IME Life

नेप्से परिसूचक ४८ अंकले घट्दा १२ अर्ब ९ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४८ दशमलव ४२ अंकले घटेर ३,०७६ दशमलव ४५ को विन्दुमा कायम भएको छ । आज २१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज २२७ वटा कम्पनीको १ करोड ९५ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावरको कारोबार भएको छ । कम्पनीको ४८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, रिडी हाइड्रोपावर कम्पनीको ४८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ३६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीइफसी फाइनान्स कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, जीवन बिकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS