IME Life

लगानीकर्ताले बीमा क्षेत्रलाई रोज्नु भनेको धेरै सचेत हुनु हो, सन नेपाल लाइफका सिइओ अर्यालसँगको अन्तर्वार्ता

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समुहको शेयर बिक्रीको प्रकृयाँ अगाडी बढाइसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको छ । अवको केहि समयमा सर्वसाधारणका लागि पनि बिक्री खुला गर्नेछ । लामो समय नेपाल बीमा प्राधिकरण जस्तो नियामकीय निकायमा काम गरेर सन नेपाल लाइफ इन्स्योरेन्सको नेतृत्व सम्हालेका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालसँग समग्र बीमा बजार र प्राथमिक शेयर निष्काशनको विषयमा केन्द्रित भइ इन्स्योरेन्स खवरका सम्पादक अरुण सापकोटाले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

गएको वर्षमा समग्र आर्थिक मन्दीको ठुलो प्रभाव देखियो । जीवन बीमा कम्पनीमा आर्थिक मन्दीको प्रभाव कत्तीको पर्यो ?

Crest
Meta Holidays

विगतको आर्थिक वर्ष २०७९/८० लाई हामीले हेर्यौ भने, समग्र आर्थिक क्रियाकलाप तथा सूचकाङ्कहरुमा संकुचन आएको र त्यसले वित्तीय क्षेत्रमा विशेष गरी जीवन बीमाको क्षेत्रमा पनि संकुचन ल्याएको कुरा घाम जत्तीकै छर्लङ्ग छ । शिलशिलाबद्ध तरिकाले हेर्यौ भने कोभिड १९ ले जुन असर पर्यो त्यस पछि नै बीमा क्षेत्र  भित्र बीमा व्यवसायमा केहि आरोह अवरोहहरु पनि देखिरहेको छ ।  कोभिडकै कारणले गर्दा प्रथम बीमा शुल्क आर्जनमा आएको कमि, नविकरणीय बीमा शुल्कमा आएको कमि जस्ता कारणले सिर्जना भएका र हाम्रो व्यवसायिक अभ्यासले गर्दा अन्य प्रभावहरु देखिएका छन् । जस्तो बीमालेखको समर्पण हुने प्रकृयाँको बढ्दो आकार छ । बीमालेख व्यतित हुने अवस्था आएको छ । यो सबै आर्थिक क्रियाकलापकै कारणले हुन सक्छ । बीमालेख धितोकर्जा लिएर बीमालेख समायोजन गर्ने ट्रेण्ड आएको छ । आशा गरौ सुधारोन्मुक नै देखिनेछ ।

 

सन नेपाल लाइफमा यस्तो असर कत्तीको देखियो ?

समग्र उद्योगमा असर पर्दाखेरी सन नेपाल लाइफमा असर परेन भन्ने कुरा मिल्दै मिल्दैन । निश्चयनै असर परेको छ । हरेक बीमा कम्पनीको व्यवसाय प्राप्तिमा आ-आफ्नै अवधारणा रहेको हुन्छ । कुनै कम्पनीमा आक्रामक व्यवसायिक फिलोसपी होला र आक्रामक रुपमा व्यवसाय प्राप्त गर्ने रणनीति अनुसार होला । कुनै कुनै कम्पनीमा व्यवसायिक, नैतिक र प्रचलित अभ्यासका आधारमा प्राप्त गर्ने प्रकृयाँ हुन्छ ।

हाम्रोमा चाँही नेपालमा भएका बीमा कम्पनीहरुको सञ्चालन प्रणाली र व्यवसाय प्राप्तिका हिसावले पछिल्लो क्याटागोरीमा पर्छौ । त्यसकारणले अन्य कम्पनीहरुमा बीमालेखको सरेण्डर, बीमालेख धितो कर्जा तथा प्रथम बीमा शुल्कमा असर परेता पनि हाम्रोमा त्यस्तो छैन । व्यवसायमा केहि प्रतिशत असर पर्नु भनेको व्यवसाय घट्नु हो । घटेको त छ । यस प्रकारको स्थिति हाम्रो नियन्त्रण भित्रै छ । हाम्रो व्यवस्थापकीय संरचनाले व्यवस्थापन गर्न सक्ने अवस्थामा छौ ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिदै गर्दा सन नेपाल लाइफले कसरी पुर्याउदै छ ?

गत वर्ष नेपाल बीमा प्राधिकरणबाट निर्देशिका जारी भइसके पछि चुक्ता पूँजी २ अर्बबाट ५ अर्ब पुर्याउने भन्ने कुरा भयो । त्यो व्यवस्थालाई हामीले आत्मसाथ गर्दै पूँजी बृद्धि गर्ने र ५ अर्ब पुर्याउन हामी आफ्नै मान्यतामा अगाडी बढ्यौ । त्यतिवेलासम्म प्राथमिक शेयर निष्काशन नगरिसकेको अवस्था र सार्वजनिक आह्वान नगर्दासम्मको अवस्थामा कम्पनीको फुलफ्लेजमा स्थापित भइसकेको भन्ने अवस्था थिएन ।

हामीले पूँजी बृद्धि गरेरै अगाडी बढ्ने योजना मुनाविक नै संस्थापक शेयरधनीहरुबाट केहि पूँजी थप गर्यौ । अहिले चाँही सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेर पूँजी इन्जेक्ट गरिसके पछि हामी एउटा स्ट्याण्डर्डमा आइपुग्छौ । तत् पश्चात बीमा प्राधिकरणमा जुन पूँजी बृद्धि योजना पेश गरेका छौ त्यसलाई हुँबहु कार्यान्वयन गर्ने गरी नियामकीय पूँजी जुटाउने तयारीका साथ अगाडी बढेका छौ ।

प्राथमिक शेयर निष्काशन पछि पनि केहि पूँजी आवश्यक रहन्छ । त्यो पूँजी जुटाउन आगामी योजना के छ ?

प्राथमिक शेयर निष्काशन पछि ५ अर्ब पूँजी मध्ये ३ अर्ब २० करोड चुक्ता पूँजी कायम हुन्छ भन्ने कुरा हामीले सार्वजनिक नै गरिसकेका छौ । हामीले विवरणपत्रमा पनि त्यो कुरा उल्लेख गरेका छौ । बीमा प्राधिकरणमा पनि त्यो कुरा पेश गरेका छौ । तत् पश्चात के हुने कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा दुई तीन वटा कुराहरु छन् । एउटा पार्ट भनेको हामीसँग ५ अर्ब भन्दा बढि प्रि-रिजर्भ हुने अवस्थामा नियामकीय पूँजी हुने अथवा जोखिममा आधारित पूँजीको आधारमा जाने अर्को मोडालिटीलाई व्यवस्था गरेर जाने भन्नेसम्मको कुरा हुन बाँकी छ । हामीले नेपाल बीमा प्राधिकरणसँग यो विषयमा छलफल पनि गरिरहेका छौ । किनभने अहिले हामीसँग जगेडामा केहि रिटेन अर्निङ पनि छ । कम्पनी स्थापना भए पछि आजको दिनसम्म कम्पनीले जुन मुनाफा आर्जन गरेको छ त्यसलाई जगेडाकोषमा सञ्चित गरेर राखेका छौ ।

यो वर्षसम्मको आम्दानीबाट केहि रकम वितरण गर्न सक्ने अवस्थामा हुन्छौ । सँगसँगै हामीले लक्कीली प्रिमियममा आइपिओ निष्काशन गर्न पाएका छौ । यो प्रकृया सम्पन्न भएपछि हामीसँग ठुलो रकम जगेडामा सञ्चित हुनेछ । त्यो जगेडाका आधारमा हामीले नियमनकारी निकायमा पूँजी बृद्धि योजना पेश गरेका छौ । त्यसै आधारमा हामीले समयमै नियमनकारी पूँजी पुर्याउछौ ।

पूँजी पुर्याउने सन्दर्भमा जोखिममा आधारित पूँजीको मोडालिटी पनि आएको छ । त्यो पूँजी नै प्रयाप्त हो कि होइन भन्ने कुरा पनि छ । त्यो प्रयाप्त हो कि होइन अथवा त्यो अधिक हुने हो अथवा जगेडालाई पनि पूँजी मान्न सक्ने हो अथवा जारी पूँजीलाई मात्रै पूँजी मान्ने हो । यसमा धेरै कुराहरु छ ।

बीमा व्यवसायको सन्दर्भमा हामीलाई नियामकीय पूँजी र जगेडा कोष दुबैलाई मिलाएर अगाडी बढ्नु पर्ने हुन्छ । यसै आधारमा तयारीका साथ अगाडी बढेका छौ ।

कम्पनीले नियामकीय पूँजी जुटाइ सके पछि क्षमता बढ्नेछ । क्षमता बढिसके पछि त्यसै अनुसार व्यवसाय अगाडी बढाउनु पर्ने हुन्छ । यसका लागि हजुरले कस्तो कस्तो योजना अगाडी बढाउदै हुनुहुन्छ ?

यसमा के छ भने कोभिड १९ को जुन किसिमको असर पर्यो त्यसको प्रभावसँगै संसारभर बीमा व्यवसायमा जुन किसिमका आयामहरु थिए ति सबै सिफ्ट भएका छन् । बीमाको जुन भ्यालु क्रियटिङ पोजिसनिङ हो त्यो पोजिसनिङ परिवर्तन भएको छ । हिजोका दिनमा हामी आफैले व्यवसाय गर्थ्यौ भने अहिले कन्सल्टेन्ट अथवा मध्यस्थकर्तामा व्यवसाय सिफ्ट भएको छ । हामीले त्यो क्षेत्रमा काम पनि गरिरहेका छौ, यो एउटा भयो । अर्को भनेको निर्णय लिने प्रकृयाँ, अहिलेको हाम्रो समाजमा अझ संसारभर नै हामीले हेर्यौ भने युवाहरु निर्णयकर्ता हुन् । युवा जनसंख्या नै अहिलेको डिसिजनमेकर हो । उहाँहरुको ध्यान कहाँ, कसरी भ्यालु क्रियट गर्न सकिन्छ भन्ने पक्षमा पनि हामीले केहि काम गरिरहेका छौ । सँगसँगै हाम्रो सन्दर्भमा भन्दाखेरी हाम्रो ठुलो प्रोडक्टिभ समुदाय वैदेशिक रोजगारको रुपमा विदेशी मुलुकमा कार्यरत छ ।

जीवन बीमामा भ्यालु क्रियटिङ गर्ने ठुलो हिस्सा बाहिर रहेको छ । अवका दिनमा त्यो समुदायलाई कसरी जोड्न सकिन्छ र हाम्रो परिधिभित्र ल्याउन सकिन्छ भन्ने कुरा पनि धेरै महत्वपुर्ण छ । उहाँहरु रेमिट्यान्स मार्फत बैंकिङ प्रणालीमा राम्रोसँग जोडिनु भएको छ । बैंकिङ क्षेत्र विदेशमा बस्ने नेपालीहरुसँग एकदमै राम्रोसँग जोडिएको साथै मुलुकमा देखिनेगरी योगदान पुर्याउने समुदाय पनि त्यहिँ छ ।

आजको दिनसम्म त्यो समुदाय बीमाको परिधिभित्र आउन सकेको छैन । हामीले पनि उहाँहरुलाई जोडेर सेवा विस्तार गर्नु पर्छ भन्ने पक्षमा पनि हेरिरहेका छौ । अर्को प्रमुख कुरा के हो भन्दा खेरि हाम्रो जुन किसिमको परमपरागत बीमा बजार र जीवन बीमाको जुन किसिमको वातावरण रहेको छ त्यहाँ बीमा कम्पनीले ह्युमन भ्यालु क्रियट गर्ने, सेवा प्रवाह गर्ने पाटोमा नजाने हो भने जीवन बीमा चल्न सक्दैन ।

जीवन बीमालाई प्राथमिकता आवश्यकताको रुपमा विकास गर्नु पर्छ । जीवन बीमा प्राथमिकतामा भन्दा पनि कम प्राथमिकतामा जान्छ । यसमा पनि हामीले काम गर्नु पर्छ । समग्रमा क्यापिटल बेसको आधारमा, प्रविधिको आधारमा, ग्राहकको अवधारणका आधारमा, ग्राहकको सन्तुष्टीको आधारमा संरचनात्मक परिवर्तन गरेरै अगाडी बढ्न पर्छ भन्ने मान्यतामा वर्क आउट गरिरहेका छौ ।

गएको वर्षमा बीमा क्षेत्रमा मर्जरको लहर चल्यो । मर्जरसँगै केहि कम्पनी आकारका हिसाले धेरै ठुला भएका छन् । मर्जर भएर ठुलो बनेको कम्पनीसँग सन नेपालले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । अवका दिनमा कम्पनीले मर्जर गरेर जाने या मर्जर नगरी प्रतिस्पर्धा गर्ने योजना बनाएका छौ ?

यसमा दुई तीन वटा कुराले प्रभाव पारेको हुन्छ । हामीले पूँजी बृद्धि गर्ने क्रममा नियमनकारी निकायको मार्गनिर्देशनमा मर्जरको प्रकृयाँ अगाडी बढ्यो । मर्जरमा जानु भएका कम्पनीहरु स्वेच्छाले अथवा बजारको माग थियो अथवा लगानीकर्तामा क्रस होल्डिङको अवस्था थियो अथवा सिनर्जी इफेक्ट आउछ भनेर जानु भयो । उहाँहरु आफ्नो हिसावले मर्जरमा जानु भयो । व्यवसायिक अभ्यासमा पहिलो कुरा भोलिका दिनमा हामी कहाँ पुग्ने भन्ने हुन्छ । दोस्रो कुरा कसरी जाने भन्ने हो । हाम्रो मौजुदा संरचना छ, हाम्रो देशव्यापी रुपमा रहेको हाम्रो आफ्नो संरचना छ । हामीले विकास गरेको जनशक्ति छ । हाम्रो प्रविधि छ । सँगसँगै क्यापिटल बेसको आधारमा पनि मर्जरमा गएका कम्पनीहरुको जत्तीकै छौ । भोलिका दिनमा मर्जरमा गएका सञ्चालन हुन सक्ने र मर्जरमा नगएका सञ्चालन हुन नसक्ने भन्ने हुँदैन ।

अहिलेको समय भनेको थोर बहुत क्रियटिभिटीको हो । हामी परम्परागत व्यवसायलाई भागबण्डा गरेर र प्रथम बीमा शुल्क आर्जन गरेर प्रथम बन्छु भन्छौ भने भोलिको तनाव के हुन्छ म भन्न सक्दिन । हामीले समग्रमा हेर्ने भनेको प्रोडक्ट प्राइसिङ ठिक छ कि छैन, अण्डराइटिङको कुरा ठिक छ कि छैन । हाम्रो खर्च ठिक छ कि छैन । हाम्रो विजनेस म्यानेजमेन्टको कुरा ठिक छ कि छैन । अन्तत हामीले पोलिसी बिक्री गरिसके पछि दिने सेवाहरु प्रयाप्त छन् कि छैनन् र त्यसको मूल्याङ्कन ग्राहककोमै पुगेर गर्नु पर्छ ।

यदि यस्तो नगर्ने हो भने भोलिको व्यवसाय कहाँ पुग्छ केहि हुन्छ म भन्न सक्दिन । अर्को तर्फ यो एकदमै प्रतिस्पर्धी छ । इनोभेसन, ग्लोबलाइजेसन, डिजिटलाइसेन्सले गर्दा यो आफैमा प्रतिस्पर्धी हुँदै गइरहेको छ । अहिले कसैको कसैसँग प्रतिस्पर्धा छैन । सबैको आफैसँग प्रतिस्पर्धा छ । म कति इनोभेटिभ छु, प्रतिस्पर्धी छु, मेरो के कस्तो योजना छ, म कुन लक्ष्यका लागि हिडिरहेको छु भन्ने कुराले फरक पार्छ ।

हाम्रो सन्दर्भमा भन्नु पर्दा हामीले ह्युमन भ्यालु क्रियट गर्दै छौ । यसले आम मानिसको आर्थिक क्रियाकलापमा सहजिकरण होस् । बचतबाट जम्मा भएको रकमलाई प्रिमियमका रुपमा कम्पनीलाई भुक्तानी गर्ने र प्रिमियम मार्फत संकलन भएको रकमलाई राष्ट्र निर्माणको लागि योगदान पुर्याओस् भन्ने दीर्घकालिन योजना बनाएर अगाडी बढेका छौ ।

आजको दिनमा मैले भन्नु पर्दा मर्जर गरेर सेटल भएका कम्पनी र मर्जर नभएका कम्पनीहरुका विचमा के हुन्छ भन्न सकिदैन ।

त्यसो भए भोलिका दिनमा सन नेपाल लाइफ मर्जरमा जाने अवस्था आउदैन ?

अहिलेसम्म हामीले त्यसरी सोचेका छैनौ ।

आम सर्वसाधारण लगानीकर्ताले सन नेपाल लाइफको आइपिओमा किन लगानी गर्ने ?

सन नेपाल लाइफको शेयरमा हिस्सा लिनु भनेको पूँजीबजारका अन्य कम्पनीमा लगानी गरे सरह नै हो । हामीले प्रारम्भदेखि नै गर्दै आएका काम कारबाहीलाई हेर्दै आउनु भएको छ । जीवन बीमा क्षेत्रमा सन नेपाल लाइफ अन्य कम्पनी  भन्दा फरक हो है भन्ने किसिमको भान पारिरहेका छौ । हामीले दिने सेवाको पाटोमा हामी अरु भन्दा फरक छौ । जति पनि हाम्रो वित्तीय सूचकहरु छन्, संस्थागत सुशासनका सूचकहरु छन् यी सबै सूचकहरुका आधारमा सन नेपाल लाइफ अन्य कम्पनीहरु भन्दा पछाडी छ भन्ने अवस्था छैन । सबै सूचकले हामी को हौ भनेर देखाएको छ ।

आम सर्वसाधारण लगानीकर्ताहरुलाई विवरणपत्र पनि दिएका छौ । उक्त विवरणपत्रमा हामी को हौ, अवस्था कस्तो रहेको छ, सञ्चालनको अवस्था कस्तो छ, नियामक निकायबाट हुने कुनै पनि कारबाहीमा अहिलेसम्म परेकै छैनौ । ति सम्पुर्ण कुराहरु छन् । यी सबै कुराहरुलाई मूल्याङ्कन गरेर लगानीकर्ताले लगानी गर्नु हुनेछ । लगानीकर्ताहरु आफै सचेत हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

शेयरमा लगानी गर्ने भनेको प्रतिफलका लागि हो । प्राथमिक लगानीकर्ताहरुलाई प्रतिफलका लागि कत्तीको आश्वस्थ पार्न सक्नु हुन्छ ?

पहिलो कुरा इन्ड्रस्ट्रि रिटर्न एकदमै कम छ । विगत १० वर्षको अवधिमा जीवन बीमा कम्पनीले कति प्रतिफल दिएको छ ? यदि हामीले इन्ड्रष्ट्रिले दिएको प्रतिफलमा प्रतिस्पर्धी भएनौ भने हाम्रो कुरा हो । यदि यस्तो प्रतिफल भन्दा माथि दिन सक्छौ भने त तपाईले यति पाउनु हुन्छ भन्नै पर्दैन । जे कुरा हामीले भन्नु पर्ने हो त्यो सबै विवरणपत्रमै उल्लेख छ ।

बीमितहरुलाई अझै राम्रो सेवा प्रवाह गर्ने कुरालाई कसरी अगाडी बढाउनु हुन्छ ?

ग्राहक सन्तुष्टीको पाटोमा र पोष्ट सर्भिसको पाटोमा केहि गृहकार्य गरिरहेका छौ । हाम्रो इन्ड्रस्ट्रिमा गर्दै नगरेको एउटा पाटो भयो त्यो कुरालाई हामीले राम्रोसँग अनुभुति गरेका छौ । यसलाई दुई तीन किसिमबाट हेर्नु पर्छ । हामीले ग्राहकहरुलाई सोधपुछ गर्ने, उहाँहरुको अध्ययन गर्ने कुराहरुमा हामी लागिरहेका छौ । सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न सक्छौ । समग्र बीमा क्षेत्रका बीमितहरुको हितमा काम गर्ने हो । यदि उहाँहरुको पाटोमा हामिले केहि भ्यालु एड गर्न सक्यौ भने त्यो पाटोबाट ग्राहकको सन्तुष्टी पुरा गर्न सक्छौ ।

कम्पनीले बीमितसँग उठाएको ठुलो फण्ड छ । यस्तो फण्डलाई सदुपयोग गर्दै बीमितले पाउने प्रतिफलका लागि लगानीको  दायरालाई फराकिलो बनाउन के कस्ता कामहरु गरिरहेका छौ ?

यसमा दुई तीन वटा कुराहरु छन् । पहिलो कुरा प्रिमियमको रुपमा संकलन भएको जीवन बीमा कोष छ । जसलाई हामीले दायित्व कोषका रुपमा व्यवस्थापन गरेका छौ । दायित्व फण्ड भनेकै दायित्व भुक्तानी गर्नका लागि हो । जीवन बीमा कम्पनीले बीमितसँग जुन किसिमको बीमा शुल्क संकलन गर्छ । त्यो भनेको दायित्व हो । मैले तपाईसँग सापटी लिएर मेरो खल्तिमा पैसा राखे । अझै तपाईलाई पैसा फिर्ता दिन्छु भनेर पैसा राखे भने म साहुँ हो र ? म त्यो पैसाको धनी हो र ? होइन । मैले तपाईलाई तिर्नु पर्छ । मैले तिर्नु पर्छ भने त्यो पैसालाई समयमै फिर्ता गर्छु भनेर पनि त व्यवस्थापन गर्नु पर्यो ।

ठिक त्यसै गरी आम बीमितबाट लिएको जुन प्रिमियम हो त्यो बीमा कम्पनीले यो यो अवस्थामा भुक्तानी गर्छु भनेर सुनिश्चित गरेर लिएको पैसा हो । त्यसकारण सबैभन्दा महत्वपुर्ण कुरा के हो भने कम्पनी विश्वास हो । बीमितहरुको हकहितको लागि आवश्यक पर्दाखेरी जुनसुकै वेलामा बेहोर्न तयार छु भन्ने कुराको सुनिश्चित गर्नु पर्छ । यसका लागि कम्पनीले लिक्वीकटी मेन्टेन गर्ने हुनु पर्यो । लिक्वीडिटीको पोजिसनमा बसिरहनु पर्यो । त्यस पछि आउछ लगानीको पाटो । लगानी गर्ने सन्दर्भमा बीमा प्राधिकरणले हामीलाई निर्देशित गरेको छ । निर्देशिकाको परिधिभित्र रहेर हामीले लगानी गर्ने हो । लगानी गर्दा हामीले दीर्घकालिन लगानीका क्षेत्रहरु, मध्यकालिन लगानीका क्षेत्रहरु, अल्पकालिन लगानीका क्षेत्रहरुलाई हेर्नु पर्छ । लगानी गर्दा सबैभन्दा पहिलो कुरा सुरक्षित हुनु पर्यो । मैले गरेको लगानी मलाई आवस्यक परेको वेलामा लिक्वीडेट गर्न सक्छु कि सक्दिन हेर्नु पर्छ । त्यसैले पहिलो कुरा सुरक्षा नै हो । दोस्रो कुरा प्रतिफल हो । कहाँ लगानी गर्दा कस्तो किसिमबाट बढि भन्दा बढि प्रतिफल प्राप्त गर्न सकिन्छ । यी कुराहरुका आधारमा लगानी गर्ने हो । जीवन बीमा कोषमा रहेको पैसा लगानी गर्ने भनेको हाटबजारमा जस्तो मलाई मन लागेको ठाउँमा अथवा व्यवस्थापनलाई, सञ्चालक समितिलाई मन लागेको ठाउँमा लगानी गर्ने कुरा त होइन । केहि दीर्घकालिन लगानीका क्षेत्रहरुमा अथवा पुर्वाधारण विकासका क्षेत्रमा, पर्यटनका क्षेत्रमा, कृषिका क्षेत्रमा लगानी गर्न पाइन्छ भनेर निश्चित केहि व्यवस्थाहरु रहेको छ । यसको बारेमा हामी आफैले ति लगानीका क्षेत्रहरु र त्यसबाट प्राप्त हुने प्रतिफलका प्रकृयाका सन्दर्भमा विज्ञ नभएका कारणले गर्दा यसका वारेमा बाहिरका जानकार मानिसहरुबाट भनाइ लिने र सम्भावनाका कुराहरुमा अध्ययन गर्ने कामहरु भइरहेको छ । हाम्रो लगानीको पाटोलाई हेर्दा पहिलो कुरा सुरक्षित क्षेत्र नै हो । दोस्रो कुरा भनेको प्रतिफल नै हो ।

प्राथमिक बजारका लगानीकर्ताहरुलाई कम्पनीको तर्फबाट के भन्न चाहनु हुन्छ ?

बीमा जस्तो अनुशासित र नियमनकारी निकाय भएको क्षेत्र जहाँ प्रत्येक कदम कदममा नियन्त्रित हुने पारदर्शी र व्यवस्थित क्षेत्रमा लगानी गर्नु भनेको लगानीकर्ता आफै सचेत हुनु हुन्छ र सचेतता पुर्वक लगानी गर्नुभएको छ भन्ने मेरो मान्यता छ । बीमा क्षेत्रलाई रोज्नु भनेको लगानीकर्ता धेरै सचेत हुनु हुन्छ भन्ने हो । बीमा क्षेत्र राम्रो नियमन भएको, अनुसासित छ, आफ्नै मापदण्डहरु रहेका छन् । प्रत्येक कारोबारको पारदर्शिता छ । बीमा उद्योगले समाजलाई योगदान पनि पुर्याएको छ । समाज विकासको पाटोमा, वेलविइङ, सेभिङ पाटोमा धेरै योगदान गरेको छ । अर्को पाटी लगानीकर्ताले पाउने प्रतिफललाई हेर्ने हो भने समग्र इन्ड्रष्ट्रिको प्रतिफल अनुसार राम्रै छ । त्यसैले उहाँहरुले सचेततापुर्वक लगानी गर्नु हुन्छ भन्ने मान्यता रहेको छ । धेरै भन्दा धेरै लगानीकर्ताहरु यसमा आकर्षित हुनुहुन्छ भन्न चाहन्छु ।

राम्रोसँग बुझ्नु भएको छैन भने । बीमा क्षेत्र के हो । लगानी गर्दा के कस्तो चुतौती आउन सक्छन् । बीमा क्षेत्रको नेचर के छ भन्ने पाटोमा बुझेर मात्रै लगानी गर्नु हुन अनुरोध गर्छु ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x