IME Life

मोटर बीमामा टिकेको निर्जीवन बीमा व्यवसाय, लघु बीमाको छैन बजार

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसाय लगभग मोटर बीमाकै भरमा टिकेको छ । पुस महिनामा तीन अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा मोटर बीमाबाट मात्रै एक अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेका छन् । जसको बजार हिस्सा ३९.५४ प्रतिशत रहेको छ ।

बागमति प्रदेशबाट मात्रै बीमा कम्पनीहरुले मोटर बीमा मार्फत ९३ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अन्य प्रदेशमा हेर्ने हो भने लुम्बिनी प्रदेशबाट १३ करोड ५३ लाख, प्रदेश एकबाट १२ करोड १८ लाख, गण्डकी प्रदेशबाट १० करोड ४३ लाख, मधेस प्रदेशबाट ९ करोड १८ लाख, सुदुरपश्चिम प्रदेशबाट ४ करोड ५७ लाख र कर्णाली प्रदेशबाट एक करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

 

 

अन्य पोर्टफेलियो हेर्ने हो भने इन्जिनियरिङको बजार हिस्सा १७.८५ प्रतिशत छ । एक महिनामा बीमा कम्पनीहरुले इन्जिनियरिङ मार्फत ६५ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । बीमा समितिले इन्जिनियरिङ अन्तर्गतका कतिपय नन ट्यारिफ विजनेसलाई न्युनतम दर निर्धारण गरिदिएको छ । यसले गर्दा पनि यसको पोर्टफेलियो बढेको हो ।

सम्पत्ती बीमाको बजार हिस्सा १८.५९ प्रतिशत छ । बीमा कम्पनीहरुले सम्पत्ती बीमा बापत ६८ करोड २६ लाख रुपैयाँ संकलन गरेका छन् । बैंक वित्तीय संस्थाले घर कर्जा प्रवाह गर्दा बीमालाई अनिवार्य गरेकाले पनि सम्पत्ती बीमा बढेको हो । सामुद्रिक बीमा बापत पनि बीमा कम्पनीहरुले १५ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा कम्पनीहरुले अलिकति पनि जोखिम बहन नगर्ने हवाई बीमा बापत १३ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हवाई बीमाको बजार हिस्सा ३.७७ प्रतिशत रहेको छ । विविध अन्तर्गतका अन्य बीमाको बजार हिस्सा १०.२९ प्रतिशत छ । यसबापत कम्पनीहरुले ३७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ ।

नेपाल सरकारले सबैभन्दा धेरै अनुदान दिएको बीमा क्षेत्र कृषि तथा बालि बीमाको बजार हिस्सा भने ५.७४ प्रतिशत मात्रै छ । राज्यले बीमा शुल्कमा अनुदान दिदा पनि बीमा कम्पनीहरुले यस बापत पुस महिनामा मात्रै २१ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

अर्को लघु बीमाको बजार हिस्सा जम्मा ०.११ प्रतिशत छ । यति सानो बजार हिस्सा भएको व्यवसायका लागि बीमा समितिले छुट्टै बीमा कम्पनीको परिकल्पना गरिरहेको छ । यस्तो व्यवसाय मार्फत निर्जीवन बीमा कम्पनीहरुले ३९ लाख ८६ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS