IME Life

सबैको लघुवित्तको नाफा २३२ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ११ करोड ४३ लाख १६ हजार खुद नाफा गरेको छ । सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा २३२ प्रतिशतले बृद्धि भएको हो । अघिल्लाको सोही अवधिसम्म कम्पनीले ३ करोड ४४ लाख ४६ हजार मात्र खुद नाफा गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आथिृक वर्षको तुलनामा ४९ प्रतिशत बढेको छ । अघिल्लो आथिृक वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ९४ लाख ८९ हजार गरेको थियो । गत वर्षको समिक्षा अवधिमा कम्पनीले २३ करोड ७६ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १७६ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १९५ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष ४ करोड ३२ लाख ५० हजार रुपैयाँ जगेडा कोष संचीति रहेको थियो भने समिक्षा अवधिमा १२ करोड ८० लाख ४ हजार रुपैयाँ संचिती रहेको छ ।

यस अवधिमा कम्पनीले करिब ६५ प्रतिशत बढी २ अर्ब ४० करोड ७५ लाख ९९ हजार विभिन्न बैंक तथा वित्तीय संस्थासँग कर्जा सापटी लिएको छ भने ७४ प्रतिशत बढी ३ अर्ब ४३ करोड ७४ लाख ८७ हजार कर्जा लगानी गरेको छ । यस अवधिमा कम्पनीले ९० करोड २८ लाख ७२ हजार निक्षेप संकलन गरेको छ ।

निष्क्रिय कर्जा १ दशमलव ६१ प्रतिशतदेखि बढेर २ दशमलव २५ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ५५ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ १३ रहेको छ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS