IME Life

राम्रो प्रतिफलका लागि सिटिजन लाइफको आइपिओमा दीर्घकालिन लगानी गर्नुहोस्, सिइओ पौडेलसँगको अन्तर्वार्ता   

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा क्षेत्रमा छोटो समयमा छुट्टै छाप र ब्राण्ड बनाउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आफ्नो ब्राण्ड भ्यालु सहित प्रिमियममा प्राथमिक शेयर निष्काशन गरिरहेको छ । प्राथमिक शेयर निष्काशनका क्रममा कम्पनीले हाल वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि बिक्री खुला गरिरहेको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्काशन गरे लगत्तै कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ । प्राथमिक शेयर निष्काशन तथा समग्र जीवन बीमा व्यवसायलाई केन्द्रित गर्दै इन्स्योरेन्स खवरका सम्पादक अरुण सापकोटाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलसँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः

भर्खरै आर्थिक वर्ष सकिएको छ । गएको आर्थिक वर्ष जुनसुकै कोडबाट कमजोर देखियो । यस्तो परिस्थितिमा समग्र जीवन बीमा व्यवसाय कस्तो रह्यो ?

Prabhu
Crest

समग्रमा अघिल्लो केहि समय जुन आर्थिक मन्दी सँग सँगै बीमा क्षेत्रमा पनि केहि असर गर्यो । पुराना बीमा पोलिसीको निरन्तरता र नयाँ पोलिसी जारी हुने कुरामा केहि असर गरेको छ । गएको वर्षमा जस्तै नभए पनि असार मसान्तमा भने क्लोजिङ राम्रो भएको छ । अन्य कम्पनीका साथिहरुसँग कुरा हुँदा यस असारमा राम्रो नतिजा आएको छ ।

त्यस हिसावले असार महिना उत्साहप्रद नै रह्यो । हामीले सोचेको भन्दा राम्रो गर्न सफल भयौ । सिटिजन लाइफ आफैले पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । हाम्रो टिमले राम्रो काम गरेको छ । यो खुसीको कुरा हो ।

गएका महिनामा नविकरण बीमा शुल्कको हिस्सा धेरै देखिदै आएको थियो । गएको असारमा चाँही नविकरण बीमा शुल्कको हिस्सा कस्तो रह्यो ?

सामान्यतया कम्पनीहरुले व्यवसाय बृद्धि गर्दै जादा अलिकति लामो समय सञ्चालनमा रहेका कम्पनीहरुको नविकरण बीमा शुल्क बढि हुन्छ नै । त्यो हुनु पनि पर्छ । किनभने बीमा दीर्घकालिन व्यवसाय हो । यो असार मसान्त सिटिजन लाइफको तथ्याङ्क ऐतिहासिक रह्यो । यो वर्ष इतिहासकै सर्वाधिक नविकरण बीमा शुल्क आर्जन भएको छ । तुलनात्मक रुपमा हामी धेरै खुसी छौ ।

असारमा मात्रै हामीले कुल एक अर्ब रुपैयाँको व्यवसाय गर्न सफल भएका छौ । आफैमा यो उत्साहप्रद रह्यो । समग्र हाम्रो टिमको मिहिनेतले गर्दा यो सफलता प्राप्त गरेका हौ । टिमको मेहनत र ग्राहकको विश्वासले गर्दा असार एक महिनामा मात्रै सिटिजन लाइफले एक अर्ब रुपैयाँ व्यवसाय गरेको छ ।

नयाँ बीमा ऐनले एक अभिकर्ता एक बीमा कम्पनीको व्यवस्था गर्यो । सोहि अनुसार नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट एउटा अभिकर्ताले एउटा कम्पनीबाट मात्रै लाइसेन्स लिन पाउने व्यवस्था गरियो । हिजोका दिनमा एउटै अभिकर्ताले धेरै वटा कम्पनीमा काम गर्न पाउने व्यवस्थाबाट एउटा मात्रै कम्पनीमा काम गर्दै गर्दा यस पटक व्यवसायमा भने कत्तीको प्रभाव पार्यो ?

यो अन्तर्राष्ट्रिय अभ्यास हो । अन्तर्राष्ट्रिय प्रचलनमा रहेको र राम्रो नतिजा दिएको अभ्यास पनि हो । नेपालमा पनि एक भन्दा बढि बीमा कम्पनीमा काम गर्ने अभिकर्ताको संख्या एकदमै सानो छ । करिव १० प्रतिशत भन्दा पनि कम डुब्लिकेसन रहेको छ । हिजोका दिनमा उहाँहरुले धेरै ठाउँमा काम गरेको हुँनाले उहाँहरुको कुरा आफ्नो ठाउँमा छ । तर एउटा कम्पनीमा काम गर्दा दीर्घकालिन रुपमा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।

अन्तर्राष्ट्रिय रुपमा पनि सफल भएको र यो लागु गरिसके पछि ठुलो व्यवसाय यो कारणले नभएर अन्य कारणले गर्दा व्यवसायलाई निरन्तर रुपमा अगाडी बढाउनका लागि मद्दत हुन्छ । उहाँहरुको व्यवसायिकतामा पनि विकास हुन्छ भन्ने मेरो बुझाइ हो । एउटा कम्पनीको एउटा ओरिएण्टेसन तथा बीमा योजनामा फोकस हुन्छ । यसलाई कसरी विकास गर्ने र ओरिएण्ट गर्ने तथा उहाँहरुलाई सफल लिडर बनाउने काम गरिन्छ । उहाँहरुका लागि कम्पनीले लगानी गर्न सक्छ । यसका लागि पनि कम्पनीलाई दिल खोलेर काम गर्न प्रोत्साहित गर्छ । उहाँ हाम्रो अभिकर्ता हो भनेर अगाडी बढाउनलाई कन्फिडेन्स हुन्छ । यस हिसावले पनि राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई गएको चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउने निर्देशन दिएकोमा अहिले साउनसम्म समय थप गरिएको छ । सिटिजन लाइफले ५ अर्ब पुर्याउन के- के गर्दै छ ?

हामीले क्यापिटल प्लान नेपाल बीमा प्राधिकरणमा पेश गरिसकेका छौ । प्राधिकरणले सोहि अनुसार अगाडी बढ्न स्वीकृति दिइसक्नु भएको छ । त्यहि अनुसार हामीले आइपिओ जारी गरिरहेको अवस्था छ । वैदेशिक रोजगारमा रहेका साथिहरुले आइपिओ भरिरहनु भएको छ । सिटिजन लाइफमा आइपिओ पछि केहि फण्ड जम्मा हुनेछ । त्यहि फण्डबाटै क्यापिटल पुरा गर्ने हाम्रो योजना रहेको छ । साथै गएका वर्षमा हाम्रो मुनाफा पनि राम्रो छ । आइपिओ निष्काशनबाट आर्जन भएको प्रिमियम र जगेडा कोषमा रहेको रकमबाटै ५ अर्ब पुर्याउने गरी अगाडी बढेका छौ ।

आम सर्वसाधारण लगानीकर्ताले सिटिजन लाइफको आइपिओमा किन आवेदन दिने ?

सिटिजन लाइफ एउटा स्टेवल र स्ट्रोङ कम्पनी हो । ब्राण्डको हिसावले, प्रस्तुतिको हिसावले र यसको भविष्यको रणनीतिका हिसावले कम्पनी एकदमै स्ट्रोङ छ । यी तीनै हिसावले एउटा स्ट्रोङ कम्पनी छान्दै गर्दा सिटिजनको आफ्नै स्थान रहेको छ । गएका ५-६ वर्षमा सिटिजन लाइफले गरेका प्रगति, यससँग सम्बन्धी विस्तार, व्यवसायिक ग्रोथ र प्रोफिटाबिलिटी लगायतका सम्पुर्ण सूचकहरु उच्च विन्दुमा रहेका छन् ।

एउटा बलियो कम्पनी कसैले छान्न चाहन्छ भने त्यो सिटिजन लाइफ पनि एक हो। व्यवसायिक प्रस्तुतिले  पनि त्यहि भन्छ । दीर्घकालिन रुपमा बलियो कम्पनीमा जोडिने तथा लगानी गरेर उपयुक्त प्रतिफल पाउने हो भने त्यो सिटिजन लाइफ पनि ति मध्ये एक हो । त्यहि कारणले पनि म भन्छु लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुन्छ । उहाँहरुलाई लगानी गर्न आह्वान गर्छु ।

सर्वसाधारणले अहिले गर्नु भएको लगानीबाट आगामी दिनमा पाउने प्रतिफल कस्तो रहला ?

हामीले प्रिमियम सहित २४४ रुपैयाँको दरमा शेयर निष्काशन गरेका छौ । अहिले हामीसँग प्रतिस्पर्धामा रहेका कम्पनीहरुको तुलनामा हाम्रो पोजिसन र प्रस्तुतिलाई हेर्दा भोलिका दिनमा हामीले धेरै राम्रो प्रतिफल दिन सक्छौ । प्रोफिटाबिलिटीले पनि धेरै हदसम्म जस्टिफाइ गर्छ । अहिलेसम्म संकलन भएको मुनाफा र भविष्यमा गर्न सक्ने व्यवसायलाई हेर्दा हामीले धेरै राम्रो प्रतिफल दिन सक्छौ । अन्य धेरै कम्पनीहरुको तुलनामा सिटिजन लाइफले धेरै राम्रो व्यवसाय गरिरहेको छ । त्यस हिसावले पनि हाम्रा लगानीकर्ताले धेरै राम्रो प्रतिफल पाउछन् भन्ने कुरामा ढुक्क हुनलाई आग्रह गर्छु । म के आश्वस्थ पार्न चाहन्छु भने हामी जुनसुकै सूचकमा एकदमै सुरक्षित र राम्रो अवस्थामा छौ ।

एउटा लगानीकर्ताले आइपिओमा लगानी गर्नु भन्दा अगाडि हेर्ने वित्तीय अवस्था कस्तो रहेको छ ?

हाम्रा प्रतिस्पर्धी कम्पनीहरु मध्ये र हाम्रो वित्तीय अवस्थालाई हेर्दा सबै सूचकमा अगाडी छौ । व्यवसाय, प्रोफिटाबिलिटी, नविकरण बीमा शुल्क, सरेण्डर हुने कुराहरु, ल्याप्सेस लगायतका कुराहरुमा हामी अब्बल छौ । हाम्रो सरेण्डर र ल्याप्सेस रेसियो धेरै कम छ । हामी वन अफ दि टप लेभलमा छौ । यस हिसावले गर्दा पनि भविष्यमा राम्रो प्रस्तुति गर्नेछ र त्यहि अनुसारको प्रतिफल दिनेछ भन्दै संकेत गर्न सकिन्छ ।

आइपिओ निष्काशन पछि कम्पनीले आकर्षक बोनस दिएर ५ अर्ब पुर्याउदैछ । यस पछि कम्पनीको पूँजी एकदमै स्ट्रङ हुनेछ ।  कम्पनीले आफुलाई अझ बलियो बनाउन के कस्तो योजना बनाएको छ ?

कम्पनी पूँजीका हिसावले अझ अब्बल भइसके पछि कम्पनीको फाउन्डेसन बलियो हुनेछ । त्यस पछि नयाँ बीमा पोलिसी तयार पार्नेदेखि लिएर, नयाँ इनोभेसन, नयाँ तरिका, डिजिटल इनोभेसन लिन सक्नेदेखि लिएर थुप्रै कुराहरुमा हाम्रा फ्रुट प्रिन्टमा त्यहि अनुसार जोखिम बहन गर्न सक्ने क्षमता बढ्छ ।

जोखिम लिन सक्ने क्षमता बढेसँगै प्रतिफल पनि राम्रो हुन्छ । व्यवसाय विस्तारलाई पनि त्यसले बुस्ट अप गर्छ । रिजनेबल र क्याल्कुलेटिभ जोखिम लिन सक्छ । क्षमता बढ्ने वित्तीकै हाम्रो प्रस्तुतिलाई मद्दत गर्छ । त्यहि अनुसार हामीले रणनीति पनि बनाएका छौ ।

भोलिका दिनमा हामीसँग हुने पूँजीलाई कसरी सर्वाधिक उपयोग गर्ने र त्यस अनुसारको सबैभन्दा राम्रो प्रतिफल कसरी दिने भनेर कोर रणनीति बनेको छ । त्यहि रणनीति अनुसार विगतका वर्षको भन्दा अझै धेरै राम्रो गर्ने र बजारको सबल पक्षलाई हेरेर छुट्टै रणनीति बनाएर अगाडी बढ्छौ ।

गत आर्थिक वर्ष मर्जर वर्ष बन्यो । प्राधिकरणको पूँजी बृद्धि योजनाले मर्जरको लहर चल्यो । तर सिटिजन लाइफलाई त्यो अवस्था आएन । तर बजारमा अन्य कम्पनीहरु मर्जर भएर ठुला हुँदै गर्दा सिटिजन लाइफले आगामी दिनमा मर्जर गरेर अगाडी बढ्नु पर्ने अवस्था कत्तीको देख्नु हुन्छ ?

मर्जरका आफ्नै किसिमका फाइदाहरु छन् । पोर्टफोलियो, बिक्री वितरण च्यानल तथा हाम्रो अभिकर्ताहरु पनि मर्ज हुन्छन् । त्यसले गर्दा नेटवर्क बढाउछ । फाइदा सँग सँगै यसका अरु चुनौतीहरु पनि छन् । दुबै कुराहरुलाई लिएर जादा हाम्रो आफ्नो रणनीतिमा र आजसम्म जुन किसिमले आक्रामक रुपमा अगाडी बढेका छौ त्यस हिसावले हामी राम्रो व्यवसाय गर्न सफल भएका छौ ।

मर्जर गर्दा पाइने फाइदाहरुलाई यहिबाट सिकेर साथै मर्जरमा जाने साथिहरुले जे गर्न सक्नु हुन्छ हामीहरु त्यहि गरेर आक्रामक रुपमा अगाडी बढ्न सक्छौ । मर्जरमा जादै गर्दा उहाँहरुलाई केहि चुनौती तथा अप्ठ्याराहरु पनि छ । ति दुबै कुरालाई याद गर्दै चुनौतीलाई सामना गर्नु नपर्ने र अन्य अवसरलाई अगाडी बढाएर लैजाने हो भने हामीलाई झन् फाइदा हुन्छ । उहाँहरु ठुलो हुनु भएको छ । उहाँहरु ठुलो हुँदा लिनु भएको राम्रा कुराहरुलाई लिएर अगाडी बढ्न सकिने भएकाले हामी एकदमै सुरक्षित अवस्थामा छौ । मर्जरका नराम्रा पक्षलाई सामना गर्न नपर्ने भएकाले हामीलाई अवसर धेरै रहेको छ ।

बीमा कम्पनीको अन्तिम उद्देश्य भनेको बीमितलाई अधिकतम प्रतिफल दिने हो । आगामी दिनमा बीमितलाई अझ राम्रो सेवा प्रवाह गर्ने तथा प्रतिफल प्रदान गर्ने कुराहरुमा के कस्तो योजना बनाएका छौ ?

अहिले पनि हामीले बीमितलाई राम्रो सेवा सुविधाका साथै प्रतिफल दिइरहेका छौ । डिजिटल सिटिजन भन्ने क्याम्पियन छ । यस अन्तर्गत ग्राहकले पोलिसि खरिद गर्दा पनि डिजिटल्ली शाखामा नआइ घरबाटै पोलिसी खरिद गर्न सक्छन् । दाबी पाउदा पनि घरबाटै प्रकृयाँ अगाडी बढाउन सक्ने दुबै किसिमका सुविधा हाम्रोमा छ ।

त्यो भएकाले घरघरमा सेवा पुर्याउनका लागि अनलाइन मोडल ल्याइसकेका छौ । विभिन्न मोबाइल वालेटदेखि लिएर भुक्तानी सेवा प्रदायकबाट भुक्तानी दिन सकिने व्यवस्थाको विकास गरिसकेका छौ । एउटा ग्राहकले मोबाइल एपबाट सबै प्रकृयाँ अगाडी बढाउन सक्ने गरि अधिकतम तहमा काम गरिरहेका छौ । यसलाई अझ सुधार गर्ने गरि काम गरिरहेका छौ ।

ग्राहकका लागि नयाँ बीमा योजनामा पनि काम गरिरहेका छौ । आगामी दिनमा नयाँ बीमा पोलिसी दिन सकियो भने अझै राम्रो हुन्छ भनेर काम गरिरहेका छौ । पहिलो सेवालाई बेष्ट गर्ने र दोस्रो हाम्रा अभिकर्ता साथिहरु जसलाई हामी सिटिजन लिडर भन्छौ । उहाँहरुलाई काम गर्ने वातावरण बनाउने क्रममा पहिलोमा उहाँहरुलाई आर्थिक हिसावले समृद्ध गर्ने, दोस्रोमा उहाँहरुको क्षमता अभिबृद्धि गर्ने तेस्रो पुरस्कृत र सम्मानित गर्ने ।

अर्को तर्फ पहिलोमा ग्राहक दोस्रोमा सिटिजन लिडर र तेस्रोमा लगानीकर्ताहरुलाई भ्यालुएबल प्रतिफल दिने गरि काम गरिरहेका छौ । यहाँ बसेर गर्व गर्न लायक र कम्पनीमा लगानी गर्ने शेयरधनीहरुलाई यहाँ लगानी गरेर राम्रो प्रतिफल पाएका छौ भन्ने खालको कन्फिडेन्स दिलाउछौ । अव आउने सालमा यो हाम्रो प्राथमिकतामा परेको छ ।

प्राथमिक बजारका लगानीकर्ताहरुलाई कम्पनीको तर्फबाट के भन्न चाहनु हुन्छ ?

यदि तपाईहरुले दीर्घकालिन, स्थायित्व कायम गर्ने र भ्यालुएबल प्रतिफल खोज्ने कम्पनी खोजिरहनु भएको छ भने त्यसमा वन अफ दि सिटिजन लाइफ हो । सिटिजन लाइफमा लगानी गर्नुहोस् तपाईहरुलाई एउटा भ्यालु रिटर्न दिने, एउटा ब्राण्ड क्रियट गर्नेदेखि लिएर रिजनेबल प्रतिस्तुति दिने कुरामा अगाडी बढेको छ । हाम्रा विगतका रेकर्डले पनि त्यो भन्छ । त्यहि अनुसार कम्पनीले रणनीति बनाएर अगाडी बढिरहेको छ । त्यस कारणले लगानीकर्ताहरुलाई ढुक्क हुने वातावरण कम्पनीको प्रस्तुतिले देखाउछ । यदि तपाई उपयुक्त प्रतिफल पाउने कम्पनीमा लगानी गर्न चाहने लगानीकर्ता हो भने सिटिजन वन अफ दिन वेष्ट कम्पनी हो । त्यहि हिसावले कम्पनीमा जोडिन म आग्रह गर्दछु ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

93%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS