IME Life

नेको र शिखर इन्स्योरेन्सलाई दाँजेर हेर्दा ?

SPIL
NIC ASIA

काठमाडौं। केही समय देखि नै नेको इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर शिखर इन्स्योरेन्स कम्पनीलाई टक्कर दिँदै आइरहेको छ । पछिल्लो समय शिखर इन्स्योरेन्स कम्पनीलाई नेको इन्स्योरेन्स कम्पनीले पछि पार्दै आफ्नो वित्तीय अवस्था बलियो बनाउँदै अधिकांश सूचकमा प्रगति गर्दै आएको तथ्यांक सार्वजनिक भएको छ । अहिले निर्जीवन बीमा बजारमा शिखर र नेको इन्स्योरेन्स कम्पनी लाई निकै चासो पुर्वक दाँजेको देखिएकोमा इन्स्योरेन्स खबरले दुई निर्जीवन बीमा कम्पनीलाई दाँजेर गरेको तुलानात्मक अध्ययन  यस्तो छ:

नोट: शिखर इन्स्योरेन्सको जगेडा कोषमा शेयर प्रिमियम पनि जोडिएको छ । 

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार नेको इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३१ करोड रहेको छ भने शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ ।

जगेडा कोषको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार जगेडा कोषको आधारमा नेको इन्स्योरेन्स अघि छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा (शेयर प्रिमियम सहित ) ६६ करोड ७७ लाख रुपैयाँ संचित छ भने नेको इन्स्योरेन्सको जगेडा कोषमा ७० करोड ५ लाख रुपैया संचित छ ।

बीमा कोषको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ। शिखर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब २९ करोड रुपैया संचित छ भने नेको इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ ।

कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्सले ३ अर्ब ९७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब २९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले २ अर्ब ४१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ६३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा :
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमाससम्म ४७ करोड ५७ लाख खुद नाफा आर्जन गरेको छ भने नेको इन्स्योरेन्सले ५४ करोड ०६ लाख खुद नाफा आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा :
आर्थिक वर्ष २०७७/ ७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्सको प्रकाशित वार्षिक प्रति शेयर आम्दानी २७ रुपैयाँ ०५ पैसा छ भने नेको इन्स्योरेन्सको प्रकाशित वार्षिक प्रति शेयर आम्दानी ४१ रुपैयाँ ०४ पैसा छ ।

किताबी मूल्यको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्सको  किताबी मूल्य २१९ रुपैयाँ छ भने नेको इन्स्योरेन्सको किताबी मूल्य २४३ रुपैयाँ छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS