IME Life

तरलता अभावको असर निर्जीवन बीमा व्यवसायमा, पुसको तुलनामा माघमा २५ प्रतिशतले खस्कियो

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुको तरलता अभावको प्रभाव अर्थतन्त्रमा देखिन थाले सँगै निर्जीवन बीमा व्यवसायमा पनि पर्न थालेको छ । यसका साथै मंसिर, पुस र माघ महिनामा कोभिड १९ को संक्रमणको बढ्दो प्रभावले निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जनमा असर पुर्याएको छ ।

पुस महिनाको तुलनामा माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २५.७२ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा सबैभन्दा धेरै इन्जिनियरिङ बीमामा गिरावट आएको छ । इन्जिनियरिङ बीमाको मात्रै ८७.२२ प्रतिशतले घटेर ८ करोड ३७ लाख रुपैयाँमा खुम्चिएको छ ।

Prabhu
Crest

त्यस्तै हवाई बीमा ५० प्रतिशतले घटेको छ । निर्जीवन बीमा कम्पनीले माघ महिनामा हवाई बीमा बापत ६ करोड ८९ लाख रुपैयाँ आर्जन गरेका छन् । प्रतिशतका हिसावले इन्जिनियरिङ र हवाई बीमामा धेरै गिरावट देखिए पनि रकमका हिसावले मोटर बीमामा गिरावट आएको छ ।

पुसको तुलनामा माघ महिनामा मोटर बीमा बापतको बीमा शुल्क ३८ करोड १२ लाख रुपैयाँले घटेको छ । पुस महिनामा निर्जीवन बीमा कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा माघ महिनामा एक अर्ब ७ करोड रुपैयाँ मात्रै आर्जन गरेका छन् ।

बीमा समितिले इन्जिनियरिङ तथा नन ट्यारिफ व्यवसायमा बीमा शुल्क निर्धारण गरिदिए पनि बीमा शुल्क आर्जनमा भने गिरावट आएको छ । यस्तो बीमा शुल्क ठेक्का प्रकृयाँ अगाडी बढ्ने क्रममा बढ्ने गर्छ । तर माघ महिनामा राजनीतिक अस्थिरताका कारण कतिपय ठेक्कापठ्ठा रोकिएकाले पनि यस्तो बीमा शुल्क आर्जनमा गिरावट आएको हो ।

हवाई, मोटर, इन्जिनियरिङ, विविध र कृषि तथा बाली बीमाको व्यवसायमा गिरावट देखिए पनि सम्पत्ती बीमा, सामुन्द्रिक बीमा र लघु बीमा व्यवसाय भने बढेको छ । निर्जीवन बीमा कम्पनीले सम्पत्ती बीमा बापत ८९ करोड २७ लाख रुपैयाँ आर्जन गरेका छन् । बैंकले घर धितोमा राखेर कर्जा दिदा सम्पत्ती बीमा अनिवार्य गरेकाले पनि यस्तो बीमा शुल्क बढेको हो । अर्को तर्फ विदेशबाट सामान आयात बढेकाले सामुन्द्रिक बीमा शुल्क बढेको छ । कम्पनीहरुले माघ महिनामा मात्रै १५ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । लघु बीमामा भने सामान्य सुधार भएको छ । लघु बीमा बापत ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS