IME Life

सामाजिक सुरक्षा कोषको बीमा योजना, योगदानकर्तासँग ५ अर्ब प्रिमियम उठाएर ७८ करोडको दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सामाजिक सुरक्षा कोष आफैले बीमा कम्पनीहरुले दिने सुविधा प्रदान गर्दै आइरहेको छ । योगदानकर्ताहरु सँग प्रिमियम संकलन गरेर सुरक्षा प्रदान गर्ने गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र आश्रीत परिवार सुरक्षा योजना सञ्चालन गर्दै आएको छ ।

कोषले यस्तो योजना मार्फत हालसम्म योगदानकर्ता सँग ५ अर्ब १४ करोड रुपैयाँ प्रिमियम संकलन गरिसकेको छ । प्रिमियम संकलन सँगै कोषले हालसम्म योगदानकर्तालाई ९८ करोड ३० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । चालु आर्थिक वर्षमा कोषले सबै योजनामा अहिलेसम्मकै सर्वाधिक रकम संकलन गरिसकेको छ ।

Prabhu
Crest

कोषले बीमा योजनाको जोखिम हस्तान्तरणको कुनै पनि व्यवस्था गरेको छैन । यदि भोलि ठुलै महामारी तथा प्राकृतिक प्रकोप भयो भने कोषलाई व्यवस्थापन गर्न धेरै गाह्रो पर्नेछ । कोषलाई स्वास्थ्य बीमाको लागि पुनर्बीमा गराउन धेरै सुझाव पनि नआएको होइन । तर पुनर्बीमा गराउदा योगदानकर्ताले राम्रो सुविधा नपाउने कोषका सह प्रवक्ता रोहित रेग्मीको भनाइ छ । कोष आफैमा जोखिम व्यवस्थापक भएको हुँदा आफ्नो जोखिम हस्तान्तरण गर्ने संयन्त्र बनाउन सकेको छैन । सामान्य अवस्थामा कोषको रणनीतिले काम गरे पनि ठुला ठुला दुर्घटनामा कोष नै दुर्घटनामा पर्न सक्ने कुरालाई पनि हेर्नु पर्छ । सञ्चालनको तीन वर्षको अवधिमा कोषलाई ४ अर्ब १६ करोड मुनाफा देखिन्छ । यदि आफैले यस्तो जोखिम व्यवस्थापन गर्ने हो भने दीर्घकालिन रुपमा कोष निर्माण गर्दै लैजानु पर्छ ।

‍औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

कोषको सुरुवात भएको वर्षमा योगदानकर्ताबाट ५ करोड २१ लाख रुपैयाँ संकलन गरेको थियो । यहि वर्ष कोषले योगदानकर्तालाई ४४ लाख ४६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । त्यस्तै  २०७८ असार मसान्तसम्ममा कोषले योगदानकर्ता सँग २१ करोड ९५ लाख रुपैयाँ संकलन गरेर ४ करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी गर्यो । २०७९ असारसम्ममा योगदानकर्ता सँग ७३ करोड ३० लाख संकलन गरी २३ करोड ७६ लाख रुपैयाँको दाबी भुक्तानी गर्यो । चालु आर्थिक वर्षको हालसम्ममा योगदानकर्ता सँग ९८ करोड ७६ लाख रुपैयाँ संकलन गरी ४९ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कोषले यस वर्षदेखि क्यासलेस औषधि उपचारको व्यवस्था गरेको छ । कोषले सूचिकृत गरेको अस्पतालमा जादा योगदानकर्ताले आफ्नो कार्डदेखाएर २० प्रतिशत रकम भुक्तानी गरि बाँकी ८० प्रतिशत दाबी बापतको सुविधा तत्काल लिन पाउने छन् । यसले गर्दा पनि कोषमा योगदानकर्ताको आकर्षण थप बढेको छ । कोषले विस्तारै नेपालमा सम्पुर्ण अस्पताललाई सूचिकृत गर्ने योजना बनाएको छ । केहि दिनभित्रमा निर्भिक अस्पतालमा पनि यो सुविधा पाउने कोषले जनाएको छ ।

दुर्घटना र अशक्तता सुरक्षा योजना

कोषले २०७७ मा योगदानकर्ता सँग दुर्घटना र अशक्तता सुरक्षा योजना बापत ७ करोड २९ लाख रुपैयाँ संकलन गरेकोमा चालु आर्थिक वर्षको हालसम्ममा एक अर्ब ३८ करोड रुपैयाँ संकलन गरिसकेको छ । हालसम्ममा भने २ अर्ब ६४ करोड रुपैयाँ संकलन गरिसकेको छ । योगदानकर्तालाई २०७७ मा एक लाख ६८ हजार रुपैयाँमा दाबी भुक्तानी गरेकोमा चालु आर्थिक वर्षको हालसम्ममा ५ करोड ९१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म ८ करोड ६६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

आश्रीत परिवार सुरक्षा योजना

कोषले यस योजनाका लागि पहिलो वर्ष योगदानकर्ता सँग एक करोड ४० लाख रुपैयाँ संकलन गरेकोमा चालु आर्थिक वर्षमा २६ करोड ६६ लाख रुपैयाँ संकलन गरिसकेको छ । हालसम्म कोषले ५१ करोड ८ लाख रुपैयाँ संकलन गरिसकेको छ । त्यस्तै पहिलो वर्ष यस योजनामा ८ लाख ४७ हजार रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालु आर्थिक वर्षको अहिलेसम्ममा ७ करोड ३१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । स्थापनाकालदेखि हालसम्म कोष ५१ करोड ८ लाख रुपैयाँ प्रिमियम संकलन गरी ११ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

सामाजिक सुरक्षा कोषमा आधारभुत पारिश्रमिकको रोजगारदाताबाट २० प्रतिशत र कर्मचारीबाट ११ प्रतिशत सहित ३१ प्रतिशत रकम जम्मा गर्नु पर्छ । यस बाहेक कर्मचारीले स्वेच्छिक रुपमा थप गरेको रकम अवकास पश्चात प्राप्त गर्न सकिन्छ । कर्मचारीले कोषमा बुझाएको ३१ प्रतिशत रकम मध्ये २.६७ प्रतिशत रकम सुरक्षा योजनाका लागि छुट्ट्याइन्छ । जुन रकम भविष्यमा फिर्ता पाइदैन । कर्मचारीबाट संकलन गरिएको २.६७ प्रतिशत रकम पनि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक प्रतिशत, दुर्घटना तथा अशक्तता सुबिधा योजनाका लागि १.४ प्रतिशत र आश्रित परिवार सुविधा योजनाका लागि ०.२७ प्रतिशत रकम बाँडफाँड गरिएको हुन्छ ।

कोषले हरेक वर्ष एक्चुरी मार्फत यसको मूल्याङ्कन गर्ने गरेको छ । एक्चुरीको पछिल्लो प्रतिवेदन अनुसार कर्मचारी सँग संकलन गरिएको आश्रित परिवार सुविधा अन्तर्गतको योजना निकट भविष्यमै घाटामा जाने प्रक्षेपण गरिसकेको छ । यस समुमा छुट्ट्याइएको रकमले यस अन्तर्गतको दाबी भुक्तानी गर्न नपुग्ने एक्चुरीको आकलन छ ।

सामाजिक सुरक्षा कोषले कर्मचारी सँग संकलन गरेको यहि २.६७ प्रतिशत रकमबाटै यस योजनालाई व्यवस्थापन गर्ने योजना बनाएको छ । यदि यो योजना घाटामा गयो भने औषधि उपचार तथा दुर्घटना तथा अशक्तता सुबिधा योजनाबाट तान्ने रणनीति बनाएको छ । तर आश्रित परिवार सुबिधा योजनाकै लागि छुट्टै रकम संकलन नगरिने कोषले जनाएको छ ।

कर्मचारी सँग संकलन गरेको ३१ प्रतिशत रकम मध्ये २० प्रतिशत रकम निवृत्तीभर सुविधा अन्तर्गत अवकास सँग सँगै एकमुष्ठ रुपमा प्राप्त गर्न सकिन्छ । कर्मचारीले योगदान गरेको ८.३३ प्रतिशत रकम भने ६० वर्ष पश्चात पेन्सनको रुपमा प्राप्त गर्न सकिनेछ । योगदानकर्ताले आजीवन पेन्सनको रुपमा यस्तो रकम प्राप्त गर्न सक्ने छन् ।

औषधी उपचार तथा स्वास्थ्य सुविधाको सिमा तथा शर्तहरु

वार्षिक एक लाखसम्मको औषधी उपचार : यस अन्तर्गत कम्तिमा तीन महिना नियमित योगदान गरेको योदानकर्ता र निजको दम्पत्तीलाई ओपिडी ट्रिटमेन्टको वार्षिक २० हजारसम्मको शोधभर्ना पाइनेछ ।

कम्तिमा तीन महिना नियमित योगदान गरेको योगदानकर्ता र निजको दम्पत्तीलाई आइपिडी ट्रिटमेन्ट को वार्षिक ८० हजारसम्मको शोधभर्ताको सुविधा पाइनेछ ।

२ वर्ष योगदान गरेको योगदानकर्तालाई घातक रोग लागेमा १० लाखसम्म उपचार खर्चको शोधभर्ना हुनेछ । डाक्टरको सल्लाहमा बसेको ७९ दिनसम्म बिरामी विदा बापत निजको आधारभुत पारिश्रमिकको ६० प्रतिशतको दरले भुक्तानी पाइनेछ । यस योजना अन्तर्गतको औषधी उपचार कोषबाट ८० प्रतिशत र योगदानकर्ताबाट २० प्रतिशत व्यहोरिने व्यवस्था रहेको छ ।

मातृत्व सुरक्षा सुविधाको सिमा तथा शर्तहरु

कम्तिमा तीन महिना नियमित योगदान गरेको योगदानकर्ता वा निजको दम्पतीलाई एक लाख रुपैयाँसम्मको मातृत्व सम्बन्धी उपचारको शोधभर्नाको सुविधा पाइन्छ । त्यस्तै न्युनतम पारिश्रमिक बराबर शिशु स्याहार खर्च पाइन्छ । महिला योगदानकर्तालाई ३८ दिनसम्मको सुत्केरी विदा बापतको आधारभुत पारिश्रमिकको ६० प्रतिशतको दरले भुक्तानी पाइन्छ । २४ हप्ता भन्दा बढी समयको गर्भपतनलाई समेत मातृत्व सरह शुविधा प्रदान हुने व्यवस्था छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना सुविधाको सिमा तथा शर्तहरु

योगदान प्रारम्भ गरेको मितिबाटै कामको सिलसिलामा हुने दुर्घटनाको उपचारको सम्पुर्ण खर्चको शोधभर्ना पाइनेछ । योगदान प्रारम्भ गरेको मितिबाटै अन्य दुर्घटनाको उपचारको ७ लाखसम्म शोधभर्नाको सुविधा पाइनेछ । योगदान शुरु गरेको २ वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको उपचारको सम्पुर्ण खर्चको शोधभर्ना पाइने कोषले जनाएको छ । कामको सिलसिलामा हुने दुर्घटना वा व्यवसायजन्य रोगले अस्थाई पुर्ण असक्षम भएमा काममा नफर्केसम्म आधारभुत पारिश्रमिकको ६० प्रतिशत वरावरको रकम प्राप्त गर्न सकिनेछ ।

कामको सिलसिलामा हुने दुर्घटना वा व्यवसायजन्य रोगको कारणबाट स्थाई रुपमा अशक्त भएमा अशक्तताको अनुपातमा आधारभुत पारिश्रमिकको ६० प्रतिशतसम्म आजिवन असक्षमता पेन्सन पाइनेछ । कोषले तोकेको अस्पताल मार्फत उपचार गराउनु पर्नेछ । अन्यत्र उपचार गराईरहेको भएमा ७ दिन भित्र कोषका जानकारी गराउनु पर्नेछ ।

16770539378364_औपचारिक क्षेत्र सामाजिक सुरक्षा योजना

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

20%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS