प्रकारको बीमाले नै ओगटेको छ । मोटर बीमा, सम्पत्ति बीमा र हवाई बीमाबाट हुने आम्दानीमा नै बीमा कम्पनी मुख्यरुपमा निर्भर रहेका छन् ।

बीमा समितिले सार्वजनिक गरेको आवधिक तथ्यांक अनुसार निर्जीवन बीमकले संकलन गरेको कूल बीमाशुल्कमध्ये ५२ प्रतिशत बीमाशुल्क मोटर बीमा र सम्पत्ति बीमावापत प्राप्त भएको छ ।

Prabhu
Crest

बीमा समितिका अनुसार मोटर बीमा वापत फागुन महिनामा १ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो कूल बीमाशुल्क आम्दानीको ३२ प्रतिशत हो । त्यसैगरी सम्पत्ति बीमाबाट ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको छ, जुन कुल बीमाशुल्क आम्दानीको २० प्रतिशत हो ।

निर्जीवन बीमा शुल्क आम्दानीको तेश्रो ठूलो श्रोत हवाई बीमा रहेको छ । चालू आवको फागुनमा कूल बीमाशुल्क आम्दानी ३ अर्ब ४८ करोड रुपैयाँ आम्दानी भएकोमा १७ प्रतिशत बीमाशुल्क हवाई बीमाबाटै संकलन भएको छ । सवारी, सम्पत्ति र हवाई बीमाबाट संकलित बीमाशुल्कले निर्जीवन बीमाको कुल बीमाशुल्क आम्दानीमा ६९ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS