IME Life

निर्जीवन बीमा कम्पनीहरु सँग ७ खर्ब ९७ अर्ब रुपैयाँको दायित्व, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले पुस महिनामै २ लाख ६१ हजार ६८७ वटा पोलिसी बिक्री गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अर्थात पुस मसान्तसम्ममा भने कम्पनीहरुले १४ लाख ८५ हजार वटा पोलिसी बिक्री गरेका छन् ।

बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले उक्त पोलिसी मार्फत ७ खर्ब ९७ अर्ब रुपैयाँको दायित्व बोकेका छन् । अर्थात बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ वटा पोलिसीको बीमाङ्क रकम मात्रै ७ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ ।

Prabhu
Crest

उक्त जोखिम लिए बापत निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १९ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । पुस मसान्तसम्ममा सबैभन्दा धेरै जोखिम नेपाल इन्स्योरेन्स कम्पनीको ८० अर्ब ३३ करोड रुपैयाँको छ । जवकी उक्त जोखिम लिए बापतको बीमा शुल्क आर्जन भने ७९ करोड ७९ लाख रुपैयाँ मात्रै रहेको छ ।

सर्वाधिक धेरै बीमा शुल्क आर्जन गरेको शिखर इन्स्योरेन्स कम्पनीको दायित्व भने ७६ अर्ब १८ करोड रुपैयाँको दायित्व रहेको छ । शिखरले पुस मसान्तसम्ममा एक लाख ३१ हजार वटा पोलिसी बिक्री गरेर २ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो धेरै बीमा शुल्क आर्जन गर्ने सगरमाथा इन्स्योरेन्स कम्पनीको बीमाङ्क रकम भने जम्मा ६१ अर्ब ६४ करोड रुपैयाँको छ । त्यस्तै तेस्रो धेरै बीमा शुल्क आर्जन गर्ने नेको इन्स्योरेन्स कम्पनीको दायित्व भने तेस्रो नम्बरमै छ । कम्पनीले एक अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक लाख ४७ हजार वटा पोलिसी बिक्री गरेर ७४ अर्ब ५५ करोड रुपैयाँको दायित्व बहन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS