काठमाडौं । नयाँ वर्ष २०७९ सालमा बैंक वित्तीय संस्थाका कर्मचारीहरुले शनिवार बाहेक चावपर्व मनाउनका लागि अधिकतम ४४ दिनसम्म विदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७९ सालमा तय गरेको चाडपर्व विदामा सबैभन्दा लामो विदा दैशमा ६ दिन र तिहारमा ५ दिनसम्म रहेको छ ।
बैंकका कर्मचारिले दशैमा फुलपातीदेखि द्धादशीसम्म विदा पाउने छन् अर्थात असोज १६ गतेदेखि २१ गतेसम्म विदा पाउने भएका छन् । त्यस्तै तिहारका कर्मचारिले कार्तिक ७ गतेदेखि ११ गतेसम्म विदा पाउने छन् ।
बैंकका कर्मचारीले नयाँ वर्षको पहिलो दिनमै विदा पाउने छन् । नयाँ वर्षसहित यस वर्षमा कर्मचारीहरुले ३४ वटा विदा पाउने छन् । तर सबैमा सबैले भने पाउने छैनन् । कतिपय विदा जात धर्म र क्षेत्र विशेषका कर्मचारीहरुले पाउने छन् ।