IME Life

आजसम्म शेयर किन्नेले साधना लघुवित्तको २६% लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले आज कात्तिक २ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले पाँचौं वार्षिक साधारण सभा कात्तिक १३ गते हुने भएको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे शुरु छ ।

Prabhu
Crest

सभामा २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।

त्यसैगरी संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS