IME Life

कोरोना बीमाको ६ अर्ब १६ करोडको दाबी भुक्तानी हुन सकेन : महालेखापरीक्षकको कार्यालय

SPIL
NIC ASIA

काठमाडौं । महालेखापरीक्षकको अन्ठाउन्नौ वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारले कोरोना बीमा अन्तर्गत ६ अर्ब १६ करोड ६१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी देखिएको छ । बीमा समितिले जारी गरेको महामारी बीमा कार्यक्रम २०७७ अन्तर्गत नेपाल सरकारको टाउकोमा अर्बौ रुपैयाँको भार थपिएको छ ।

महामारीको बीमा कार्यक्रम २०७७ अन्तर्गत २०७८ असार २८ सम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका छन् । बीमा गरेको र एक अर्ब ५ करोड ५ लाख बीमा प्रिमियम संकलन भएकोमा एक लाख १४ ६३३ बीमितबाट १० अर्ब ९७ करोड ७३ लाखको दाबी भेश भएको छ ।

Prabhu
Crest

प्रिमियम भन्दा ९ अर्ब ९२ करोड ६८ लाख बढि दाबी पेश भएको छ । दाबी मध्ये ६ अर्ब १६ करोड ६१ लाख दाबी भुक्तानी हुन बाँकी रहेको महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको अन्ठाउन्नौ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षकको प्रतिवेदनले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धमा तथ्याङ्क सार्वजनिक गर्दै गर्दा अर्थमन्त्रालयले अहिलेसम्म कुनै पनि तथ्याङ्क सार्वजनिक गरेको छैन । कोरोना बीमाको दाबी भुक्तानी साढे तीन अर्ब रुपैयाँ पुल मार्फत र बाँकी दाबी भुक्तानी नेपाल सरकारले बेहोर्ने मापदण्ड रहे पनि अहिलेसम्म पनि सरकारले दाबी भुक्तानीका लागि कुनै पहल सुरु गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS