IME Life

बीमा कम्पनीमा १० हजार ८६५ जनाले पाए रोजगारी, तल्लो तहका कर्मचारीले पाउदैनन् राम्रो सुविधा

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बीमा कम्पनीहरुमा १० हजार ८६५ जनाले प्रत्यक्ष रुपमा रोगजारी पाएका छन् । बीमा समितिका अनुसार गएको वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीमा ७ दशमलब २७ प्रतिशतले कर्मचारी थपिएका छन् । गत वर्षको साउनमा बीमा कम्पनीमा १० हजार १२९ जना कर्मचारी थिए । यस अवधिमा थप ७३६ जनाले रोजगारी पाएका छन् ।

सञ्चालमा रहेका १९ जीवन बीमा कम्पनीहरुमा ५ हजार ७९१ जनाले रोजगारी पाएका छन् । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै नेपाल लाइफमा ६३२ जना कर्मचारी छन् । त्यस्तै एशियन लाइफमा ४५० जना कर्मचारी रहेका छन् । सबैभन्दा कम मेट लाइफमा १५८ जना मात्रै कर्मचारी रहेका छन् ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीहरुमा पनि ५ हजार ७४ जनाले रोजगारी प्राप्त गरेका छन् । सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा ६०८ जना कर्मचारी कार्यरत छन् । दोस्रो धेरै सगरमाथामा ३९५ जना कर्मचारी छ । सबैभन्दा कम ७१ जना मात्रै रहेका छन् । बीमा कम्पनीहरुले आफ्नो शाखा सञ्जाल देशव्यापी बनाउने क्रममा कर्मचारीको संख्या पनि बढेको हो ।

बैंक वित्तीय संस्थाहरुको तुलनामा बीमा कम्पनीको जागिर त्यति धेरै आकर्षक मानिदैन । बीमा कम्पनीहरुले उच्च व्यवस्थापन तहका कर्मचारीलाई राम्रो सेवा सुविधा दिए पनि तल्लो तहका कर्मचारीहरुले भने राम्रो सेवा सुविधा प्राप्त गर्दैनन् । त्यसमा पनि नयाँ आएका बीमा कम्पनीहरुका कर्मचारी सबैभन्दा धेरै मारमा छन् ।

ट्रेनीमा नियुक्त भएकाहरु वर्षौसम्म ट्रेनीमै

बीमा कम्पनीहरुले आवस्यकताका आधारमा कर्मचारी नियुक्त गर्छन् । माथिल्लो तहमा कर्मचारी खोसा खोस भए पनि तत्लो तहका कर्मचारी भने मर्कामा पर्दै आएका छन् । खुला प्रतिस्पर्धाबाट ट्रेनीमा नियुक्त भएकाहरुले पनि वर्षौसम्म स्थायी नियुक्ति पाउने गरेका छैनन् ।

नियम अनुसार ६ महिनामा ट्रेनी राखे पछि स्थायी नियुक्ति दिनु पर्छ तर खर्च कटौती गर्न कम्पनीहरुले स्थायी नियुक्ति दिदैनन् । लामो समय ट्रेनीमै झुलाउदा उनिहरुले करिअरको लागी अर्को कम्पनी वा अन्य क्षेत्रमा अवसर खोजिरहेका हुन्छन् । जवकी सबैभन्दा धेरै काम तिनै तल्लो तहका प्रारम्भिक कर्मचारीहरुले सम्पादन गर्नु पर्छ । प्लस टु, स्नातक तथा स्नातकोत्तर गरेका युवाहरुले १४/१५ हजार रुपैयाँमै लामो समय काम गरिरहेको पाइन्छ । श्रम ऐनको परिधि भित्र रहेर उनिहरुले ज्यामी स्तरको न्युनतम तलब सुविधामा काम गराउछन् ।

तर माथिल्लो तहका कर्मचारीहरुको भने तुलनात्मक रुपमा राम्रो तलब सुविधा पाउने गरेका छन् । उच्च व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकृतहरुको तलब सुविधा राम्रो भए पनि शाखा तथा उपशाखा कार्यालयमा काम गर्ने सबैभन्दा तल्लो तहका कर्मचारीहरुको राम्रो छैन ।

पहिलो रोजाइ बैंक

कर्मचारीहरुको पहिलो रोजाइ जहिले पनि बैंक तथा वित्तीय संस्थाहरु हुने गरेको छ । सामाजिक प्रतिष्ठाका हिसावले पनि बैंकिङ करिअरमा चाम बढि छ । बैंकहरुले बीमाको भन्दा राम्रो तलब सुविधा दिन्छन् । साथै साथै निश्चित अवधि काम गरे पछि सहुलियत दरमा कर्जा पाइने भएकाले पनि अधिकाम्सले बैंकिङ करिअर रोज्ने गरेको पाइन्छ ।

बैंकहरुले समयमा साधारणसभा सम्पन्न गर्ने भएकाले मुनाफाको १० प्रतिशत लाभांसको रुपमा प्राप्त गर्छन् । कतिपय बैंकका कर्मचारीहरुले तलब भन्दा धेरै बोनस प्राप्त छन् । तर बीमा कम्पनीहरुले समयमा साधारणसभा गर्दैनन् । समयमा साधारणसभा नगर्दा मुनाफाको बोनस प्राप्त गर्न पनि वर्षौ कुर्नु पर्छ । अर्को तर्फ बीमा कम्पनीका कर्मचारीले तलब बाहेक अन्य कर्जाका सुविधा पाउदैनन् । अर्बौ रुपैयाँको पोर्टफेलियो व्यवस्थापन गर्ने बीमा कम्पनीहरुले आफ्नै कर्मचारीहरुलाई भने सहुलियत दरमा कर्जा दिदैनन् । कतिपय बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको लागि पोसाक समेत दिदैनन् ।

अर्को तर्फ बीमा मार्केटिङ प्रकृतीको पेशा हो । यदि राम्रो मार्केटिङ हुन सकेन भने कम्पनी सञ्चालन हुन सक्दैनन् । बीमा कम्पनीहरुले अभिकर्ता मार्फत व्यवसाय भित्र्याउने भएता पनि कर्मचारीहरुलाई दिइने टार्गेटले उनिहरु सबैभन्दा तनावमा हुने गर्छन् । कतिपय नयाँ जीवन बीमा कम्पनीहरुले कर्मचारी मार्फत नै व्यवसाय भित्र्याउन दवाव दिने गर्छन् । यसले गर्दा ब्रान्च म्यानेजर तथा कर्मचाहरुले नै आफ्ना नजिकका आफन्त मार्फत कोड सञ्चालन गरिरहेका छन् । मार्केटिङ विभागमा काम गर्ने कतिपय कर्मचारीलाई टार्गेट पुरा नगरेको खण्डमा उनिहरुको न्युनतम तलब सुविधा नै कटौती हुने गरेको पाइन्छ ।

यस्तै कुराहरुले गर्दा युवाहरुको रोजाइमा बीमा कम्पनी पर्दैन । सकेसम्म बैंक तथा वित्तीय संस्थामा जागिर खोज्ने नपाएमा मात्रै बीमा कम्पनीमा आउने प्रवृत्ती धेरै छ । यो भने बीमा क्षेत्रमा दक्ष र राम्रो पढेका ट्यालेन्ट कर्मचारी आउने सम्भावना एकदमै कम हुन्छ ।

प्रारम्भिक चरणका कर्मचारीलाई राम्रो सेवा सुविधा नदिने वित्तीकै ट्यालेन्ट व्यक्तिहरु आउने बाटोनै रोकिन्छ । अनि माथिल्लो तहका स्किलफुल कर्मचारीका लागि भने ताना तान हुन्छ । नेपाल राष्ट्र बैंकले कलेज युनिभर्सिटी टपरलाई स्वत जागिरमा लगाउन सक्ने व्यवस्था गरेको छ । जसले गर्दा बैंकिङ क्षेत्रमा ट्यालेन्ट व्यक्तिहरु गइरहेका छन् । बीमा आफैमा प्राविधिक विषय हो । बीमितको खर्बौ रुपैयाँ व्यवस्थापन गर्ने यस्ता कम्पनीले स्कलफुल कर्मचारी हायर गर्न नसक्दा बैंकबाट धेरै तलब सुविधा दिएर बोलाउनु पर्ने बाध्यता छ । यदि बीमामा पनि बैंकहरुको जस्तै ‘ट्यान्ट हन्ट’को रुपमा जिरो लेभलमै इन्ट्रि गराउन सक्ने हो भने स्किलफुल कर्मचारी भित्र्याउन कुनै समस्या हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS