IME Life

कफी खेती बीमालेख जारी, बीमा शुल्क बीमाङ्कको ५ प्रतिशत

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कफी खेती बीमालेख जारी गरेको छ । यो बीमालेख बीमितले बीमा शुल्क भुक्तानी गरेपछि मात्रै लागु हुनेछ । कृषकहरुले यो बीमालेख आगोबाट क्षति पुगेमा, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसम जन्य क्षति, चट्याङ्जन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणले हुने क्षति, रोग तथा किराजन्य क्षतिको क्षतिपुर्ती पाउने छन् ।

यदि कफी कृषक अर्थात बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमा कम्पनीले बीमाङ्कको अतिरिक्त दुर्घटना बीमाबापत दुई लाख रुपैयाँको दाबी तिर्नु पर्नेछ । तर कफी खेतीबाट भएको क्षतिको कारणबाट हुने अन्य अप्रत्यक्ष क्षतिको भने दाबी पाइदैन । अधिकारप्राप्त निकायको आदेशबाट कफी खेती नष्ट गरिएमा पनि बीमा बापतको क्षतिपुर्ती पाइदैन । बिकिरणयुक्त पदार्थ वा विकिरणयुक्त फोहोरको संसर्गबाट क्षति भएमा पनि दाबी पाइदैन । आणविक, रासायतिक तथा जैविक आम विनासकारी हतियारको प्रयोगबाट क्षति भएमा पनि दाबी पाइदैन । युद्ध वा युद्ध सरहको अवस्थामा पनि यो बीमालेख बापत दाबी पाइदैन । यसबाहेक बीमा गरिएको बस्तु हराएमा वा चोरी भएमा, बीमितिले जानाजान लापरबाही गरी कफी खेतिमा क्षति पुर्याएमा दाबी पाइदैन ।

Prabhu
Crest

यदि बीमितिले बीमालेखको शर्त उल्लंघन गरेका खण्डमा यो बीमालेख रद्द हुने अवस्था रहनेछ । त्यस्तै बीमाको मूलभूत विवरण ढाँटेको वा गलत ढंगले उल्लेख गरेको, बीमा गरेको बस्तुलाई उचित स्याहार सम्भार नगरी गम्भिर लापरबाही गरेमा पनि बीमालेख रद्द हुनेछ । यो बीमालेख जारी गर्दा जोखिम अवधि प्रष्ट सँग खुलाएर मात्रै मिति तय गर्नु पर्नेछ । एकै क्षेत्रफलमा लगाइएको कफी खेतिको आंशिक रुपमा बीमा गर्न नपाइने व्यवस्था गरिएको छ ।

यस बीमालेख अन्तर्गत कफीको उत्पादन चेरी तथा बोट दुबैको बीमा गर्न सकिनेछ । कफीको बोटको बीमा गर्दा बोटको सँख्या र बोटको मूल्यलाई गुणा गरी बीमाङ्क रकम निर्धाण गर्न सकिन्छ । त्यस्तै चेरीको बीमा गर्दा बोनटको संख्या, चेरीको सम्भावित संख्या र चेरीको प्रति मूल्यलाई गुणा गरी बीमाङ्क रकम निकाल्न सकिन्छ । बोट तथा दुबैको पनि बीमा गर्न सकिन्छ । यसरी बीमाङ्क रकम निर्धाण भए पछि उक्त बीमाङ्क रकमको न्युनतम पनि ५ प्रतिशतका दरले बीमाशुल्क निर्धाण गर्न सकिन्छ । यसका अतिरिक्त बीमितको दुर्घटना बीमा बापत ५०० रुपैयाँ थप बीमा शुल्क भुक्तानी गर्नु पर्छ । यो बीमालेखमा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिने भएकाले बीमाशुल्कको २० प्रतिशत मात्रै कृषकले भुक्तानी गरे पुग्नेछ ।

Coffee-Insurance-Policy-2078

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS