IME Life

निर्जीवन बीमा कम्पनी मध्ये ११ ले घोषणा गरे लाभांश, अझै ५ वटाको बाँकी: कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । दोस्रो बजारमा सूचिकृत १८ निर्जीवन बीमा कम्पनी मध्ये ११ वटाले लाभांश घोषणा गरेका छन् । दुई वटाले लाभांश नदिइ साधारणसभा सम्पन्न गरिसकेका छन् भने बाँकी ५ वटा कम्पनीहरुले लाभांश घोषणा गर्न बाँकी छ ।

अझै शिखर इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छैनन् । यि मध्ये जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गर्न सम्भावना एकदमै न्युन छ । जनरल सँगै निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेका दुई कम्पनीले लाभांश नदिएकाले यस कम्पनीले पनि लाभांश दिने सम्भावना कम छ ।

Prabhu
Crest

शिखर इन्स्योरेन्सले बीमा समितिमा लेखापरीक्षण प्रतिवेदन बुझाइसकोले बीमा समितिको स्विकृतिको प्रतिक्षामा छ । राष्ट्रिय बीमा कम्पनीले अझै ७/८ वर्षदेखिको लेखापरीक्षण प्रतिवेदन तयार पार्न बाँकी छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति हुन नसक्दा लेखापरीक्षणको काम प्रभावित भएको छ ।

हालसम्म सानिमा, अजोड र प्रिमियरले साधारणसभा सम्पन्न गरेका छन् । हिमालयन जनरलले फागुन ३० गते साधारणसभा गर्दैछ । अझै पनि दोस्रो बजारबाट शेयर खरिद गर्ने ९ वटा निर्जीवन बीमा कम्पनीको लाभांश पाउन सकिनेछ ।

अहिलेसम्म लाभांश घोषणा गर्ने मध्ये सबैभन्दा धेरै सगरमाथा इन्स्योरेन्सले २१.०५ प्रतिशत दिदैछ । यस वर्ष बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांशमा रोक लगाए सँगै सबैले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन् । सबैले बोनस शेयर दिने भएकाले यस पटक शेयरधनीहरु लाभांवित हुनेछन् । नेशनल र ओरिएण्टल भारतीय बीमा कम्पनीको शाखा भएकाले लाभांश दिदैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS