IME Life

निर्जीवन बीमा कम्पनीहरुलाई पनि एक्चुरियल मूल्याङ्कन अनिवार्य, ५ कम्पनीले प्रक्रिया अगाडी बढाए

SPIL
NIC ASIA

काठमाडौं । एनएफआरएस प्रणाली कार्यान्वयनमा आए सँगै निर्जीवन बीमा कम्पनीहरुलाई पनि एक्चुरियल मूल्याङकन अनिवार्य गरिएको छ । पुरानो नियम अनुसार निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरण पेश गर्नु अगाडी एक्चुरियल मूल्याङ्कनलाई अनिवार्य गरिएको थिएन । जसमा बीमा समितिले तोकेअनुसार प्रभोजनिङ गरेपछि लेखापरिक्षण प्रतिवेदन तयार पार्न पाइन्थ्यो ।

तर एनएफआरएसको कार्यान्वयन सँगै दायित्व परिक्षण गर्नै पर्ने व्यवस्था छ । यसका लागि एक्चुरियले जति दायित्व निकालिदिन्छ त्यति नै वित्तीय विवरणमा उल्लेख गर्नु पर्ने हुन्छ । त्यसैले गर्दा बीमा कम्पनीहरुले लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण तयार पार्नु अगाडी एक्चुरियल मूल्याङ्कन गर्नै पर्ने भएको हो ।

Prabhu
Crest

यसका लागि सबैभन्दा पहिला बीमा कम्पनीहरुले आन्तरिक रुपमा वित्तीय विवरण तयार पार्नु पर्छ । अहिलेसम्म ४ वटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण तयार पारेर एक्चुरियल मूल्याङ्कनका लागि शैद्धन्तिक स्वीकृति लिएका छन् । एउटा कम्पनीले भर्खरै निवेदन दिएकोले स्वीकृति पाउन बाँकी छ ।

बीमा समतिका अनुसार अहिलेसम्म एनएलजी इन्स्योरेन्स कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले समितिबाट शैद्धान्तिक स्वीकृति पाइसकेका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने भर्खरै निवेदन दिएकाले स्वीकृति पाउन बाँकी छ । अझै १५ वटा कम्पनीले आन्तरिक रुपमा वित्तीय विवरण तयार पारिसकेका छैनन् । उनिहरुले एक्चुरियल मूल्याङ्कनका लागि बीमा समितिबाट शैद्धान्तिक स्वीकृति लिनु पर्ने हुन्छ । यसले गर्दा निर्जीवन बीमा कम्पनीहरुको पनि साधारणसभामा ढिलाइ हुने देखिएको छ ।

शैद्धान्तिक स्वीकृतिका लागि पेश गरेका वित्तीय विवरणमा पनि केहि कैफियत भेटिएमा बीमा समितिले सच्याउन निर्देशन दिने गर्छ । कम्पनी आफैले समयमा वित्तीय विवरण तयार नपार्दा बीमा समिति र एक्चुरीको कारणले ढिला भएको भन्दै बहाना बनाउने गरेका छन् । बैंक वित्तीय संस्था प्रायः सबैले अहिलेसम्ममा वित्तीय विवरण तयार पारेर नेपाल राष्ट्र बैंकमा पेश गरिसकेका छन् । तर बीमा कम्पनीहरु भने निर्धक्क सँग कानमा तेल हालेर सुतेर बसिरहेका छन् ।

यदि बीमा कम्पनीहरु आफैले आर्थिक वर्ष सकिने वित्तीकै वित्तीय विवरण तयार पार्न तिर लाग्ने र समयमै भ्यालुएसनका लागि प्रकृयाँ अगाडी बढाउने हो भने ३ देखि ६ महिना भित्रमा सम्पुर्ण बीमा कम्पनीहरुले साधारणसभा सम्पन्न गर्न सक्छन् । बीमा समितिबाट भर्खरै शैद्धान्तिक स्वीकृतीका लागि प्रकृयाँका अगाडी बढाएका निर्जीवन बीमा कम्पनीले अझै केहि समय यहि प्रकृयाँमा अल्झिने देखिन्छ ।

एक्चुरियल मूल्याङ्कन पछि मात्रै निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा सुरु गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS