IME Life

लगानीकर्ता र नियामक विच इन्डेक्स वार, ‘नियामक चाहन्छ २५०० लगानीकर्ता खोज्छन् ३५००’

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा केहि समयदेखि लगानीकर्ता र नियामक विच ‘इन्डेक्स वार’ चलिरहेको छ । नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति र विद्युत नियमन आयोगहरु शेयर बजार अस्वभाविक सुधार भएको भन्दै  ‘डिस्करेज’ गर्ने नीति अख्तियार गरिरहेका छन् । तर लगानीकर्ताहरु शेयर बजार बुलिस ट्रेण्डमा रहेको भन्दै यसलाई स्वभाविक रुपमा लिइदिन अनुरोध गर्दै आइरहेका छन् ।

नेप्से सूचक २५ सय अंक नाघ्ने वित्तीकै नियामक निकायहरुको प्रारम्भिक बुझाइ ‘बजार धेरै बढ्यो’ भन्ने थियो । नेपाल धितोपत्र बोर्डले गत असार एक गते ५१ वटा कम्पनीको नाम नै तोकेर उक्त कम्पनीहरुमा लगानी गर्दा अत्याधिक जोखिम भएको भन्दै प्रेस विज्ञप्ती नै जारी गर्यो । यो विज्ञप्तीले शेयर बजारमा ठुलो हलचल मच्चायो । कम्पनीको नाम नै किटेर सार्वजनिक गर्दा बोर्डले आर्थिक अपराध गरेको भन्दै आलोचनासम्म भयो । बजार धेरै नै माथि पुगिसकेको र लगानीकर्ता जुनसुकै समयमा फस्न सक्ने भन्दै सचेत गराउनु बोर्डको कर्तव्य भए पनि कार्यशैलीका कारण आलोचित हुन पुग्यो । तर बोर्डको त्यतिवेलाको कदम बजारलाई केहि तल झार्ने नियत थियो ।

Prabhu
Crest

त्यस्तै नेपाल राष्ट्र बैंकले जेठ ४ गते मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको मूल्याङ्कन अवधिलाई बढाइदियो । बजार धेरै नै बढिरहेको मूल्याङ्कन सहित राष्ट्र बैंकले ‘डिस्करेज’ गर्ने मनासयका साथ १२० दिनको औषत मूल्यलाई घटाएर १८० दिनमा झारेको थियो । तर यस नियमले बजारलाई खासै असर  गरेन ।

विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुले दिर्घकालिन कर्जा तिर्नका लागि तथा अन्य जलविद्युत कम्पनीमा लगानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्ने पाउने किसिमको निर्देशिकाको मस्यौदा सार्वजनिक गर्यो । यो मस्यौदालाई लिएर नेपाल धितोपत्र बोर्डले असहमति जनाउदै आएको थियो । यस्तो कदमले जलविद्युतको शेयरमा उछाल आए पछि आयोगले भदौ पहिलो साता मस्यौदा अनुसार निर्देशिका नआउने भन्दै लगानीकर्तालाई सचेत गरायो । त्यस पछि तिव्र रुपमा उचालिएको जलविद्युत कम्पनीको शेयर मूल्यमा ब्रेक लाग्यो ।

अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनको जानकारी सार्वजनिक गर्नु अगाडि नै सूचना चुहाए पछि चर्को विरोध गर्यो । उक्त विरोध पछि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस वर्ष कुनै पनि बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन नै गर्न नदिने घोषणा गरिदिए । उनको यस्तो घोषणाले अन्य कम्पनीहरुको शेयरमा उछाल आउदा पनि बीमा कम्पनीहरुको शेयर बढ्न सकेन । सिलवालको निष्कर्ष थियो, बीमा कम्पनीहरुका सञ्चालक तथा लगानीकर्ताहरुले बीमा व्यवसाय विस्तारमा भन्दा धेरै शेयर बजारबाट अत्याधिक लाभ लिनका लागि अनावस्यक रुपमा हकप्रद शेयर निष्काशन गर्न थाले । उनको कदमले बीमा कम्पनीको शेयर मूल्य बढ्नमा ब्रेक लगायो ।

जस्ता सुकै निर्देशन जारी हुँदा पनि बजार बढिरहे पछि नेपाल राष्ट्र बैंकले गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयरधितो कर्जामा कडाइ गर्ने नीति लियो । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत एक व्यक्ति, फर्म वा कम्पनीले १२ करोड रुपैयाँ भन्दा शेयर धितो कर्जा लिन नपाउने अझ यो सिमालाई एकाघरका सदश्यहरुमा सिमित गरियो ।

१२ करोड रुपैयाँ भन्दा धेरै शेयरधितो कर्जा लिने लगानीकर्ता संख्यात्मक रुपमा धेरै छैनन्  तर जसले लिएका छन् उनिहरु शेयर बजारका ठुला खेलाडी हुन् । राष्ट्र बैंकलाई यस नीतिले बजार तल झार्न मद्दत गर्ने राम्रो हेक्का थियो । नभन्दै बजारको बढ्दो क्रमलाई यहि नीतिले काम गर्यो । फल स्वरुप यस अवधिमा झण्डै ४०० अंकले सूचक तल झरिसकेको छ ।

लगानीकर्ताले अहिलेको कम्तिमा पनि ३५०० अंक पुग्ने आकलन गरेका थिए । तर नियामकहरु २५०० भन्दा माथि जाने वित्तीकै आत्तीन थालिसकेका थिए । यसै अवधिमा नियामक र लगानीकर्ताको वार प्रष्ट देखिन्छ । जव जव नियामकहरु बजारलाई डिस्करेज गराउने नीति ल्याउछन् तव तव लगानीकर्ताहरु उनिहरु भन्दा पनि माथिल्लो निकाय अर्थमन्त्रालय धाउछन् । कतिपयले यस अवधिमा अर्थमन्त्री जनार्दन शर्मादेखि लिएर शेर बहादुर देउवालाई समेत भेट्न भ्याइसकेका छन् ।

मौद्रिक नीतिको व्यवस्थालाई परिवर्तन गरिदिनु पर्ने माग सहित लगानीकर्ता पटक पटक अर्थमन्त्री समक्ष पुगे । अर्थमन्त्रीले भेट्ने वित्तीकै राष्ट्र बैंकको उक्त कदमले बजारलाई असर गरेका खण्डमा फिर्ता लिन तयार भएको भन्दै आस्वासन पनि पारे । अर्थमन्त्रीको उक्त अभिव्यक्तीलाई सार्वजनिक गर्दै बजार बढाउन प्रयत्न पनि भयो । राष्ट्र बैंकको कदमले एक दुई सय अंक तल झर्दै गर्दा अर्थमन्त्रीको अभिव्यक्ति सार्वजनिक गरेर एक दुई सय अंक बढाउनुले नियामक र लगानीकर्ताहरु विचको इन्डेक्स वारलाई प्रस्ट सँग ठम्याउन सकिन्छ ।

तर अर्थमन्त्रीले आफुले बोलेको पुरा गर्न सकेनन् । अर्थमन्त्री र गभर्नरले आफ्नो कुरा नसुनेको भन्दै लगानीकर्ताहरु हिजोदेखि नेपाल स्टक एक्सचेन्ज अगाडि आमरण अनसन बसिरहेका छन् । उनिहरुले गभर्नर महाप्रसाद अधिकारी र आस्वासन मात्रै दिने अर्थमन्त्री शर्माको बर्खास्तको माग गर्दै आन्दोलन नै सुरु गरिरहेका छन् ।

बजार बढ्न र घट्नु यसको विशेषता हो । तर जवजस्ती बढाउन खोज्नु र जवरजस्ती घटाउन खोज्नु आफैमा अस्वभाविक छ । बजार धेरै बढ्यो भने सचेत गराउनु नियामकको दायित्व हो । तर खुला अर्थतन्त्रमा बजार नियन्त्रण गर्न खोज्नु चाहि स्वभाविक हुँदैन । दोस्रो बजार जोखिम बहन गर्ने सक्नेहरुका लागि हो । जसले जखिम बहन गर्न सक्दैन उनिहरुले लगानी गर्नु हुँदैन । यसो भन्दै गर्दा सरकारले वा नियामकले बढ्दो बजारबाट अरुले कमाए भन्दै नियोजित रुपमा नीति अख्तियार गर्नु आफैमा आर्थिक अपराध हो ।

यि दुई पक्षको बल जोडका कारण नेप्से सूचक २८ सयको हाराहारीमा आएर रोकिएको छ । ३२ सय पुगेर तल झरेको नेप्से अहिले २८१२ अंकमा छ । यस अवधिमा झण्डै ४ सय अंकले बजार तल झरेको छ । लगानीकर्ताहरु नियामकलाई गलाउन आमरण अनसन बसिरहेका छन् । नियामक तर्साउन बजार घटाउन पनि सक्ने र उनिहरुले चाहेको खण्डमा बजार सुधार गर्न पनि सक्ने अहिलेको अवस्थाले दुई पक्षमा गतिलै तछाडमछाड देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS