IME Life

युनाइटेड इदी मर्दीको नाफा ४ करोड ६० लाखमाथि

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड ६० लाख ८२ हजार खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनी ४ करोड १४ लाख नोक्सानीमा थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी २७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत् विक्री बापत १० करोड ५४ लाख ७६ हजार आम्दानी गरेकोमा गत आवमा वृद्धि भएर १३ करोड ४५ लाख ८ हजार पुगेको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड रहेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ८ लाख ४८ हजार सञ्चित रहेकोछ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४३.२९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २० रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS