IME Life

नेशनल लाईफका राई सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड’का सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित भएका छन् । कम्पनीले आज आयोजना गरेको एक कार्यक्रमकाबीच देशभरबाट सबैभन्दा आकर्षक र उच्च व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट शाखा प्रमुख राई सम्मानित भएका हुन् ।

एक दशकभन्दा बढी समयअघिदेखि कारोबार सुरु भएको गाईघाटमा शाखा स्थापना कालदेखि नै राई प्रमुखको रुपमा कार्यरत छन् । कम्पनीको कुल नेपालभर बिभिन्न जिल्लामा रहेका १०१ शाखामध्येबाट उत्कृष्ट घोषित भएका राईलाई काठमाडौंस्थित चन्द्रगिरी हिल्स एण्ड रिसोर्टमा आयोजित कार्यक्रममा खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सम्मानित भएपछि ३६ औँ शाखा गाईघाटको स्थापना हुदा देखेको सपना आबद्ध कर्मचारी र अभिकर्ताहरुको सहयोगबाट सार्थक भएको राईले प्रतिक्रिया दिएका छन् ।

कम्पनीको आधिकारिक वेबसाईटका अनुसार करिब ९ लाख बढीलाई प्रत्यक्ष बीमा सेवा दिदै आएको नेशनल लाइफको १ नम्बर प्रदेशमा मात्र २० वटा शाखा रहेको कम्पनीले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS