IME Life

१७ वर्षदेखिको शिक्षण पेशा छाडेर पोखराका दामोदर बने सफल अभिकर्ता

SPIL
NIC ASIA

काठमाडौं । करिब १८ वर्षदेखि बीमा अभिकर्ताको रुपमा सक्रिय छन् पोखरा माधिगाउँपालिकाका दामोदर सापकोटा । दैनिक जीवनमा बीमाको आवश्यकता चौतफी बढेसँगै दामोदरको व्यवस्तता पनि बढ्दो छ । कुनै समय मासिक तलबबाट काटिने करलाई जोगाउन बीमा गरेका दामोदर वर्तमान समयमा भने बीमा क्षेत्रमै भविष्य बनाउँदै छन् । हाल उनी कास्की जील्ला, पोखरास्थित नेपाल लाइफको ब्रान्चमा काम गर्दै आइरेहेका छन् ।

Prabhu
Crest

बीमा अभिकर्तामा पूर्णकालिन रुपमा लाग्नु अघि शिक्षण पेशामा संलग्न थिए पोखराका दामोदर । विज्ञान विषयको शिक्षकको रुपमा कार्यरत दामोदर एक समय साथीभाइको लहलहैमा लागेर नेटवर्किङ बिजनेसमा समेत लागेका थिए । शिक्षण पेशामा जमेका उनलाई पेशागत मर्यादाका कारण पनि नेटवर्किङमा जम्न मन लागेन । सोही क्रममा साथीभाइको गाडी दुर्घटना भएको खण्डमा सहयोग गर्ने क्रममा उनलाई बीमा गराउनु भनेको राम्रो रहेछ भन्ने छाप बसेको थियो । तर बीमा कसरी गर्ने र गराउने भन्ने बारे भने अन्योल नै थियो ।

२०६५ सालमा दामोदरले एलआइसी नेपाल लाइफ इन्स्योरेन्सबाट अभिकर्ता कोड लिएका थिए । त्यसो त उनलाई इन्स्योरेन्सबारे निक्कै उत्सुकता थियो । उनको यहि उत्सुकताकै कारण अभिकर्ताको यात्रा तय भएको थियो । केही कुरा आफैले अनुभव गरेपछि अरु व्यक्तिलाई विश्वास दिलाउन सकिने उनको भनाई छ । यसकारण उनले आफू अभिकर्ता बनेपछि पहिलो पटक आफ्नै श्रीमतिको बीमा गराएका थिए । अभिकर्ताको पहिलो वर्षलाई उनले परिक्षण समयको रुपमा राखेका थिए । सोही क्रममा आफ्नो र श्रीमतिको नामबाट कर्जा लिएका थिए । यसका साथै भइपरिआउने दुर्घटना बापत रकम भूक्तानी समेत पाएपछि उनलाई बीमा क्षेत्रमै लागि पर्न थप उर्जा मिलेको उनी बताउँछन् ।

बीमा गरेपछि स्वयम आफैले लिएको अनुभव विद्यालयका सहकर्मीसँग बाँडेपछि उनले एकै दिन ६५ जना शिक्षकहरुको बीमा गराएका थिए । यसरी बीमा गराउँदा विद्यालयबाट प्राप्त हुने मासिक तलबको कर समेत जोगिने भएपछि एउटै विद्यालयका शिक्षकहरुले एकै पटक आफूसँग बीमा गराएको उनी बताउँछन् । यसरी उनले आफ्नो बीमा अभिकर्ताको यात्रालाई थप फराकिलो बनाउने सुनौलो मौका पाएका थिए । प्रत्येक दिन बढ्दै गएको उनको बीमाको दायराले २०६८ सालमा ब्रान्च म्यनेजरसम्म पुर्यायो । उनले लगातार ०६८ देखि ०७१ सम्म धौलागिरि अञ्चलबाट ब्रान्च म्यानेजरको रुपमा काम गरेका थिए । साथै उनी नेपाल लाइफबाट अभिकर्ता संघ पोखराका शाखा सचिवको रुपमा समेत रहेका थिए । २०७७ मा भने नेपाल लाइफले उनलाई टप ५० को सम्मान प्रदान गरेको उनले बताए ।

१७ वर्षदेखि गर्दै आएको शिक्षण पेशा हाल भने अनौपचारिक कक्षाहरुमै सिमित बनेको छ उनको । विज्ञान विषयको शिक्षक भएकोले सामान्यतया उनले राम्रै आम्दानी गर्दथे । तर अभिकर्ता पेशालाई प्राथमिकतामा राखेर काम गर्न थालेपछि कमाई राम्रो हुन थाल्यो । फलस्वरुप उनले अभिकर्ता पेशालाई नै आफ्नो जागिरको रुपमा अंगालेको उनी बताउँछन् ।

अभिकर्ता पेशामा संलग्न भएको करिब १८ वर्ष वित्न लाग्यो । तर उनले कहिल्यै पनि आफन्तलाई फोर्स गरेनन् । पैसाको कुरामा आफन्तसँग लेनदेन गर्नु खासै उचित लाग्दैन उनलाई । यद्यपी उनको काम गर्ने शैलिका कारण आफन्तहरु बीमा गराइदिन उनी समक्ष आउने गरेको उनको भनाई छ । उनको अनुभवमा गाउँबस्तिमा अझै पनि कम्पनीलाई भन्दा अभिकर्तालाई विश्वास गरेर बीमा गराउने गर्छन् । यसकारण पनि अभिकर्ताले आफ्नो पेशाप्रति इमान्दारिता देखाउनुपर्ने उनको भनाई छ ।

उनी हाल एजेन्सीको रुपमा सक्रिय छन् । उनको धेरैभन्दा धेरै अभिकर्ता बनाउने योजना रहेको छ । सापकोटाले करिब ७ सयभन्दा बढीलाई अभिकर्ता बनाइसेकका छन् । त्यसमध्ये करिब ४ सयजनाले भने सक्रिय रुपमा काम गर्दै आइरहेका छन् । उनले बीमा अभिकर्ता यात्रा सु्रु गरेदेखि हालसम्म करिब ३ हजारभन्दा बढी पोलिसी बिक्री गरिसकेका छन् । बार्षिक रुपमा लगभग २५ लाख रुपैयाँ प्रिमियम संकलन गर्दै आएका सापकोटाको मासिक एक लाखभन्दा बढी कमाई हुने गरेको छ ।

अभिकर्ता पेशा जोकोहीले गर्न सक्ने पेशा हो जस्तो लाग्दैन उनलाई । तर समय दिएर काम गर्ने हो भने काम सुरु गरेको दुई वर्ष गाह्रो हुने तीन वर्षबाट भने सहजता आउने उनको अनुभव छ । जीवन बीमाले जीवनमा भइपरिआउने जोखिमलाई न्यूनिकरण गर्न सहज बनाउने भएकोले उनी यो पेशालाई समाज सेवाको रुपमा लिने गर्दछन् । तर नेपाली समाजमा अझै पनि बीमा बारे राम्रो जानकारी दिन नसक्दा धेरै मान्छे बीमाको सेवाबाट वञ्चित हुने गरेका छन् । यसका लागि प्रत्येक गाउँ बस्तीमा बीमा सचेतना कार्यक्रम गर्न आवश्यक रहेको उनी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS