IME Life New

एक्चुअरी अध्ययन गरिरहेकालाई बीमा समितिमा रोजगारीको अवसर, ‘कम्तिमा तीन पेपर उर्तिण गरे पुग्ने’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले एक्चुअरी अध्ययन गरिरहेका दुई जनालाई ट्रेनी एक्चुअरी ‘बीमाङ्की’मा नियुक्तिका लागि आवेदन खुला गरेको छ । अधिकृत स्तरको तहमा करार अवधिका लागि नियुक्ति गरिने समितिले जनाएको छ । यस पदमा नियुक्तिका लागि रोष्टर तयार पार्ने भएकाले आजको ७ दिन भित्रमा योग्यता पुगेका व्यक्तिहरुले आवेदन दिन सक्ने छन् ।

गणित विज्ञान, तथ्याङ्क शास्त्र, बीमाङ्कीय विज्ञान, अर्थशास्त्र, वित्त वा सो सरहको विषयमा स्नातक तह उत्तीर्ण गरी रेपुटेवल एक्चुरियल एशोसिएसन इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्चुअरिज युके, सोसाइटि अफ एक्चुअरी युएसए, इन्स्टिच्युट  अफ एक्चुअरिज इन्डिया लगायतका एक्चुरियल एशोसिएसनले लिने प्रोफेसनल परीक्षामा कम्तिमा तीन वटा एक्चुरियल प्रोफेसनल पेपर उर्तीर्ण गरेको हुनु पर्नेछ । माथिको योग्यता पुगेका व्यक्तिले अवको सात दिन भित्रमा आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

बीमा समितिले आन्तरिक रुपमा बीमा कम्पनीहरुको एक्चुरियल प्रतिवेदन निरिक्षण गर्नका लागि नियुक्त गर्न थालेको हो । एक्चुअरीको अभावमा बीमा कम्पनीहरुको रिपोर्ट पास हुन ढिला हुने गरेको छ । बीमा समितिकै एक्चुअरीले समयमा प्रतिवेदन नहेरिदिदा यस्तो समस्या भएको हो । यदि सेमी एक्चुअरीबाट कम्पनीहरुको प्रतिवेदन हेर्न सकियो भने बीमा समितिले पहिला अध्ययन गरेर मात्रै एक्चुअरीलाई पठाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS