IME Life

वोमी लघुवित्त ११औं वर्षमा प्रवेश, ४२ जिल्लामा सेवा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको १० वर्ष सफलतापुर्वक पार गरेको छ । कम्पनीले यस अवधिसम्ममा आफ्नो सेवा विस्तारलाई दरिलो बनाउँदै ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवधिसम्ममा कम्पनीले ८९ वटा शाखा विस्तार गरी आफ्नो उपस्थितीलाई ६ वटा प्रदेशमा विस्तार गरिसकेको छ भने ४२ वटा जिल्लामा सेवा पुर्याएको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीले ८९ हजार ९४९ जना ग्राहकवर्गहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा कम्पनीको लगानीमा रहेको कर्जा ५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । बचत रकम २ अर्ब १४ करोड रहेको छ भने यस कम्पनीले ५२९ जनालाई रोजगारी प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले निरन्तर सल्लाह सहयोग र उत्प्रेरण दिने नियामक निकाय, सेवाग्राही, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने संघ संस्थाहरु शेयरधनी, संस्थामा कार्यरत कर्मचारीप्रति कम्पनीले कृतज्ञता प्रदान गरेको छ ।

साथै लघुवित्त सेवाका माध्यमबाट गरिबी न्युनीकरणमा योगदान गर्ने मुल उद्देश्यका साथ केन्द्रीत भई सेवा प्रवाह गर्ने प्रतिवद्धता रहेको कम्पनीले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS