IME Life

‘सक्सेसन प्लान’को दुरुपयोग गर्दै बीमा कम्पनी, आलोपालो प्रणालीका नाममा अनावश्यक सरुवा

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई आलोपालो प्रणालीका लागि योजना बनाउन दिइएको निर्देशनलाई दुरुपयोग गर्दै आफुखुसी सरुवा गर्न थालेका छन् । समितिले हरेक विभागिय प्रमुखको उत्तराधिकारी तयार पार्न दिएको निर्देशनलाई दुरुपयोग गर्दै मन नपरेका कर्मचारीलाई उच्च व्यवस्थापनले मन लाग्दी सरुवा गर्न थालेका हुन् ।

कतिपय कम्पनीले यहि निर्देशनको आडमा काठमाडौंमा काम गरिरहेका कर्मचारीलाई हुम्ला जुम्ला जस्ता विकट क्षेत्रमा सरुवा गरिदिएका छन् । समितिले कुनै पनि विभागिय प्रमुखको अवकास हुँदा वा लामो समयका लागि विदामा बस्नु पर्दा उसको सट्टामा अर्को कर्मचारीको व्यवस्था गर्न मिल्ने गरि उत्तराधिकारी तयार पार्न निर्देशन दिएको थियो । समितिको यस्तो निर्देशनलाई पनि दुरुपयोग गर्दै अनावस्यक बढुवा सरुवा गरिरहेका छन् ।

Prabhu
Crest

पिडित कर्मचारीहरुले समितिलाई गुनासो समेत गरिसकेका छन् । कर्मचारीको गुनासो पछि समितिले सम्पुर्ण कम्पनीहरुलाई निर्देशन अनुरुप सक्सेसन प्लान तयार पारि सञ्चालक समितिबाट पारित गरेर समितिमा पेश गर्न निर्देशन दिएको छ । उक्त प्लान हेरेर आवस्यक कारबाही गर्ने तरखरमा बीमा समिति लागेको हो ।

कम्पनीहरुमा शुसान कायम गर्न यस्तो निर्देशन दिइए पनि कम्पनीहरुले दुरुपयोग गर्दै मन नपरेका कर्मचारीलाई अन्याय गर्ने प्रवृत्ती बढेको समितिको ठहर छ । यसै क्रममा समितिले हिजो मंगलबार सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै सक्सेन प्लान र रोटेसन प्लान पेश गर्न निर्देशन दिएको छ । प्लान हेरर मात्रै सरुवा बढुवा गर्न निर्देशन दिइने समितिको योजना छ ।

समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को निर्देशन २२ बमोजिम उत्तराधिकारी योजना तथा कर्मचारीको आलोपालो प्रणालीको योजना बनाउन निर्देशन दिएको हो ।

बीमकको अण्डराईटिङ, दाबी, लगानी, लेखा तथा पुनर्बीमा जस्ता महत्वपुर्ण विभाग/शाखाहरुमा ५ वर्ष भन्दा बढि एउटै कर्मचारी कार्यरत नरहने गरी कर्मचारी आलोपालो प्रणाली सहितको सरुवा नीति तयार पार्न दिइएको निर्देशनलाई पनि चरम दुरुपयोग गरिएको पाइएको हो । उच्च व्यवस्थापन तथा सञ्चालकहरुले मन परेको व्यक्तिलाई सेवा अवधिभर एउटै विभागमा राख्ने प्रवृत्ती धेरै पुरानो हो ।

यसले गर्दा ५ वर्ष एउटा विभागमा काम गरेपछि अर्को विभागमा काम गर्नु पर्ने व्यवस्थाका लागि समितिले अनुरोध गरेको हो । यसो गर्दा एउटा व्यक्तिले सम्पुर्ण विभागको ज्ञान राख्ने र भोलिका दिनमा उत्तराधिकारी खोज्न पनि खासै समस्या नहुने समितिको ठहर छ । तर प्रमुख कार्यकारी अधिकृतहरुले दुई तीन जनाको सहायतामा पुरै कम्पनी चालउने खोजेको भन्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले आरोप लगाएका थिए ।

यस्तो हर्कतले बीमा कम्पनीहरु व्यवसायिक हुन नसकेको अध्यक्ष सिलावलको ठहर छ । कोहि कर्मचारीले जीवनभर राम्रो सेवा सुविधा तथा सुविस्था सहित काम गर्ने कोहि कर्मचारीले भने सधै गाह्रो पदमा रहेर काम गर्नु पर्ने असमान व्यवस्थालाई मूल्याङ्कन गर्दै यस्तो निर्देशन दिइएको हो ।

बीमा समितिले सक्सेसन प्लान बनाउन निर्देशन दिदै गर्दा अहिले पनि कतिपय कम्पनीले एउटै व्यक्तिबाट दुई तीन वटा विभाग सञ्चालन भैरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS