IME Life
Beema Board

सानिमा माई हाइड्रोपावरले कमायो ६८ लाख ९८ हजार रुपैयाँ नाफा

SPIL
NIC ASIA

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४० करोडभन्दा धेरै नाफा आर्जन गर्न सफल भएको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १० दशमलव ९१ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ३६ करोड ६८ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा भने घटेको छ । यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीबाट ८५ करोड ३ लाख ९ हजार रुपैयाँ रहेकोे छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८६ करोड ७ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा १ दशलमव २१ प्रतिशतले गिरावट आएको हो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ रहेका छ । कम्पनीले सो अवधिमा अन्य स्रोतबाट १ लाख ४२ हजार रुपैयाँमा आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष ११ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २४ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS