IME Life

नेष्डो समृद्ध लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने

SPIL
NIC ASIA

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी भोलि दिउँसो १ बजेदेखि ३ः ३० बजेसम्म बाँडफाँडको तयारी गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आइपीओ बाँडफाँड यलो पेगोडा होटल जमलमा हुने जनाएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जना आवेदकले ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन दिएका हुन् । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारण समुहको ८ लाख २८ हजार ७५० कित्ता प्राथमिक शेयर विक्री गरेको हो । सर्वसाधारण समुहको उक्त शेयर मध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

सर्वसाधारणले प्रति कित्ता १०० रुपैयाँको दरमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिने व्यवस्था थियो । संस्थाको आइपिओ ७७ हजार ४५० जनाले १०/१० कित्ता पाउने छन् भने उनिहरु मध्येकै भाग्यशाली ६ जनाले थप एक कित्ता पाउने छन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । सर्वसाधारण समुहको शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्ने छ । जस मध्ये संस्थापम समुह तर्फ ६७.५० प्रतिशत र सर्वसाधारण समुह तर्फ ३२.५० प्रतिशत हिस्सा हुनेछ । संस्थाको प्रमुख शेयरधनीहरुमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, प्रभु बैंक रहेका छन् ।

पर्वत कुश्मामा केन्द्रिय कार्यालय रहेको नेष्डोको ५६ वटा शाखा कार्यालय रहेका छन् । संस्थाको प्रतिशेयर नेटवर्थ ३५२ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS